Grihealaxmi medical hall

  • Home
  • Grihealaxmi medical hall

Grihealaxmi medical hall Helu hospital chowk, Syangja

HOT WATER BAG AVAILABLE AT CHEAP PRICE
06/12/2025

HOT WATER BAG AVAILABLE AT CHEAP PRICE

AVAILABLE BABY BRUSH BABY TOOTHPASTE
28/11/2025

AVAILABLE BABY BRUSH BABY TOOTHPASTE

Available Grihealaxmi medical hall rate Rs 1000 only
01/07/2025

Available Grihealaxmi medical hall rate Rs 1000 only

औषधि पसलमा बसेर prescription हेरेर औषधि काटेर दिनेमात्र फार्मासिस्ट होइन।  फार्मासिस्टले अरु नि गर्छन :  ✅ बिरामीहरूलाई ...
16/04/2025

औषधि पसलमा बसेर prescription हेरेर औषधि काटेर दिनेमात्र फार्मासिस्ट होइन।

फार्मासिस्टले अरु नि गर्छन :
✅ बिरामीहरूलाई औषधि सम्बन्धी सही परामर्श दिने।
✅ औषधि उत्पादन र गुणस्तर नियन्त्रण मा भूमिका खेल्ने।
✅ नयाँ औषधिको अनुसन्धान र विकास गर्ने।
✅ बिरामीहरूको स्वास्थ्य उपचारमा अभिन्न योगदान दिने।

फार्मासिस्ट भनेका समाजको स्वास्थ्य सेवाको आधारभूत अंश हुन्।
सबैले फार्मासिस्टको महत्त्वलाई बुझ्नुपर्छ र उचित सम्मान दिनुपर्छ। 🙏

Baby milk Available
13/03/2025

Baby milk Available

१,३५,००० भन्दा बढी नेपालीहरू डिमेन्सिया रोगबाट पीडित छन्। र यो संख्या प्रत्येक २० वर्षमा दोब्बर हुने अनुमान गरिएको छ।तर ...
21/09/2024

१,३५,००० भन्दा बढी नेपालीहरू डिमेन्सिया रोगबाट पीडित छन्। र यो संख्या प्रत्येक २० वर्षमा दोब्बर हुने अनुमान गरिएको छ।
तर यस रोगको बारे अधिकांशलाई जानकारी नभएको अथवा कम जानकारी भएको कारण ७५ % प्रतिशत बिरामी डाक्टर कहाँ यसको उपचारको लागि पुग्दैनन।

समयमा नै डिमेन्सियाको उपचार गर्न सकेमा यो रोगको लक्ष्यणहरु बढ्ने तिब्रतालाई कम गर्न सकिन्छ।

06/09/2024

डेंगू ज्वरो एक प्रकारको भाइरल रोग हो जुन एडिस एजेप्टाइ नामक लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो रोग डेंगू भाइरसको संक्रमणबाट हुन्छ। डेंगू भाइरसका चार प्रकार हुन्छन्, र कुनै पनि एक प्रकारको संक्रमण भएमा भविष्यमा अर्को प्रकारको डेंगू संक्रमण हुँदा गम्भीर हुन सक्छ।

डेंगूको लक्षणहरू:
1.उच्च ज्वरो: ४०°C (१०४°F) सम्मको उच्च ज्वरो आउन सक्छ।
2.सिरदर्द: टाउको दुख्ने, विशेष गरी आँखा वरिपरि।
3.मांसपेशी र जोर्नीमा दुखाइ: "ब्रेकबोन फिभर" भनेर पनि चिनिन्छ।
4.शरीरमा राता डाबराहरू: छालामा राता डाबराहरू वा रास आउने।
5.उल्टी वा वाकवाकी: पेट दुख्ने, वाकवाकी लाग्ने, वा उल्टी हुने।
6.रक्तस्राव हुने: गम्भीर अवस्थामा, नाक वा गिजाबाट रक्तस्राव हुने।

रोकथामका उपायहरू:
1.लामखुट्टेको टोकाइबाट बच्न: लामखुट्टेको टोकाइबाट जोगिन लामो कपडा लगाउने, लामखुट्टे भगाउने मलहम प्रयोग गर्ने।
2.लामखुट्टेको प्रजनन स्थललाई नियन्त्रण गर्ने: पानी जम्ने ठाउँहरू सफा राख्ने, जस्तै फूलको भाँडो, टायर, र बाल्टीहरूमा पानी जम्न नदिने।
3.मच्छरदानीको प्रयोग गर्ने: सुत्दा मच्छरदानीको प्रयोग गर्ने।
4.घरको वरपर सफा राख्ने: लामखुट्टेको अन्डा पर्ने ठाउँलाई हटाउने।

उपचार:
डेंगूको विशेष उपचार छैन, तर लक्षणहरूको आधारमा उपचार गरिन्छ। प्रशस्त आराम, तरल पदार्थको सेवन, र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नु पर्छ। गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएर उपचार गर्नु आवश्यक पर्न सक्छ।

डेंगूको संक्रमणबाट जोगिन रोकथामका उपायहरू अपनाउनु सबैभन्दा महत्वपूर्ण छ। यदि डेंगूको लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक छ।

दोस्रो पटक Grihealaxmi medical hall ले किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी छलफल चौतारी कार्यक्रम सम्पन्न गरे...
31/08/2024

दोस्रो पटक Grihealaxmi medical hall ले किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी छलफल चौतारी कार्यक्रम सम्पन्न गरेको छ‌ । सम्पुर्ण conscience school भाई बहिनीहरु‌लाई धेरै धेरै धन्यवाद हामीलाई सुनिदिनु भएकोमा। मिति. 2081/5/13

28/08/2024

जनहितमा जारी सन्देश। ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।

25/08/2024

डाक्टर ओम मुर्ति अनिल बाट सुगर प्रेसर सम्बन्धि महत्वपूर्ण जानकारि ।

21/06/2024

Address

Helu Hospital Chowk Syangja

Telephone

+9779860900539

Website

Alerts

Be the first to know and let us send you an email when Grihealaxmi medical hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram