Kashyap health and physiotherapy

  • Home
  • Kashyap health and physiotherapy

Kashyap health and physiotherapy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kashyap health and physiotherapy, Medical and health, .

06/10/2020

फिजियोथेरापी (भौतिक चिकित्सा) एक
चिनारी

फिजीयो + थेरापी दुई अलग शब्द मिलेर
फिजियोथरापी बनेको हुन्छ जसको अर्थ फिजियो अर्थात
शरिर र थेरापी अर्थात उपचार मानिन्छ । सामान्य
अर्थमा शारिरीक उपचारलाई फिजियोथेरापी भनिन्छ ।
फिजीयोथेरापी (भौतीक चिकित्सा) एक प्रमुख स्वास्थ्य
सेवा हो । जसले शारिरीक क्षति, कमी कमजोरी र
अपाङ्गतालाई कम गर्छ, साथै व्यक्तिको दैनिक
क्रियाकलाप सहज गर्दै गुणस्तरीय स्वस्थ्य जीवनयापन गर्न
प्रोत्साहन गर्दछ ।
४६० BC मा हिप्पोक्रेट्स र ग्यालिनसले manual
therapy, hydrotherapy को सुरुवात गरेका थिए ।
समयको परिवर्तन सँगै भौतिक
चिकित्साको रुपमा विर्कसित भयो ।
फिजीयोथेरापी विगत ४–५ वर्ष देखी हामी माझ
अत्याधिक प्रभाभकारी र लोकप्रिय उपचार
पद्घति बनेको छ । फिजियोथेरापीमा विभिन्न
प्रकारका व्यायाम र विधुतिय उपकरणको प्रयोग गरेर धेरै
प्रकारका विरामीहरुलाई पूर्ण उपचार गरिन्छ । शारिरीक
तथा मानसिक रुपले अशक्त व्यक्तिलाई सामान्य जीवन
तर्फ फर्काउन भौतिक चिकित्साको महत्वपूर्ण योगदान
रहन्छ ।
फिजियोथेरापीका उपचार पद्घति
उपचारात्मक व्यायाम (Therapeutic exercise) :
विभिन्न प्रकारका व्यायाम द्वारा उपचार गरिन्छ ।
जस्तै Active व्यायाम, Passive व्यायाम, Resistance
व्यायाम, Stetching व्यायाम,
Mobilization and manipulation.
उपचारात्मक मालिस (Therapeutic massage) :
विभिन्न प्रकारका मालीस द्वारा उपचार गरिन्छ ।
Kneeding, rolling, effurage.
विधुतीय उपचार (Electro therapy) : विभिन्न
प्रकारका विधुतीय तरंगहरु, विकिरणहरु चुम्बक, ध्वनी,
प्रकाश आदिबाट उपचार गरिन्छ । TENS, IFT, UST, IR,
UR etc.
अन्य उपचार (Other therapy) : विभिन्न प्रकारका ताप
र चिसोबाट उपचार Paraffin wax, Hydroculator,
Diathermy, Ice pack.
फिजियोथेरापीले के के गर्दछ ?
Restore physical function शारिरीक क्रियाकलाप
पुर्नस्थापना गर्दछ ।
Improve Mobilityशारीरिक हिँडडुल सुधार गर्दछ ।
Relieve pain दुखाइलाई कम गर्दछ ।
Prevent deformity अङ्गविकृतीलाई कम गर्दछ ।
Limit permanent disabilities अपाङ्गतालाई कम गर्दछ

कस्ता रोगहरुमा फिजियोथेरापी उपयोग हुन्छ ?
हाड जोर्नीको समस्या
अपरेसन पछि आउने जोर्नीको अकडन
खेलबाट हुने चोटपटक
बाथ रोग
अङ्ग छेदन
हड्डी खिइने, पलाउने, कमजोर हुने आदि ।
स्नायु सम्बन्धी समस्या
Cerebral Palsy
Paralysis : शारिरीक अङ्ग कमजोर हुनु ।
Poor balance :शारिरीक सन्तुलन कम हुनु ।
Spinal cord injury : मेरुदण्डमा लागेको चोट ।
Parkinson's disease
Stroke : पक्षघात
नशा च्यापिएको, खुम्चीएको (Stenosis, PIVD)
मुख बाँगिने (Bell's Palsy)
श्वास प्रश्वास रोग
श्वास प्रश्वासमा देखा पर्ने समस्या
खकार निस्कासन गर्न ।
हृदयघातबाट सुधार भएको लागि ।
बाल रोग
Spinal Bifida
Cerebral palsy
Torticollis :गर्धन बाँगिने ।
वृद्घावस्थाको समस्या
बाथरोग
हड्डी खिइने, कमजोर, पलाउनु ।
शारिरीक सन्तुलन सम्बन्धी समस्या ।
Alzheimer's disease
मांसपेशी, स्नायुहरु खुम्चिनु ।
दुखाई
सबै प्रकारका हड्डी, मांसपेशी, स्नायुको दुखाइहरुलाई
कम गरिन्छ ।

Address


Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779843622373

Website

Alerts

Be the first to know and let us send you an email when Kashyap health and physiotherapy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kashyap health and physiotherapy:

Shortcuts

  • Address
  • Telephone
  • Opening Hours
  • Alerts
  • Contact The Practice
  • Claim ownership or report listing
  • Want your practice to be the top-listed Clinic?

Share