HSO,Humla

HSO,Humla Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HSO,Humla, Health & Wellness Website, Humla, simikot, Simikot.

हार्दिक बधाई ।💐💐नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम IMNCI रजत जयन्ती २०८२ को अवसरमा कर्णाली प्रदेशका स्...
26/04/2025

हार्दिक बधाई ।💐💐
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम IMNCI रजत जयन्ती २०८२ को अवसरमा कर्णाली प्रदेशका स्थानीय तहहरू मध्ये बाल स्वास्थ्यका सूचकहरुमा उत्कृष्ट अंक प्राप्त गरी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट सम्मानित भएकोमा नेपालकै अति दुर्गम जिल्ला हुम्लामा रहेको ताजाकोट गाउपालिकालाई स्वास्थ्य सेवा कार्यालय हार्दिक बधाई ज्ञापन गर्दछ।

18/04/2025

जनहितमा जारी सन्देश !!!
वैशाख ६ र ७ गते ( शनिवार र आइतवार), राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत देशैभर भिटामिन 'ए' क्याप्सुल सँगै जुकाको औषधी खुवाऔं !
- ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल खुवाऔं।
- १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाऔं।
#पोषण
#राष्ट्रिय_अभियान_भिटामिन_जुकाको_औषधी

स्वास्थ्य सेवा कार्यालय हुम्लामा सेवा प्रदान गर्न आउनु भएका MDGP डा उमाकान्त तिवारी ज्यू काे स्वागत कार्यक्रम ।
15/04/2025

स्वास्थ्य सेवा कार्यालय हुम्लामा सेवा प्रदान गर्न आउनु भएका MDGP डा उमाकान्त तिवारी ज्यू काे स्वागत कार्यक्रम ।

आज मिति २०८१/११/१८ गतेका दिन स्वास्थ्य सेवा कार्यालय हुम्ला र सिमिकोट गाउपालिकाको संयुक्त आयोजनामा HPV खोप अभियानको शुभा...
02/03/2025

आज मिति २०८१/११/१८ गतेका दिन स्वास्थ्य सेवा कार्यालय हुम्ला र सिमिकोट गाउपालिकाको संयुक्त आयोजनामा HPV खोप अभियानको शुभारम्भ कार्यक्रम जिल्ला समन्वय समितिको कार्य वाहक अध्यक्ष श्री दलु फडेराको अध्यक्षतामा सिमिकोट गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष,प्रमुख जिल्ला अधिकारी,संचारकर्मी,स्वास्थ्य सेवा कार्यालयको प्रमुख एवम कर्मचारी हरू,सिमिकोट गा.पा.स्वास्थ्य शाखा प्रमुख,स्वास्थ्यकर्मी हरूको उपस्थितिमा सिमिकोट गाउपालिका अन्तर्गत वार्ड नंबर ०५ अन्तर्गत श्री बालमन्दिर मा.वि. मा HPV खोप अभियानको शुभारम्भ कार्यक्रम सम्पन्न भयो ।

स्वास्थ्य सेवा कार्यालयको आयोजनामा अस्पतालमा कार्यरत SBA,Non-SBA Nursing कर्मचारी हरुलाई MNH सम्बन्धी Onsite coaching an...
22/02/2025

स्वास्थ्य सेवा कार्यालयको आयोजनामा अस्पतालमा कार्यरत SBA,Non-SBA Nursing कर्मचारी हरुलाई MNH सम्बन्धी Onsite coaching and clinical Mentoring सम्बन्धि 3दिने कार्यक्रम सम्पन्न भयो ।

22/02/2025

सूचना!सूचना!!सूचना!!!

यही मिति २०८१ साल फागुन महिनाको १८ गते देखि फागुन महिनको २९ गते सम्म र नाम्खा गाँउपालिका वडा नं. ६ लिमीमा मिति २०८२ बैशाखको ०७ गते भित्र हुम्ला जिल्ला अन्तर्गत सबै स्थानिय तहका सबै वडाहरूमा एच.पि.भि खोप अभियान संचालन हुँदैछ । यस अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू, र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईन्छ ।

खोप अभियान सञ्चालन हुने मिति, समय र खोप केन्द्र रहने स्थानको वारेमा स्थानीय स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिहरूबाट प्राप्त गर्न सकिन्छ ।

विश्वमा महिलाहरुमा हुने क्यान्सर मध्येमा चौथो मुख्य क्यान्सरको रुपमा रहेको छ।

यो रोग मुख्य गरेर ह्यूमन प्यापिलोमा भाइरसबाट संक्रमित व्यक्तिसंग यौन सम्पर्क बाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ

नेपालमा क्यान्सरको कारणबाट महिलाहरूको मृत्यु हुनुमा पाठेघरको मुखको क्यान्सर नै पहिलो कारण देखिएको छ ।

नेपालमा पाठेघरको मुखको क्यान्सरले प्रत्येक दिन ४ जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ ।

एच.पि.भी. खोप एक मात्रा लगाए हुन्छ र यो खोप करिव शत्प्रतिशत नै प्रभावकारी देखिएको छ ।

यो अभियानमा यो खोप कक्षा ६ देखि १० सम्म अध्ययन - अध्यापन हुने विद्यालयबाट प्रदान गरिँदैछ ।

