12/10/2024
आज मिति २०८१/०६/२६ गते परेको नेपालीहरुको महान पर्व विजयादशमी २०८१ को पावन अवसरमा सम्पुर्णमा सुख,शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको साथै सु-स्वास्थ्य एवंम दिर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । ❤️🎁❤️
जानकारीमुलक केही कुराहरु, Share गर्नुहोला 🙏🙏🙏
चाडपर्वहरुमा हाम्रो समुदायमा ग्यासिट्रक,पेटदुख्ने,झाडापखाला,फुड पोइजनिङ्ग,रुखाखोकी,भाइरल ज्वराे आदि समस्याहरु बढन सक्ने हुँदा सबैजना खानपान र सरसफाइमा विशेष सावधानी अपनाउनको लागि अनुरोध छ ।
हामी नेपालीहरु चिल्लो पिरो अमिलो र बोसोयुक्त खानेकुरा बढी मन पराउछौँ ।तर तिनीहरुको मात्रा नमिलाई खाँदा शरीरलाई हानी हुन्छ ।यस्ता खानेकुरा सँगसँगै हरियो सागपात र ताजाफलफूल पनि सन्तुलितरुपमा खानुपर्छ । बढी चिल्लो अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ । आफूले पचाउन सक्ने अवस्था हेरेर मात्र यस्तो परिकार खानुपर्छ ।
चिल्लो अमिलो पिरो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुने लगायतका समस्या हुनसक्छ । त्यसमा कोलेस्टेरोल बढाउने र बोसोको मात्रा बढी हुन्छ । जसका कारण अपच हुने, कब्जियत हुने फुड प्वाइजनजस्ता समस्या देखा पर्छन् ।
प्रायः हाम्रो भान्सामा मसलेदार परिकारले प्राथमिकता पाउँछ । त्यस्ता परिकार बनाउँदा घरमै तयार गरिएको ताजा जिरा, धनियाँ, लसुन, प्याज लगायतका मसला प्रयोग गर्दा त्यति असर गर्दैन् । बजारमा पाइने रेडिमेड मसलाहरुको शुद्धतामा ग्यारेन्टी गर्न सकिदैन । तिनीहरुले शरीरमा मन्द बिषको काम गर्छन् । त्यसैले घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ ।
गर्मीयाम सुरु हुँदैछ । यो समयमा फुडप्वाइजनको सम्भावना पनि हुन्छ । फुडप्वाइजनको मुख्य कारण पनि दूषित पानी हो । त्यसैले पानी उमालेर मात्र पिउनुपर्छ । त्यसका साथै काँचोमासु तथा खानेकुराले पनि फुडप्वाइजन गराउन सक्छ ।
गर्मीको समयमा माछामासु खान मानिसले विशेष ध्यान दिनुपर्छ । सधै ताजामासु मात्र खानुपर्छ ।
धन्यवाद 🙏❤️🙏