GP Koirala National Center For Respiratory Diseases

GP Koirala National Center For Respiratory Diseases Planned as future national centre for respiratory care and support!!!

आजबाट हाम्रो यस GP Koirala National Center For Respiratory Diseases मा मनोसामाजिक परामर्श सेवा (Psychosocial Counseling)...
26/11/2025

आजबाट हाम्रो यस GP Koirala National Center For Respiratory Diseases मा मनोसामाजिक परामर्श सेवा (Psychosocial Counseling) सेवा शुरु गरिएको छ । परामर्श सेवाका लागी सम्वन्धित व्यक्ति वा आफन्तसँग पुर्याउन प्रचार प्रसार गरी जानकारी गराईदिनुहोला ।
Ministry of Health and Population-Nepal

18/11/2025
जाडो आए सँगै इन्फ्लुएन्जा (फ्लू) बाट सुरक्षित रहौं Let's be safe from influenza (flu) as winter approachesइन्फ्लुएन्जा (...
07/11/2025

जाडो आए सँगै इन्फ्लुएन्जा (फ्लू) बाट सुरक्षित रहौं
Let's be safe from influenza (flu) as winter approaches
इन्फ्लुएन्जा (फ्लू)बाट सुरक्षित रहौँ
इन्फ्लुएन्जा (फ्लू) भनेको के हो ?
इन्फ्लुएन्जालाई बोलीचालीको भाषामा (फ्लू) भनिन्छ। यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो । यो भाइरसले सबै उमेरका व्यक्तिहरुलाई फ्लू लाग्न सक्छ ।
फ्लू कसरी सर्छ ?
फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ। ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन्। भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ।
फ्लूका लक्षण के हुन्?
• ज्वरो आउनु
• टाउको दुख्नु
• जिउ र मांसपेशी दुख्नु
• खोकी लाग्नु र घाँटी दुख्नु
• नाक बन्द हुनु वा सिँगान बग्नु
• थकान महसुस हुनु
(फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ ।)
फ्लू रोकथाम कसरी गर्ने ?
• बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने
• सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने
• खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने
• बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
• शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने
• आफ्नो आँखा, नाक वा मुख नछुने
फ्लू भएका अधिकांश व्यक्तिहरुलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरु आवश्यक पर्दैन। दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा रहनुहोला ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र
Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal
#फ्लू #नेपाली

19/10/2025
सुचना!
05/10/2025

सुचना!

17/09/2025

क्षयरोग परीक्षणमा नयाँ आयाम, डायलाईसिस क्षमतामा वृद्धी:
(२०८२ असोज १ गते बुधबार)
१. नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रीय क्षयरोग परिक्षण केन्द्र भक्तपुरको सहयोगमा मोलिकुलार पद्दतीबाट क्षयरोग परिक्षण गर्न विधिको शुरुवात गरिएको छ ।
२. जीपी कोईराला लायन्स हेमोडायलाईसिस युनिटमा हाल साप्ताहिक १५ जनालाई सेवा दिइएकोमा आजबाट ३० जनाको डाईलाईसिस गर्न शुरु गरिएको छ । Lions Club Of Tanahun Khairenitar Lions Clubs International


Ministry of Health and Population-Nepal

अल्जाइमर्स रोग सम्बन्धी केही जानकारी!
05/09/2025

अल्जाइमर्स रोग सम्बन्धी केही जानकारी!

आज मिति २०८२/०५/१६ गते सोमबारको दिन स्वास्थ्य सेवा विभागबाट प्राप्त Endoscopy मेसिनको जडान गरी परीक्षण सफल भएको छ। मणिपा...
01/09/2025

आज मिति २०८२/०५/१६ गते सोमबारको दिन स्वास्थ्य सेवा विभागबाट प्राप्त Endoscopy मेसिनको जडान गरी परीक्षण सफल भएको छ। मणिपाल अस्पतालका Gastroenterologist डा. शंकर बराल र यस अस्पतालका जनरल सर्जन डा. सबिन कुमार घिमिरेको टिमले एकजना बिरामीको Endoscopy गरी सेवा संचालन भएको छ। अब यस अस्पतालमा नियमित Endoscopy सेवा हुने जानकारी सबैमा गराउन चाहन्छौं। यस केन्द्रले सेवाहरू थप गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ ।

यस केन्द्रमा मिति २०८३।५।१० गते मंगलबारको दिन यस केन्द्रको अध्क्षय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त सचिव ...
28/08/2025

यस केन्द्रमा मिति २०८३।५।१० गते मंगलबारको दिन यस केन्द्रको अध्क्षय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त सचिव डा.केशर ढकालको अध्यक्षतामा र माननिय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल ज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम गरी Electric Medical Record को औपचारिक उद्घाटन सम्पन्न गरियो । सो कार्यक्रममा गण्डकी प्रदेशका सांसद माननीय जित प्रकाश आले ज्यू, माननिय श्याम राजा महत ज्यू, WHO representative to Nepal Dr. Rajesh Sambhajirao Pandey, शुक्लागण्डकी न.पा.को नगरप्रमुख कृष्ण पण्डित, भिमाद न.पा.को अध्यक्ष ज्यू, म्याग्दे गा.पा., रिसिङ्ग गा.पा., घिरिङ गा.पा.को प्रमुख ज्यूहरु, तँनहु जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यू, वोर्ड सदस्य ज्यूहरु, शुक्लागण्डकी न.पा. का वडा अध्यक्ष ज्यूहरु लगायत पत्रकारहरु, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको उपस्थिति थियो ।

WHO को प्राविधिक तथा आर्थिक सहयोग, आवश्यक पूर्वाधार तथा सामग्रीहरुको व्यवस्थापन पछि २०८२।२।१४ गते बाट EMR को ट्रायल शुरु गरिएको थियो । EMR मा PACS (Picture Archiving and Communication System) पनि शुरु गरिएको छ।

यस प्रणालीबाट विरामीको उपचारमा कम त्रुटी हुने, स्वास्थ्यकर्मीको समय कागजी काम भन्दा उपचारमा बढी केन्द्रित हुने नीति योजना र अनुसन्धानमा सहज पुग्ने अपेक्षा गरिएको छ । EMR लागु भएपछि यस केन्द्रबाट प्रदान हुने सेवाहरु थप प्रभावकारी हुने विश्वास लिइएको छ।

सुचना!!
28/08/2025

सुचना!!

Address

Shuklagandaki 05
Tanahun

Alerts

Be the first to know and let us send you an email when GP Koirala National Center For Respiratory Diseases posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to GP Koirala National Center For Respiratory Diseases:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category