त्यसैले अभियान सञ्चालनको समयमा आ-आफ्नो विद्यालयमा गएर कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरूले एच.पि.भी. खोप लगाउनु पर्दछ ।

• साथै विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूले पनि अभियान सञ्चालनको समयमा नजिकैको विद्यालयमा गएर एच.पि.भी. खोप लगाउनु पर्दछ ।

छुट भएका ती किशोरीहरूले नजिकैको स्वास्थ्य संस्थाबाट पनि यो खोप लिन सक्नेछन् ।

लक्ष्यित उमेर समुहका सबै किशोरीहरूले एच.पि.भी. खेप लगाउँ र पाठेघरको मुखको क्यान्सर हुनबाट बचौ ।

मिति २०८१/१०/१८ गतेदेखि २१ गतेसम्म संचालित पोषण कार्यक्रम अन्तर्गत "आपतकालीन अवस्थामा पोषण प्रतिकार्य तथा पुनर्लाभ सम्बन...
03/02/2025

मिति २०८१/१०/१८ गतेदेखि २१ गतेसम्म संचालित पोषण कार्यक्रम अन्तर्गत "आपतकालीन अवस्थामा पोषण प्रतिकार्य तथा पुनर्लाभ सम्बन्धी क्षमता अभिवृद्धि तालिम "स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा ७ ओटै गाउपालिका का पोषण फोकल पर्सन हरुको उपस्थितिमा सफलतापुर्वक
सु-सम्पन्न भयो।🙏🙏

#पोषणशाखा

03/02/2025

HPV खोप अभियान २०८१ सम्बन्धी सन्देशमुलक भिडीयो 🎥🎦💐
लक्षित उमेर समूहका सबै किशोरीहरुले HPV खोप लगाऔ ।
पाठेघरको मुखको cancer हुनबाट जोगाऔ ।🙏🙏

# स्वास्थ्य सेवा कार्यालय हुम्ला

मिति 2081/10/06 र 07 पहिलो ब्याच र ०८ र ०९ गते दोस्रो ब्याच गरी स्वास्थ्य सेवा कार्यालय हुम्ला को आयोजनामा नि.कार्यालय प...
22/01/2025

मिति 2081/10/06 र 07 पहिलो ब्याच र ०८ र ०९ गते दोस्रो ब्याच गरी स्वास्थ्य सेवा कार्यालय हुम्ला को आयोजनामा नि.कार्यालय प्रमुख डा.मनिष कुमार देव को अध्यक्षता,सामाजिक विकास मन्त्रालयका श्री डिकेन्द्र राना,जिल्ला अस्पताल हुम्लाका MDGP डा. हिम बिक्रम शाही ,प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका श्री देविराम पौडेल, वाटर एडका श्री बिशाल भण्डारी को आतिथ्यता तथा स्थानीय तहका स्वास्थ्य संयोजक र स्वास्थ्य संस्था प्रमुखहरुको उपस्थितिमा पहिलो ब्याच र दोस्रो ब्याच अन्तर्गत सहभागीहरुलाई एच.पि.भि.खोप अभियान २०८१ को जिल्लास्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठि सम्पन्न गरियो । यस कार्यक्रमलाई सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ।🙏🙏

स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा मिति २०८१/०९/२७ देखी २९ गतेसम्म सञ्चालित ३ दिने "पोषण बिशेष कार्यक्रमहरुको जिल...
14/01/2025

स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा मिति २०८१/०९/२७ देखी २९ गतेसम्म सञ्चालित ३ दिने "पोषण बिशेष कार्यक्रमहरुको जिल्लास्तरीय समीक्षा तथा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरुको विक्री वितरण नियन्त्रण ऐन १०४९ सम्बन्धि बहस पैरवी कार्यक्रम "७ ओटै गाउँपालिका स्वास्थ्य शाखा प्रमुखहरु र स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीहरूको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भयो।

यस स्वास्थ्य सेवा कार्यालयको अस्पताल साप्ताहिक कार्यक्रम (CME कार्यक्रम)अन्तर्गत मेडिकल अधिकृत डा.सुर्जन सिंह ज्यू द्वार...
10/01/2025

यस स्वास्थ्य सेवा कार्यालयको अस्पताल साप्ताहिक कार्यक्रम (CME कार्यक्रम)अन्तर्गत मेडिकल अधिकृत डा.सुर्जन सिंह ज्यू द्वारा Basic life support(BlS)को बारेमा यहाको अस्पताल नर्सिंग,पैरामेडिक्स,डाक्टर हरुको उपस्थितमा सम्पन्न भयो।

यस स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा मिति २०८१/०९/२४ गते देखि २५ गते सम्म सन्चालित आमा सुरक्षा कार्यक्रम अन्तर्ग...
09/01/2025

यस स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा मिति २०८१/०९/२४ गते देखि २५ गते सम्म सन्चालित आमा सुरक्षा कार्यक्रम अन्तर्गत SNCU तथा KMC सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम यस कार्यालयका कार्यालय प्रमुख डा.प्रतिक्षा भारति ज्युको अध्यक्षता मा कार्यक्रम सु-सम्पन्न भयो|

Address

Humla, Simikot
Simikot
21000

Website

Alerts

Be the first to know and let us send you an email when HSO,Humla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram