09/08/2025
फेरि कहाँ आउँछ यो बालपनको उमेर?
जहाँ घामसँगै ओत लाग्थ्यो आमाको काखमा,
धूलोमा गोटी खेल्दा समय बिर्सिन्थ्यो,
चाडपर्वको रंगमा भिज्थ्यो मन,
घरमै बनाएको मकुण्डो लगाएर
हाँसोका लहरसँग दौडिन्थ्यो जीवन।
आज ती बाटा उस्तै छन्,
तर पाइला फरक, अनुहार फरक,
र बालपन — केवल सम्झनामा मात्र बाँकी।