Men's Room Reloaded - Rampur

Men's Room Reloaded - Rampur सम्पूर्णलाई नमस्कार
मेन्स रूम रेलोडेड - रामपुर काे आधीकारीक फेसबुक पेज मा स्वागत छ ।

रामपुरमा अहिले यातायात सम्बन्धी विवाद भइरहेको छ । वर्तमान विवादको बारेमा चर्चा गर्नुभन्दा पनि रामपुरमा रहेको  यातायात सु...
19/08/2024

रामपुरमा अहिले यातायात सम्बन्धी विवाद भइरहेको छ । वर्तमान विवादको बारेमा चर्चा गर्नुभन्दा पनि रामपुरमा रहेको यातायात सुविधाको बारेमा चर्चा गर्नु आवश्यक देखिन्छ ।

अटो र भ्यान लगायतको ज्यादतीको अड्कल आम रामपुरवासीले गरिरहेका छन्। सिट क्षमताभन्दा बढी यात्रु बोकेर अटो त हिँडिरहेका छन् । अटोको सिट क्षमता कति हो ? अटो चालकले आफू बस्ने सिटमा पनि थप दुईजना यात्रु बोकेर हिँड्छ । केही समय अगाडि अटो दुर्घटनाका समाचार पनि नआएका होइनन् ।

जीपको सिट क्षमता कति हो ? मुस्ताङ र फोर्सले त जतिनी तान्छ भन्दै यात्रुको जीवन माथि नै खेलवाड हुनेगरी क्षमता भन्दा बढी समान ढुवानी र यात्रु बोकेर कुद्न पाउँछन् ? यात्रु निसासिदै यात्रा गर्नु पनि पर्ने आकासिएको भाडा पनि तिर्नु पर्ने नै के भाडा अनुसारका सेवा सुविधा यात्रुले पाएका छन् । नियमक निकायले यी यस्ता कुरामा ध्यान पुर्याएका छन् त ? रामपुरमा यातायात सम्बन्धी संस्था , इलाका प्रहरी कार्यालय अन्तर्गत रहेको ट्राफिक, इलाका प्रशासन कार्यालय , रामपुर नगरपालिका ले नियमित नियमन गर्दै यात्रुको लागि गुणस्तरीय र भरपर्दो यातायात सुविधाको सुनिश्चितता गरिदिनुपर्ने होइन र ?

यातायात व्यवसाय गर्ने ले यात्रु बढी बोक्यो बोक्यो तर यहाँ त सरकारी विद्यालयको बसले पनि कोचाकोच विद्यार्थी बोकेको छ । यस्तो कुरालाई नजरअन्दाज गर्ने हाम्रा निकायमाथि प्रश्न सबैले गर्नु पर्छ । अहिले भएको विवाद पनि Area Police Office Rampur Palpa रामपुर नगरपालिका र यहाँ रहेका यातायात सम्बन्धी संस्थाको लापरवाहीको नतिजा हो ।

काठमाडौं र धरानमा जस्तै रामपुरमा पनि  कार्यपालिकाको बैठक Live हेर्न को को लाई मन  छ ? हाम्रो पालीकामा बैठक कसरी सञ्चालन ...
31/05/2024

काठमाडौं र धरानमा जस्तै रामपुरमा पनि कार्यपालिकाको बैठक Live हेर्न को को लाई मन छ ? हाम्रो पालीकामा बैठक कसरी सञ्चालन हुन्छ र हामीले चुनेर पठाएका प्रतिनिधिको बैठकमा प्रस्तुति कस्तो हुन्छ भनेर हेर्ने इच्छा धेरैले गर्नुभएको पाइयो । जनताले प्रतिनिधिहरूको मूल्याङ्कन त्यहाँबाट पनि गर्न सक्ने थिए । के त्यो सम्भव छैन र ?
रामपुर नगर प्रमुखको सचिवालय
Jagat Sen
Routine Of Palpa Banda

कुकुरहरुमा स्थाई बन्ध्याकरण तथा रेविज भ्यक्सिनेशन शिविर हुने सुचनापछिल्लो समय बढ्दो कुकुर आतंक बढिरहेको छ । आतंक न्यूनिक...
13/06/2023

कुकुरहरुमा स्थाई बन्ध्याकरण तथा रेविज भ्यक्सिनेशन शिविर हुने सुचना

पछिल्लो समय बढ्दो कुकुर आतंक बढिरहेको छ । आतंक न्यूनिकरणका लागि रामपुर नगरपालिकाको आर्थिक सहयोग र वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा को प्राविधिक सहयोगमा यही मिति २०८० साल जेठ ३० गते मंगलबारका दिन कालिका माध्यमिक विद्यालय रामपुर नगरपालिका वडा नं. ४ देविस्थान पाल्पामा कुकुरहरुमा स्थाई बन्ध्याकरण शिविर हुने भएकाले आफ्नो टोल तथा घरमा पालेका कुकुरको बन्ध्याकरण गरि कुकुर आतंक न्यूनिकरण गर्न /गराउनु हुन नगरबासीहरुमा अनुरोध छ ।

बन्ध्याकरण शिविर हुने मिति -यही २०८० साल जेठ ३० गते मंगलबार
समय --विहान ९ बजे देखि
स्थान कालिका माध्यमिक विद्यालय रामपुर ४ देविस्थान पाल्पा

पुनश्च -कुकुर बन्ध्याकरण गर्नका लागि समयमै पु¥याउनु पर्नेछ ।
स्रोत: रामपुर नगर प्रमुखको सचिवालय

खसी कप अन्तर्गत रा.न.पा. १० र चापाकोट भूर्षिङ बीच कडा प्रतिस्पर्धात्मक भलिबल खेल हुँदै ।📷 कालिका युवा क्लब
11/06/2023

खसी कप अन्तर्गत रा.न.पा. १० र चापाकोट भूर्षिङ बीच कडा प्रतिस्पर्धात्मक भलिबल खेल हुँदै ।

📷 कालिका युवा क्लब

breaking ! breaking  ! breaking ! फेरि अर्को अवैध धन्दा ।।अवैध मल सहितको ट्रक रम्भा-१, हुँगी बाट प्रहरी नियन्त्रणमा    प...
10/06/2023

breaking ! breaking ! breaking !
फेरि अर्को अवैध धन्दा ।।
अवैध मल सहितको ट्रक रम्भा-१, हुँगी बाट प्रहरी नियन्त्रणमा
पाल्पा, कालीगण्डकी करिडोर अन्तर्गत पाल्पाको रम्भा गाउँपालिका-१ हुँगी बाट प्रहरीले अवैध मल सहितको ट्रक नियन्त्रणमा लिएको छ । शनिबार विहान नवलपरासी बाट रामपुर तर्फ मल लिएर आउँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

चेक जाँचको क्रममा हुँगी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको हो । ३ सय ७२ बोरा भारतिय रसायनिक मल फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले बताउनुभयो । सो विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

Source: Katuwalkhabar

रामपुर नगरपालिका ४ देविस्थनमा खसी कप भलिबल खेल हुँदै छ । खेलप्रेमी महानुभवहरुलाई स्वागत गर्दछौं ।।📷: कालिका युवा क्लब
09/06/2023

रामपुर नगरपालिका ४ देविस्थनमा खसी कप भलिबल खेल हुँदै छ । खेलप्रेमी महानुभवहरुलाई स्वागत गर्दछौं ।।

📷: कालिका युवा क्लब

Breaking News !!कृषी सामाग्री कम्पनी लिमिटेड बाट रामपुरका कृषकलाई वितरण गर्न भनी ल्याइएको मल वालिङ काे एउटा अग्रोभेटमा ल...
02/06/2023

Breaking News !!
कृषी सामाग्री कम्पनी लिमिटेड बाट रामपुरका कृषकलाई वितरण गर्न भनी ल्याइएको मल वालिङ काे एउटा अग्रोभेटमा लगि बेच्न लागिएको खबर आएको छ ।

तानसेन बाट वालिङ लगेर बेच्न लाग्दा त्यहाँको प्रहरीले फेला पारेर उक्त विषयमा सोधपुछ गर्दा मल रामपुर बाट ल्याएको भनिएको रहेछ त्यसपछि प्रहरीले मल सहितको गाडीलाई रामपुर फिर्ता पठाएको खबर प्राप्त भएको छ । यसरी कृषकलाई आएको मलकाे विक्री वितरण प्रत्यक समय रामपुरमा रहेका सहकारीले गर्दै आएका छन् । नेपाल सरकारले किसानलाई अनुदानमा दिएको मल सहकारी मार्फत किसानलाई बितरण गर्नुपर्नेमा फरक जिल्लाको एग्रोभेटमा मल बिक्री गरेको पाइएको हो । पाल्पा रामपुर ७ स्थित हराभरा कृषि सहकारी सस्थाले वालिङ भकुण्डेको गरिमा एग्रोलाई बिक्री गरेर लादै गरेको मल गाडी सहित भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख इकवाल हवारीले बताउनुभयो यो घटना हाम्रा अन्नदाता किसान प्रतिको अपमानजनक घटना हो। यस्ता दलाल पशुहरूलाई कारवाहीको दायरमा ल्याउन हाम्रो Men's Room Reloaded - Rampur परिवारले जोडदार माग गर्दछौं। सम्बन्धित निकायको ध्यानाकर्षण होस्।
धन्यवाद ।।

अहिले काठमाण्डौं महानगरले शिक्षालाई प्राथमिकतामा राखेर धेरै कामहरु अगाडि बढाएकाे छ। हप्ताको शुक्रबार Book Free Day राखेर...
27/05/2023

अहिले काठमाण्डौं महानगरले शिक्षालाई प्राथमिकतामा राखेर धेरै कामहरु अगाडि बढाएकाे छ। हप्ताको शुक्रबार Book Free Day राखेर नयाँ व्यवस्था लागु गर्दै काठ महानगरले विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने उदेश्य सहित यो कार्य लागु गरेको हो ।

Book Free Day मा विद्यार्थीहरुले पुस्तक नपढी अन्य सिपमुलक कार्यमा त्यस दिनलाई सदुपयोग गर्छन ।

तल देखाइएको तस्बिरमा काठमाडौं काे एक सामुदायिक विद्यालयमा कम्प्युटर हार्डवेयर सम्बन्धी शिक्षा दिंदै गरिएको छ र उक्त कार्यको निरीक्षण मेयर बालेन ले गरेको देख्न सकिन्छ। यस्ता कार्यको अनुसरण रामपुर नगरपालिका का सामुदायीक विद्यालय लगायत अन्य निजि विद्यालयले पनि गर्न सक्छन्। यस्तो कार्य लाई लागु गर्दै जाँदा विद्यार्थीहरु आफ्नो विद्यालय शिक्षा हासिल गरे पश्चात आत्मनिर्भर बन्न सक्छन् उनीहरुको उच्च शिक्षाको यात्रा आफैले अगाडि बढाउन सक्छन् । यसरी विद्यार्थीहरु आफ्नो खुट्टामा आफै उभिन सके भने उनीहरूले जिन्दगी मा धेरै सफलता हाँसिल गर्न सक्छन् । त्यसैले किताबी ज्ञानमा मात्र सीमित नरहेर सिपमुलक शिक्षालाई जोड दिदैं यस्ता उदाहरणीय कार्यलाई अगाडि बढाउँदा। विद्यालय र विद्यार्थी दुवैलाई हित हुन्छ।
धन्यवाद।

पेट्रोलियम पदार्थकाे मूल्य  घटे सँगै लामो तथा छोटो दूरीका सवारीसाधन बाट प्रवाह हुने सेवा वापतको  शुल्क अर्थात् भाडादर  प...
17/05/2023

पेट्रोलियम पदार्थकाे मूल्य घटे सँगै लामो तथा छोटो दूरीका सवारीसाधन बाट प्रवाह हुने सेवा वापतको शुल्क अर्थात् भाडादर पनि घटाईएको छ । रामपुर बाट अन्य क्षेत्रमा मा जाँदा वा अन्य क्षेत्र बाट रामपुर आउँदा काे भाडादर यथावतै छ कि केही परिवर्तन भयो होला ? जानकार व्यक्तिले जानकारी दिनु होला ।
साथै परिवर्तन भएको छैन भने यातायातको चर्को भाडा न्यूनीकरण होस् ।।
यात्रुले सास्ती पूर्ण जोखिम युक्त यात्रा गर्नुपर्ने अनि चर्को भाडादर पनी तिर्नुपर्ने गर्दा आम जनता मारमा परेको देखिन्छ । अनि अर्को कुरा के छ भने गाल्याङ बाट काठमाण्डौं सम्म यात्रा गर्दा र रामपुर देखि पोखरा सम्म यत्रगर्दा तिर्नुपर्ने भाडादर मा त्यति फरक पाउन सकिन्न किन होला ? हामीले एउटा आम विद्यार्थी र गरिब परिवारका रूपले हेर्दा यस्तो कुरामा अन्याय भएकाे पाउन सकिन्छ। त्यसैले यो विषय सम्बन्धित निकाएको चासोको विषय हुनुपर्छ भन्ने कुराको जोडदार माग गर्दछौँ ।
धन्यवाद ।
रामपुर नगर प्रमुखको सचिवालय
Area Police Office Rampur Palpa
Routine Of Palpa Banda

ामपुर

04/05/2023

धनगढी का गोपी हमाल
धरानका हर्क साम्पाङ
र काठमाडौं का बलेन्द्र हरु देशकै उदाहरण बनेका छन् ।
तिलोत्तमा का पूर्व मेयर ले उदाहरणीय काम गरेर तिलोत्तमा लाई उत्कृष्ट नगर बनाएर संघीय सांसद पनि भइसके । छिमेकी पालिका वालिङ पनि स्मार्ट सिटी भइसक्यो ।
तर हाम्रा जनप्रतिनिधि हरु खैत उदाहरणीय बन्न सकेको ?
गरे के नै सम्भव छैन र । बस् जनप्रतिनिधि काे इच्छाशक्ति र साहस काे खाँचो छ । नेताले राम्रो काम गर्छन भने जनता साथ दिन अवश्य आउनेछन् । रामपुरलाई स्मार्ट नगर बनाउन सकिन्न र? रामपुरका जनप्रतिनिधिहरु उत्कृष्ट बन्न सक्नुहुन्न र ? लौन हामीलाई नी बलेन् र हर्क जस्ता जनप्रतिनिधि चाइयो । अनुरोध छ तपाईहरु त्यस्तै भइदिनुस । 🙏

तल देखाइएको फोटो रामपुर नगरपालिका वार्ड नं ४ खोप्टार स्थित एतिहासिक लक्ष्मी नारायण गुठी बाट सञ्चालन गरिने खुल्ला पाटी का...
09/04/2023

