07/12/2025
आज मिती २०८२/०८/०६ गते,
राम्चेदेवी युवाक्लब ,पोखरेली युवा क्लब को आयोजना ,फेदीखोला गाउँपालिका को समन्वय,ए एण्ड बी इन्टरनेशनल हस्पिटल प्रा.ली को प्राविधिक सहयोग ,आरुखर्क- पोखरा संपर्क समाजको सह - आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर फेदीखोला गाउँपालिका -४ आरुखर्क स्वास्थ्य चौकीमा सम्पन्न भएको छ।
राम्चेदेवी युवा क्लबका अध्यक्ष नवराज पौडेल को अध्यक्षतामा सञ्चालित कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी ज्यू को प्रमुख आतिथ्यता,ए एण्ड बी इन्टरनेशनल हस्पिटल का व्यवस्थापक डा. दिपक सुवेदी,वडा नं ४ का अध्यक्ष ख्याम नारायण पौडेल,कार्यपालिका सदस्य टेक माया गुरुङ ,फेदीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खिल प्रसाद पौडेल,फिजिसियन डा.सुरेन्द्र पौडेल, डा.मिलन श्रेष्ठ, डा.आशिष पौडेल, डा प्रकृति पराजुली, डा.अनिता बास्तोला, डा.दुर्गा विक,फेदीखोला स्वास्थ्य शाखा,आरुखर्क स्वास्थ्य चौकी,स्टाफ नर्स ,समाजसेवी ,स्थानिय सेवा ग्राही हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त शिविरमा :- जनरल मेडिसिन, हाड जोर्नी नशा रोग,स्त्री रोग, प्रसुती रोग,पाठेघर क्यान्सरको जाँच, नाक, कान,घाँटी,बालरोग अन्तर्गतका सेवा हरु प्रदान गरिएको थियो।
यस शिविरमा फेदीखोला गाउँपालिकाको तर्फ बाट प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन शिविर सञ्चालन गर्दै
- पाठेघरको मुखको क्यान्सर परीक्षण
- स्तन क्यान्सर परीक्षण तथा परामर्श
- पाठेघर खस्ने समस्या पहिचान तथा व्यवस्थापन
- अबस्टेट्रीक फिस्टुला,महिला हरुमा पिसाब चुहिने समस्या पहिचान तथा व्यवस्थापन अन्तर्गत को सेवा हरु प्रदान गरेको थियो
यस निःशुल्क स्वास्थ्य शिविर बाट महिला,बालबालिका,पुरुष गरी १४० जना ले निःशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भएर स्वास्थ्य लाभ लिनुभएको थियो। copy\pasteफेदीखोला गाउँपालिका,फेदीखोला गाउँपालिका अध्यक्षज्यूको सचिवालय