20/08/2025
#समसामयिक_जानकारी
नेपालले रुबेला रोग निवारण गर्ने सफलता कहिले हासिल गरेको हो ?
✓ वि.सं २०८२ भदौ २
विश्व स्वास्थ्य सङ्गठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रुबेला रोग निवारण भएको बताएको छ ।
दक्षिण-पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले दक्षिण-पूर्व एसिया क्षेत्रमा दादुरा र रुबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको सिफारिसलाई स्वीकृत गर्दै नेपालबाट रुबेला निवारण भएको बताएकी छिन्।
नेपाल, विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ।
सन् २०२६ भित्र दादुरा र रुबेलालाई जनस्वास्थ्य समस्याको रूपमा नरहेको अवस्थामा पुऱ्याउने लक्ष्य हासिल गर्ने सम्बन्धमा भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का, टिमोर-लेस्टे पछि नेपालले पनि रुबेला निवारणमा सफलता प्राप्त गरेको छ।
दक्षिण-पूर्वी एसिया क्षेत्रमा दादुरा र रुबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको स्थापना मार्च २०१६ मा भएको थियो। यस आयोगले दादुरा र रुबेला निवारणतर्फको प्रगतिको निगरानी गर्छ।
सन् २०१३ मा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसिया क्षेत्रले सन् २०२० सम्ममा दादुरा निवारण र रुबेला नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरेको थियो । सन् २०१९ मा उक्त समयसीमा परिमार्जन गरी सन् २०२३ सम्म दादुरा र रुबेला दुवै निवारण गर्ने लक्ष्य तय गरियो तर कोभिड-१९ महामारीका कारण खोप सेवाको कभरेजमा आएको कमीलाई ध्यानमा राख्दै सदस्य राष्ट्रहरूले लक्ष्य प्राप्तिको समयसीमा बढाएर सन् २०२६ सम्ममा दादुरा र रुबेला निवारण गर्ने नयाँ लक्ष्य निर्धारण गरेका हुन् ।