तल देखाइएको फोटो रामपुर नगरपालिका वार्ड नं ४ खोप्टार स्थित एतिहासिक लक्ष्मी नारायण गुठी बाट सञ्चालन गरिने खुल्ला पाटी काे हो।
यस पाटीमा बाटो हिंड्ने मानिस लाई बास बस्न र खाना काे व्यवस्था गरिन्थ्यो रे उबेला । पाटीलाइ आवश्यक पर्ने अन्न साथै आर्थिक सहायता लक्ष्मी नारायण गुठी बाट संकलन गरिन्थ्यो ।
कुनै बेला अहिलेको राम तुलसी माविको स्थापना काल मा केही समय यसै पाटीमा पनि पठन पाठन गराइन्थ्यो भन्ने सुनिन्छ । यस्तो इतिहास बोकेको पाटी धेरै समय ओझेलमा पर्यो । पाटीकाे संरचना जीर्ण बन्दै गयो । तर केही समय अघि भने एतिहासिक पाटी काे पुनर्निर्माण शुरु भयो । यस्तो खबर सुन्दा काे चाहि रामपुर बासी खुसी थिएनन् होला र । त्यसपछि काम सुरु हुँदै गयो तर अन्तिम चरणमा भने यस्तो एतिहासिक पुरात्वतिक महत्व बोकेको संरचना लाई पुनःनिर्माण गर्दा पुरानै शैली अपनाएर निर्माण गरिएन । प्राचीन समय मा जस्तो झिगटीकाे छानो लागाएर निर्माण नगरी आधुनिक टिनको छानो लागाइयो पाटीमा । कुनै पनि एतिहासिक वस्तुको निर्माण गर्दा पुरानै शैली अपनाउनु पर्नेमा आधुनिक टिन प्रयोग गरिनु कतिको उचित कुरा हो ?

र अर्को कुरा के छ भने रामपुरमा केही नयाँ कार्य सुरुभयो भने त्यहाँ जाने र फोटो भिडियो खिच्ने कार्य ट्रेन्डी छ। हुन त त्यो कुरा स्वाभाविक नै हो । नजिकको तिर्थलाई माया नै गर्नु पर्छ। फोटो भिडियो खिचेर उक्त ठाउँको प्रवर्द्धन पनि हुन्छ तर त्यहाँ जाँदा फोहोर मैला गर्ने काम भने उचित होइन । यस्तो कुरामा स्थानिय बासी र स्थानिय सरकार सचेत हुन जारुरी छ। आम जनता पनि सभ्य हुन जरुरी छ ।

यो सबै कार्य लाई ध्यान मा राखेर रामपुर नगर लाई साँच्चै सुन्दर नगरी बनाउनु आवस्यक छ । हाम्रो यो आवाज प्रति पक्कै पनि सबन्धित निकायको ध्यनाकर्षण हुन्छ भन्ने आशा व्यक्त गर्दछौं ।
Routine Of Palpa Banda
पाल्पा रामपुर नगरपालिका सेरोफेरो - Around Palpa Rampur Municipality ☑
रामपुर नगर प्रमुखको सचिवालय

17/03/2023

मिति २०७९/११/३० गते मंगलबारका दिन राती १०ः०० बजे एक वटा एक्टोपिक गर्भावस्थाका (Ruptured Ectopic Pregnancy in shock) विरामीको शल्यक्रिया गरि विरामीको ज्यान बचाउन सफल भएको मा रामपुर अस्पताल लाई धन्यवाद दिन चाहन्छौं ।
हाल विरामीको अवस्था खतरा बाहिर रहेको जानकारी प्राप्त भएको छ ।

शल्यक्रियामा खटिने MDGP&EM Dr. Sunil Kumar Das and Medical Superintendent Dr. VI Zay लगायतको टिमलाई हार्दिक धन्यवाद तथा बधाई । साथै हाल सम्म ३ वटा appendix २ वटा Hernia, २ वटा Hydrocele साथ साथै शल्यक्रियाबाट गरिने प्रशुति सेवा निरन्तर रुपमा यस अस्पतालले दिँदै आएको छ ।

--MRR-Rampur परिवार

Address

Rampur
Palpa

Website

Alerts

Be the first to know and let us send you an email when Men's Room Reloaded - Rampur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram