P. Health Inspector Bimal KC

  • Home
  • P. Health Inspector Bimal KC

P. Health Inspector Bimal KC Public Health Officer ( PHO)
in Tulsipur Sub Metro Politan public Health Promotion Section Tulsipur Dang

स्तनपान सप्ताह २०२५ (श्राबण १६ गते देखि २२ गते सम्म )जनहितमा जारि सन्देशआमा र बच्चाको लागि पूर्ण स्तनपान
31/07/2025

स्तनपान सप्ताह २०२५ (श्राबण १६ गते देखि २२ गते सम्म )
जनहितमा जारि सन्देश
आमा र बच्चाको लागि पूर्ण स्तनपान

https://onlinerapti.com/2025/07/20/1171289/
20/07/2025

https://onlinerapti.com/2025/07/20/1171289/

काठमाडौँ : नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारीः दिनमा एक...

विश्व लागू पदार्थ ओसार पसार विरुद्धको दिवसको अवसरमा तुलसीपुर उपमहानगर पालिकामा प्रभात फेरी सहीत जन चेतना मुलक कार्यक्रम ...
26/06/2025

विश्व लागू पदार्थ ओसार पसार विरुद्धको दिवसको अवसरमा तुलसीपुर उपमहानगर पालिकामा प्रभात फेरी सहीत जन चेतना मुलक कार्यक्रम गरिदै।।।

स्वास्थ्य कर्मी तथा बिद्यालय स्वास्थ्य शिक्षकहरुको ३ दिने अभमुखीकरण तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न।।।।सिक्ने र सिका...
24/05/2025

स्वास्थ्य कर्मी तथा बिद्यालय स्वास्थ्य शिक्षकहरुको ३ दिने अभमुखीकरण तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न।।।।
सिक्ने र सिकाउने क्रम जारी नै छ।।।
सक्रिय सहभागिताका लागि सबै सहभागी स्वास्थ्यकर्मी तथा शिक्षक गुरु वर्ग हरुमा हार्दिक कृतज्ञता तथा आभार धन्यवाद।।।

85  वर्षीय आध्यात्मिक गुरु संग सन्ध्याकालीन भेटघाट र अविश्मरणीय कुराकानी, बडो गजब , रमाइलो,बिजौरी शिवालय मन्दिर परिसर।
20/05/2025

85 वर्षीय आध्यात्मिक गुरु संग सन्ध्याकालीन भेटघाट र अविश्मरणीय कुराकानी, बडो गजब , रमाइलो,बिजौरी शिवालय मन्दिर परिसर।

IMAM तालिमको प्रशिक्षणको क्रममा घोराहीमा ।।।।
20/05/2025

IMAM तालिमको प्रशिक्षणको क्रममा घोराहीमा ।।।।

आज बाट स्वर विज्ञानको एडभान्स कोर्ष भै स्वर साधकको उपाधि प्राप्त भएको छ,अब यसै संग दैनिकी को शुरुवात हुनेछ ।।।
20/05/2025

आज बाट स्वर विज्ञानको एडभान्स कोर्ष भै स्वर साधकको उपाधि प्राप्त भएको छ,अब यसै संग दैनिकी को शुरुवात हुनेछ ।।।

Daily meditation!No medication!!
23/12/2024

Daily meditation!
No medication!!

18/11/2024
तुलसीपुरमा स्वास्थ्यकर्मीहरुकोलागि कुपोषण व्यवस्थापन सम्बन्धी पुनर्ताजगी तालिम शुरु।।।।तुलसीपुर उपमहानगर पालिकामा पोषण म...
18/11/2024

तुलसीपुरमा स्वास्थ्यकर्मीहरुकोलागि कुपोषण व्यवस्थापन सम्बन्धी पुनर्ताजगी तालिम शुरु।।।।

तुलसीपुर उपमहानगर पालिकामा पोषण मार्फत जीवन रूपान्तरण परियोजना कार्यक्रम अन्तगर्त स्वास्थ्य कर्मी हरुकोलागी शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्वन्धी १ दिने पुनर्ताजगी तालिम शुरुवात भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै तुलसीपुर उपमहानगर पालिकाका नगर प्रमुख टीका राम खड्का ज्यूले पालिकालाई कुपोषण मुक्त बनाउन तथा बालबालिकाको
पोषण स्थितिमा सुधार ल्याउन सबै स्वास्थ्य कर्मीहरुले पहल गर्नु पर्ने र सबैको घरमा प्राकृतिक तथा अर्ग्यानिक खानामा
जोड दिनुपर्ने साथै खानामा विविधिकरण भएमा स्वास्थ्यमा सुधार ल्याउन सकिने भएकोले सन्तुलित आहार र शुद्ध भोजन मार्फत नसर्ने रोगमा समेत कमी ल्याउन सकिने भएकोले यसले जीवन रूपान्तरणमा ठूलो भूमिका खेल्न मद्दत गर्ने भएकोले सबैले पोषण स्वास्थ्यमा जोड दिन आग्रह गर्नु भएको थियो। त्यसतै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले पोषण कार्यक्रम लाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाहरुलाई पनि व्यवस्थित गर्दै जानु पर्ने ,स्वास्थ्य संस्थाको वातावरणलाई पनि ब्यबस्थित गर्नु पर्ने सरसफाइ, घरायसी खानपानमा जोड तथा सेवा ग्राहीलाई गुणस्तरीय सेवा दिनु पर्नेमा स्वास्थ्य कर्मीहरुको भूमिका अहम हुने भएकाेले त्यसमा पालिकाको सहयोग गर्ने बताउनु भएको थियो।
त्यस्तै जन स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओम प्रकाश न्यौपानेले पालिकालाई कुपोषण मुक्त बनाउन परियोजना मार्फत समुदाय स्तरमा वृद्धि अनुगमन ,नियमित जांच तथा पोषण परामर्शमा स्वास्थ्य कर्मीहरुको भूमिकाले प्रभाव पार्ने भएकोले विकट तथा लक्षित वर्ग सम्म पुगी कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्दै परियोजनाका लक्षित उद्देसे हरु पूरा गर्नमा र बाल मृत्यु दर , कुपोषण दर घटाउन सबैको सहयोग चाहिने भनाइ राख्नु भएको थियो।
उक्त कार्यक्रम स्वास्थ्य संस्थाका सम्पूर्ण स्वास्थ्य कर्मी हरुलाई १ दिन ५ वटा सेसनमा ५ दिन सम्म सञ्चालन हुने र यो कार्यक्रम समुदाय स्तरमा महिला स्वास्थ्य स्वयंसेविका सम्म कार्यक्रम सञ्चालन हुने जानकारी गराइएको थियो।
उक्त तालिम कार्यक्रममा प्रशिक्षक को रूपमा बेस तुलसीपुरका परियोजनाका संयोजक सुरेश चौधरी , हेलन किलर इन्टर नेस नल कार्यक्रम अधिकृत अनिल केसी प्रशिक्षक को रूपमा रहनु भएको छ ।
उक्त कार्यकममा बेस संस्था तुलसीपुरका सचिव रूप लाल चौधरी , बेसका प्रशासन प्रमुख बन्धु लाल चौधरी लगायत स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्य कर्मीहरुको सहभागिता रहेको थियो।उक्त कार्यक्रम बेस संस्थाको आर्थिक तथा प्राविधिक सहयोग तथा तुलसीपुर उपमहानगर पालिकाको आयोजनामा भइरहेको छ ।कार्यक्रममा स्वागत मन्तव्य ओम प्रकाश न्यौपानेले राख्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण जन स्वास्थ्य निरीक्षक विमल केसीले गर्नु भएको थियो।

सूचना!सूचना!! सूचना!!!भोलि शनिबार कार्तिक २४ गतेका बिशेष खोप अभियान कार्यक्रम अंतर्गत  हरेक स्वास्थ्य संस्थाबाट नियमित ख...
08/11/2024

सूचना!सूचना!! सूचना!!!

भोलि शनिबार कार्तिक २४ गतेका बिशेष खोप अभियान कार्यक्रम अंतर्गत हरेक स्वास्थ्य संस्थाबाट नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकाहरुलाई विसीजी, डीपिटी/पेन्टा, रोटा,पिसिभि, आइपिभि, पोलीयो , दादुरा/रुबेला, टाइफाइड , जेई लगायतका खोपहरु संगै वृद्धि अनुगमन तथा पोषण परामर्श समेत गरिने भएकोले नजिकको स्वास्थ्य संस्थामा बालस्वास्थ्य कार्ड सहीत सम्पर्क राख्नु हुन अनुरोध छ।
नोट: गर्भबती महिलाको लागि पनि टीडी खोप लगाइनेछ।

(तुलसीपुर उपमहानगर पालिका जन स्वास्थ्य प्रवर्द्धन शाखा तुलसीपुर दाङ)

Address


Website

Alerts

Be the first to know and let us send you an email when P. Health Inspector Bimal KC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share