22/02/2026
यस अस्पतालको २० औ स्थापना दिवसको औपचारिक कार्यक्रमलाई भव्य र सफल बनाउन उपस्थित हुनुभएका सम्पूर्ण माननीय प्रमुख अतिथि, विशिष्ट अतिथि तथा आदरणीय अतिथिज्यूहरूमा हार्दिक धन्यवाद।साथै, दिनरात खटिएर कार्यक्रम सफल पार्ने सम्पूर्ण चिकित्सक, नर्सिङ लगायत सम्पुर्ण कर्मचारी परिवारप्रति विशेष कृतज्ञता व्यक्त गर्दछौ। अस्पताल परिवारको हरेक सदस्यहरुको साथ, समर्पण र सहयोग नै हाम्रो पहिचान हो ।
सेवा, समर्पण र सहकार्यको यात्रामा साथ दिने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं ।