01/08/2023
आँखा पाक्ने रोग सम्बन्धी जानकारी..........................................................
आज भोलि समुदायमा आँखा पाक्ने रोग (Conjunctivitis, Red eye) को प्रकोप बढेको पाइएको छ ।
बाटोमा हिड्दा, खेल्दा, मुख धुँदा आँखामा फोहर पदार्थहरु परेर आँखाको संक्रमण हुन सक्छ । यस अवस्थामा आँखा रातो हुने, चिलाउने, चिप्रा लाग्ने आदि लक्षणहरु देखिन्छन् । यस्तो अवस्थामा तुरुन्त उपचारको लागि आँखा उपचार केन्द्रमा लैजानु पर्छ ।
आँखा पाक्ने रोगबाट बच्ने उपायहरू:
● जथाभावी रुपमा आँखा नछुने / आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने ।
● सफा पानीले आँखा सफा गर्ने ।
● हरुले प्रयोग गरेका तौलिया / रुमाल प्रयोग नगर्ने ।
● व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
आँखा पाक्ने रोग लागिहालेमा के गर्ने ?
● पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने ।
● आँखा छोइसकेपछी हरेक पटक साबुन पानीले हात सफा गर्ने ।
● आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने ।
● कालो चस्माको प्रयोग गर्ने ।
● आफुले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने ।
● जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने ।
Note: जानेर वा अनजानमा आँखामा स्वास्थकर्मीको सल्लाह बिना औषधी वा अन्य कुनै पदार्थ प्रयोग गर्दा आँखाको बाहिरी नानीमा घाउ भई फूलो परेर आँखा नदेख्ने अवस्थामा पुग्न सक्छ । आँखामा प्रयोग हुने दुध जस्तो औषधि आँखाको समस्या भएमा भएमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्रै औषधी उपचार गराउन पर्छ र एक पटक दिएको औषधि बारम्बार आफैंले किनेर हाल्न हुदैन ।
अरुलाई पनि जानकारी होओस् भनेर यो पोष्ट अनिवार्य शेयर गर्नुहोला । धन्यवाद !