16/06/2025
समस्याको समाधान आत्मह'त्या होइन -
हुन त "सुत्केरी व्यथा ब्याको गाईलाई थाहा हुन्छ" भन्ने उखानै छ । आ'त्महत्याको निर्णयसम्म पुगेको मान्छे केके कुराले कति भरिएको हुन्छ भन्ने कुरा उसलाई जति कसैलाई थाहा हुँदैन । तर पनि मृ'त्यु कुनै समस्याको समाधान होइन । यदि कसैलाई अ'पराध गरेवापत मृ'त्युद'ण्ड दिइन्छ भने पनि त्यो त उसका लागि मुक्ति हो । सजायका लागि त जुन खालको अ'पराध गरेको छ त्यसको केही गुणा बढी उसलाई सजाय दिँदा ऊ तड्पीतड्पी बाँचेको अरुलाई उदाहरण हुन्छ र उसलाई हेरेर हतपत त्यस्तो अपराध गर्ने आँट अरुले गर्दैनन् त्यसैले ह!त्या, ब'लात्कार जस्ता अपराधीलाई सामाजिक बहिष्कार गरेर, जीवनभर जीउँदो लाससरह भएर सास फेरिररने वातावरण बनाइदिनुपर्छ जस्तो लाग्छ ।
अरुले दु:ख दिएका कारण आ¥त्महत्या गर्नु त झन् पीडकलाई त्यसैगरी बाँच्न मार्गप्रसस्त गरिदिनु हो । सोचौँ त कहिलेकाहीँ कसैदेखि यस्तो रिस उठ्छ, लाग्छ टाउको फुटाइदिइजाऊँ, त्यतिबेला फुटाइयो भने फुटाइगैयो तर केही क्षण रिस कन्ट्रोल भयो भने Mood change हुन्छ । अब जुन बिषयमा टाउको फुटाउँ लागेको थियो त्यही बिषयमा टाउको नफुटाएर उसलाई सजाय दिने, पीडाको भर्पाई लिने अर्को बाटो खोज्न थालिन्छ ।
आ'त्महत्या गर्ने मुड आउँदा पनि के कारणले सोच त्यो स्तरमा पुग्यो कम्तीमा आफ्नो नजिकको एकजनालाई मात्र भए पनि सुनाउने गरौँ ।
विज्ञानका अनुसार, आ'त्महत्या गर्न लागेको व्यक्तिको सोच अक्सर अस्थायी हुन्छ। मानसिक स्वास्थ्य विशेषज्ञहरूले बताउने गरेका छन् कि यस्तो व्यक्ति "क्राइसिस मोड" मा हुन्छ, अर्थात् तीव्र भावनात्मक पीडाको अवस्थामा । र त्यो अवस्था सामान्यतया १० देखि ३० मिनेटको बीचमा सबभन्दा गम्भीर हुन्छ। वैज्ञानिक दृष्टिकोण अनुसार पनि आत्महत्या गर्न लागेको मनिसलाई २० मिनेटसम्म अलमल्याउन सकियो भने अधिकांश अवस्थामा आ'त्महत्या गर्ने चाहना घट्छ। त्यतिबेला कसैले कुराकानी गर्यो, सुनेको महसुस गरायो, या शारीरिक रूपमा रोकेको खालको समर्थन दियो भने ती व्यक्ति पछि आ'त्महत्या गर्दैनन्। जसलाई एकपल्ट जोगाइयो, उनीहरू मध्ये धेरैले दोहोर्याउँदैनन् यदि तिनीहरूले आवश्यक सहयोग पाएका छन् भने। अनि आ'त्महत्या गर्न खोजेर जोगिएका मध्ये ९०% ले पछि कुनै न कुनै अवस्थामा पछुतो मान्ने गरेको तथ्य पनि पाइन्छ ।
दु:ख, गल्ती, अ'पराध, धोका यी सबै जीवनका पाना हुन्, तर अन्तिम पाना होइनन्। एकपटक पाउने जीवनलाई सक्दो सदुपयोग गरौँ। समस्या समाधानकोरूपमा मृ'त्यु होइन अन्य विकल्प खोजौँ । हरेक रातपछि उज्यालो आउँछ । ☀️
सांकेतिक तस्विर - AI