06/03/2024
मत एक टपरे रहेछु 😊😊
कुश र दुबो दैलोमा राखे बिद्धुतिय दुस्प्रभाव हटाउछ भन्छु।�रजस्वलामा दूध खाए पाठेघरमा समस्या बढाउछ भन्छु। �गाईको गोबरले घर लिपे किटाणु प्रबेश गर्दैन भन्छु।�गौमुत्रले कब्ज र कफको समस्या आउन दिदैन भन्छु।�यस्तै यस्तै उट्पट्याङ कुरा गर्ने म त एक टपरे रहेछु !
अक्षय तृतीया सातु-सर्वत खाए पित्त समन गर्छ भन्छु। �तिल-चाकु-तरुल माघे सक्रान्ती बर्षैभरि मधुमेह हट्छ भन्छु। �ओखर ख्वाऊ तिहारमा दाजुभाईको- मेमोरी बढ्छ भन्छु।�क्वाँटी खाए जनै पूणिर्मामा सबै न्युट्रिसन पुग्छ भन्छु। �यस्तै यस्तै उट्पट्याङ कुरा गर्ने म त एक टपरे रहेछु !
छब्बीस दिन बर्षभरी निराहार बस्नु शरीरलाई फाइदा भन्छु।�श्रावण महिना सबै साकाहारी बन्नु शरीर लाई काईदा भन्छु।�तुलसी र पिपल पुजे प्रसस्त अक्सिजन पाईन्छ भन्छु। �तामसी/राजसी भोजनले स्व-जीवन सत्यनास गराईन्छ भन्छु। �यस्तै यस्तै उट्पट्याङ कुरा गर्ने म त एक टपरे रहेछु !
काँस या पित्ले भाडामा रोज खाना पकाउन भन्छु। �निरोगा भई बाँच्न आल्मुनियमका भाँडा डाँडाकटाउ भन्छु। �आइरनचक्की चाहिन्न किटको कराईमा पकाउँदा पुग्छ भन्छु। �तामाको गाग्री भए पानीमा पि.एच. कायम हुन्छ भन्छु। �यस्तै यस्तै उट्पट्याङ कुरा गर्ने म त एक टपरे रहेछु !
लेखक -Arjun Babu Dahal अर्जुनबाबु दाहाल।
आयुर्दा आयुर्वेदिक औषधालय।
शान्तिनगर , काठमाडौं।
आज आयुर्दा औषधालयमा प्राकृतिक उपचार गर्दा भेटेको संयोग। जयसंगत।
#नेपालीहुनुमागर्वगरौं
#स्वधर्मकोपालनागरौं
#संगतसंस्कृतिकोसोच
#हाम्रोसंगतकोजयहोस्
#जयसंगत