Dolakha Tamang Samaj

Dolakha Tamang Samaj Tamang is a major ethnic group of Nepal. आफ्नो भाषा चालचलन र रि? Their traditional area is hilly region between the budigandaki river and the likhu river.

at present they live in large numbers in the districts .the total population Tamang in Nepal according to the census of the 2001 is 1,282,304 ie 5.6 per cent of the total population of the country.The Tamang language occupies fifth place in the country in terms of the number of speakers speaking any one language. The Tamang have a system of six types of societal leaders : Tamba,Ganba,Bonbo,labonbo ,Lama and choho to keep the Tamang society continuously alive and dynamic.

"धर्मको विषयमात्र नभएर मौलिक लोक बाजा र मुल्यमान्यताको कुरा हो।"[लोक बाजा, लोक भाका, लोक दोहोरी,लोक गीत,लोक नृत्य, लोक त...
07/07/2022

"धर्मको विषयमात्र नभएर मौलिक लोक बाजा र मुल्यमान्यताको कुरा हो।"

[लोक बाजा, लोक भाका, लोक दोहोरी,लोक गीत,लोक नृत्य, लोक ताल, लोक शुर,लोक संस्कृति, लोक पहिरन, लोक मुल्य, लोक मान्यता,लोक चलन,लोक विश्वास,लोक कथा, लोक साहित्य, लोक गाथा, लोक अर्थ।]

कुरा लगभग ८ बर्ष अगाडिको हो, केही क्रीस्चियनहरुले बुद्ध धर्म भनेको मारेको जनावरको छाला बजाएर पढ्ने र नाच्ने धर्म हो भनेर आलोचना गर्दै थिए। मैले उनीहरुसँग कुनै वादविवाद गर्न चाहेन।

अहिले क्रीस्चियनहरु आफै पनि त्यस्तै छालाको मादल बजाएर येशु मशिहको गन्थनमन्थन गरिरहेको धेरै ठाउँमा देखिन्छ। भने अहिले आएर भौगोलिक तथा प्राचीन मौलिक लोक बाजा डम्फु बजाएर क्रिश्चियनहरुले येशु मशिह र क्रिश्चियनिटीको भजनकिर्तन गर्न थलेको देखिन्छ, भने केहि शब्दहरु मौलिक डम्फुको मुल्य-मान्यता र विश्वास विपरीत बोलेर गीत गाएको पनि देखिन्छ।

उनीहरूले गुस्सामा निर्णय लिएर धर्म त छोडेर क्रीस्चियन तिर गयो, तर कहाँ छोड्न सक्छ र उहीँ छालाबाट निस्किने मिठो धुनहरु, कहाँ छोड्न सक्छ र डाम्फुको धुन र ताल, कहाँ छोड्न सक्छ र टुम्नको धुन।

प्रश्न:डम्फु एक बाजा हो, के यसलाई सबैले बजाउन मिल्दैन र? गितार चाहिँ किन दुनियाँको सबैले बजाउन मिल्ने?
उत्तर: यदि कुनै मौलिक-लोक बाजालाई कुनै जातीय समुदाय तथा भौगोलिक समुदायले आफ्नो निजि सम्पत्तिको रूपमा दर्ता गर्छ भने वा मुल्य-मान्यताको दायरामा राख्छ भने, त्यसलाई बाहिरी व्यक्तिको मान्यताको विश्वासले जथाभावी प्रयोग गर्न मिल्दैन, वा उक्त समुदायबाट अनुमति पाएको खण्डमा मात्र प्रयोग गर्न सकिन्छ। सम्पत्ति चाहे बाजा होस या ताल होस, धुन होस या शुर होस, मौलिक होस या संस्कृत होस, मुल्य होस या मान्यता होस।त्यसैले डम्फू एक शब्द चयनको दायरा बोकेको बाजा हो, डाम्फु बजाएर मौलिक इतिहासको शब्दहरु प्रयोग गरेर नै गीत गाउनु पर्ने हुन्छ, क्रिश्चियनिटीको गीत डम्फुको मौलिक शब्द र इतिहास भित्र पर्दैन।

गितारमा त्यस्तो कुनै जातीय र भौगोलिक मान्यताको दायरा छैन, गितारमा धेरै तार,फ्रेन्ड-माइनर हुन्छन भने अहिले इलेक्ट्रोनिक गितार सम्म हुन्छन् तर डम्फु त्यस्तो होइन। त्यसैले क्रिश्चियनिटीको गीतमा मादल प्रयोग गर्नु केहि हदसम्म ठिकै होला तर डम्फुको प्रयोग गर्नु ठिक होइन। डम्फु र ङ(ढ्यङ्रो) मा पनि धेरै समानता छ, कसैले दुई डम्फुहरु जोडदा एक ङ बन्छ भनेर पनि भनिन्छ, ङको आधा भाग नै डम्फु हो भनेर पनि भनिन्छ।

[मुख्य कुरा क्रिश्चियनले डम्फु बजाउन मिल्छ कि मिल्दैन भन्ने हुँदै होइन, कुरा हो क्रिश्चियनिटीको गीतमा डम्फुको प्रयोग गर्न मिल्दैन, प्राचीन भौगोलिक तथा जातीय समुदायबाट अनुमती पाएमा मात्र प्रयोग गर्न सकिन्छ।]

30/06/2022
30/04/2022
ल्होछार कसरी मनाउने ?तयारी:सामान्यतया ल्होछार उत्सव आउनुभन्दा एक महिना अगावै ल्होछारको  तयारी कार्य सुरु हुन्छ । घरको लि...
29/01/2022

ल्होछार कसरी मनाउने ?

तयारी:
सामान्यतया ल्होछार उत्सव आउनुभन्दा एक महिना अगावै ल्होछारको तयारी कार्य सुरु हुन्छ । घरको लिप पोत रङ् रोगन आगन, गाउँ टोल, बाटोघाटो, चौतारा, पानी पधेरो सफासुग्घर गर्ने। ल्होछारको लागि आवश्यक सामाग्रीहरु किनमेल तयारी गर्ने ।

लोफुत(अन्न रोपेर उमार्ने): ल्होछारको एक महिना अगाडि गहुँको बीउ राखेर उमार्ने । जुन ल्होछारमा उम्रीएर हरियो देखिन्छ, यसरी उम्रीएको गहुँलाई नयाँ सालको नयाँ बालीको रुपमा ल्होछारमा पूजा गरिन्छ ।

गुथुक खाने र मैला फाल्ने:

ल्होछार शुरु हुनुभन्दा २ दिन अगाडि अर्थात ङिस्यु गु (आंैसीको अगिल्लो दिन) घरको भित्री भागहरु पुरै सफा गरिन्छ । यसरी घर सफा गर्दा निस्केको फोहोरलाई ग्रह दशाको प्रतिक ठानेर सो फोहोरलाई दोबाटो बा चौबाटोहरुको चोकमा फालेर आ–आफ्नो परिवारको ग्रह दशालाई शान्त र विसर्जन गरिन्छ । यही दिन साँझ नौ प्रकारको अन्नहरु मिसाएको खाना गुथुक खाइन्छ । गुथुकमा आँटाको डल्ला भित्र सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन आदिका सानो टुक्रा राखेर पकाएको आँटाको एक एक डल्ला सबैको भागमा राखिन्छ र गुथुक खानुभन्दा अगाडि सो आँटाको डल्लो भित्र कसको भागमा के परे भनेर सबैले अगाडि खोलेर हेरिन्छ ।

गुथुक भित्र आफुले प्राप्त गरेको बस्तुको अर्थ:

सेतो कपडाको अर्थ कामना पूरा हुने
गहुको अर्थ सम्पत्ति बढ्ने
कागजको अर्थ विद्वान हुने
खुर्सानीको अर्थ खरो बोली बोल्ने
कोइलाको अर्थ कपट मन हुने
घ्यूको अर्थ चिप्लो बोली बोल्ने र
नुनको अर्थ योजना सफल हुने भनेर अर्थ लगाइन्छ । गाउँघरको मुख्य गुम्बाहरुमा विदाइ हुने सालको ग्रह दशाले नयाँ सालमा निरन्तरता नपाओस् भनेर ग्रह दशा शान्त र विसर्जन गर्न गुम्बाहरुमा विहान देखिनै ङिस्युगु पूजा गरिन्छ ।

लुई फ्याँक्ने: गुथुक खाएपछि लुई फयाँक्नु पर्द छ, जुन गुथुक खान अगाडिनै बनाएर राखिएको हुन्छ। यसरी तयार गरेको लुई (आफनो शरीरको प्रतिक) फ्याँक्ने क्रममा एक एक वटा मुछेको आटाको डल्लो अलिकति लाम्चो पारेर आफनो पाँचै औंलाको छाप (चक्र) लगाई फ्याँक्नु पर्द छ । फ्याँकिने लुईले कष्ट, संकट, आपत, बिपद र बिघ्न बाधाहरु लगेर जाने विश्वास भएकोले यो दोबाटो वा चौबाटोमा लगेर फ्याँकिन्छ।

ल्होछारको लागी सजावट:

ल्होछार शुरु हुनु भन्दा एक दिन आगाडि औंशीको दिन सबैले आफनो घरलाई विभिन्न सामाग्रीहरु प्रयोग गरेर सजाइन्छ । ल्होछार मनाउनको निम्ति औंशीकै बेलुका सबै आवश्यक सामाग्रीहरु तयार पार्नु पर्द छ। यही दिन विशेष गरी पूजा कोठालाई पूर्ण रुपले सिंगारेर भगवानको प्रतिमूर्ति वा फोटो अगाडि नै स–साना सातवटा भाँडामा क्रमशः मुख धुने जल (अघ्र्यम), गोडा धुने जल (पाद्यम), फूल (पुष्पे), धुप (धुपे), छयोमी (आलोक), केशरको जल (गन्धे) र भोजन प्रतिक तोरमा (नैवेद्य) सँझाएर राखिन्छ । साथै भगवानको प्रतिमूर्ति वा फोटो राखिएको स्थान (छ्योखाङ) अगाडि पुङ्गी अम्जो (गधाको कानको आकारमा बनाएको विशेष प्रकारको मैदाको रोटी) लाई सात वा नौ चाङ लगाइ त्यसमाथि दीर्घ आयुको प्रतीक कछुवाको आकार बनाएको रोटी, ल्होछारको बेला आफना नातेदार, इष्टमित्रहरुलाई आर्शिवाद दिंदा खुवाउन विशेष प्रकारको काठको भाँडामा राखिएको छिमार (भुटेको पिठोमा घिउ र चिनी मिसाएको), काठको पोङ भित्र राखेको अमृत जलको प्रतिक दुची अथवा छयाङफु, ग्रह दशाको प्रति रक्षा गर्न राखिएको “डला” (तरवार वा काट्ने हतियार), पञ्च बुद्ध, पञ्च तत्व र पाँच प्राकृति शक्तिको प्रतिक बोसको डण्डामा बेरिएर राखेको पञ्चरङ्गिन कपडा, दुबै तर्फ उम्रीएको बाली लोफुत राख्नु पर्द छ र विभिन्न प्रकारको रोटी, मिठाइ तथा विस्कुटहरु सजाएर राखिन्छ । ल्होछारका पाहुनालाई बसाल्ने ठाउँ र खुवाउने खानाहरु सबै तयार पारेर राखिन्छ ।

ल्होछारको पहिलो दिन गर्ने कार्यहरु ः

छो प्रशाद चढाउने र साङ सेरकिम गर्ने :

ल्होछारको दिन घरको मुख्य ब्यक्ति घरमुली सबेरै उठेर हातमुख धोए पछि धाराबाट चोखो पानी ल्याएर सर्व प्रथम भगवानलाई चडाउने । भगवानलाई पानी स–साना सात वटा भाँडा, तिङ मा हालेर चढाइन्छ र साङ सेरकिम (अशुद्धलाई चोख्याउने) पूजा गरिन्छ । नयाँ सालको खान परिकार पहिले भगवानलाई चडाउने ।

आशिर्वाद तथा शुभकामना दिने - लिने:

घरको मुली व्यक्तिले छिमार (सगुनको प्रतिक भुटेको पिठोमा घिउ र चिनी मिसाएको परिकार) र अमृत जलको प्रतिक दुची अथवा छयाङफु लाई ३ पटक आकाशतिर छर्किसकेपछि एक चम्चा हत्केलामा राखेर खाइन्छ र अलिकित सगुनको लागि दाँया कुममा छर्किन्छ । त्यसपछि घरका सबै सदस्यहरुले नयाँ वा सफा लुगा लगाएर लोसारको छिमार खाना तयार हुन्छन् । छिमार दिंदा पहिला एक चम्चा हत्केलामा खानाको लागि दिइन्छ र अलिकति सगुनको लागि केटा हो भने दाँया र केटी भए बाँया कुममा छर्किन्छ । छिमार सँगसँगै अमृत जलको प्रतिक दुची अथवा छयाङफु पनि लिइन्छ । (अकाश तिर ३ पटक छर्किनुको अर्थ कोन्छ्योग सुम (त्रि-रत्न: बुद्ध, धर्म र संघ) लाई अर्पण गरिएको हो)।

पूजा आजा सकेपछि सुख, शान्ति, निरोगिता र दीर्घायूको लागि सबै सदस्यहरुलाई परिवारको जेष्ठ व्यक्तिबाट नौनी घिउ तथा कोकोम्हेन्दोको टिका तथा खादा आशिर्वाद स्वरुप दिने र सानो साइनोकोले आफु भन्दा ठूलालाई पनि ढोग, खादा चढाई वा उपहार दिई सुख शान्तिको कामना गर्ने ।

घर परिवारका सबैले छिमार र अमृत जल लिई सकेपछि सगुनको रुपमा सेतोको प्रतिक चामलबाट बनेको डेसिल खान्छन् । डेसिल पछि खाप्से गेङ र अन्य खानाका परिकारहरु खाँदै मनोरञ्जन गर्दै रमाइलो गर्दछन् । ल्होछारको पहिलो दिन आ–आफ्नै घरमा बसिन्छ । ल्होछारको पहिलो दिन शुभ तिथि भएमा घरको अगाडि आँगनमा राखिएको पुरानो दार्ज्युलाई झिकी नयाँ दार्ज्यु ठडाइन्छ । यदि यो दिन दार्ज्यु ठडाउन शुभ दिन नपरेमा अन्य शुभ दिनहरुमा ठडाइन्छ ।

(ल्होछार मनाउने तरिका)

ल्होछार परम्परा हिमाली बौद्घ धर्मावलम्बीहरुको महत्वपूर्ण धार्मिक एवम् सांस्कृतिक पर्व हो । हिन्दु समाजमा जसरी दशैँ र तिहार मनाइन्छ त्यसरी नै हिमाली धर्मावलम्बीहरु पनि धुमधामका साथ ल्होछार मनाउने गर्दछन् । शुरु हुनुभन्दा एक महिना अघि नै घर, आँगन, बाटोघाटो, पानी–पँधेरो, चौतारी आदि सरसफाइ गरी घरहरु लिपपोत गरेर रंगरोगन समेत गर्ने गरिन्छ । त्यसपश्चात् पन्ध्र दिन अघिबाट गहुँ, जौ, मकै आदि मिसाएर समृद्घिको प्रतिक जमरा (ल्हो–फुअी) उमार्ने गरिन्छ । रोटी, खाप्से पकाउने, घरपरिवारका लागि नयाँ कपडा किन्ने, फलफूल तथा सगुन आदिको तयारी एवं व्यवस्थापन गर्नुपर्छ । ल्होछारको दुई दिन अघि अर्थात् औँशीको अघिल्लो दिन वर्षभरि घरपरिवारबाट टाढा छरिएर रहेका परिवारका सदस्यहरु एक ठाउँमा जम्मा हुने गरिनछ । त्यस दिन बेलृुका १२ प्रकारका गेडागुडी तथा खाद्य सामाग्री मिसाएर थुग्पा पकाउने र त्यसमा हाँस्यव्यङ्गात्मक तथा मनोरञ्जनात्मक प्रतिकहरु समेत बनाएर मिसाइन्छ । यसरी पकाइएको थुग्पा सबैलाई पस्कने गरिन्छ । जसको भागमा जे पर्छ उसलाई त्यही अनुरुपको फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । यसरी थुग्पा खाएर रमाइलो गरिसकेपछि बाँकी रहेको थुग्पा जसलाई थुगला भनिन्छ, त्यसलाई एउटा भाडोमा जम्मा गरेर चौबाटोमा लगेर वर्षभरिको ग्रहदशा, दुःखकष्ट, विघ्नवाधा लगायतका नकारात्मक तत्वहरु हटोस् भनेर फाल्ने गरिन्छ ।

औँशीको दिन बिहानै उठेर नुहाइ–धुवाइ गरेर घरभित्र बढारकुढार गरि सरसफाइ गर्ने, बेलुकी त्रिरत्नको पूजा गर्न बनाइएको स्थान (छ्योअीश्यम) रोटी, खाप्से लगायतका विभिन्न खाद्य तथा पेय पदार्थ मिलाउने, छेमार हाल्ने भाँडोमा बायाँतर्फ गहुँ र दायाँतर्फ घीउमा चम्पाको पिठो र चिनी आदि मिसाएर छेमार तयार गर्ने र त्यसमाथि अष्टमंगलको चित्र बनाएर राख्ने गरिन्छ । खाप्से, रोटी पञ्चामृत (छ्याङ–फुअी) सजाउने, भेडाको टाउकोको प्रतिमा राख्ने, ल्होफुअी (जमरा) सजाउने, सात ओटा कचौरमा सप्तपूजा सामाग्री तयार पारी धुप, बत्ती र खादा चढाउने कार्य गरिन्छ । भोलिपल्ट ल्होछारको दिन घरका एक जना सदस्य बिहानै उठेर नुहाइ–धुवाइ गरेर त्रिरत्नको पूजा गरी शाष्टाङ्ग दण्डवत गर्दै छेमार र छ्याङ–फुअी चढाएर सदा सर्वदा मंगल रहोस्, सुखानन्द र सुस्वास्थ्य होस्, सधैभरि सुख र शान्ति प्राप्त भइरहोस् भन्ने शुभेच्छासहित शब्द बाचन गर्दै मान्यजनहरुबाट आशिर्वाद प्रदान गर्ने र अरुले आशिर्वाद ग्रहण गर्ने गरिन्छ । त्यस दिन दिनैभरि ल्होछार अर्थात् नयाँ वर्षको शुभकामना आदानप्रदान गरेर आफ्नै घरमा मनाउने गरिन्छ ।

त्यसैगरी ल्होछारको भोलिपल्ट गाउँटोलका ठुलावडा, मान्यवरहरुसँग भेटघाट गरेर आशिर्वाद लिइन्छ । यसरी नै क्रमशः तेस्रो दिन गाउँबस्तीका सबैजना सामुहिक रुपमा एकै ठाउँमा भेला भएर स्थानीय देवी–देउता, सिमेभुमे आदिलाई साङ्गसेर्केम चढाउँदै बालीनाली सधै राम्रो होस्, कहिल्यै झै–झगडा नहोस्, प्राकृतिक विपत्ति नआओस् भन्ने कामनासहित दारछ्योअी उठाउने र लुङ्दर फहराउँदै जयजयकार गरेर मनोरञ्जन गर्दै खुशियाली साँट्ने गरिन्छ । त्यसपछि चौथो दिनदेखि नवौँ दिनसम्म पाहुनापात बोलाउने, आफन्त कहाँ जाने र भेटघाट गर्ने कार्यक्रम रहन्छ । दशौँ दिनको तिथिमा गुरु रेम्बोर्छेको तिथि पर्दछ, त्यसदिन छोक म्हार्मे र दानपूण्यको कार्य गरिन्छ । यसपछिको चारदिन फेरी आफन्तजनहरुसँग भेटघाट गर्ने कार्यले नै निरन्तरता पाउँछ।।

13/10/2021
काठमाडौ  अनि रोजगारको सिल सिलामा बिदेश बस्नु हुने  बिगु गाउँपालिका ३, बुलुङका युवाहरुबाट संकलित रकमले खरिदगरी बुलङ स्वास...
08/06/2021

काठमाडौ अनि रोजगारको सिल सिलामा बिदेश बस्नु हुने बिगु गाउँपालिका ३, बुलुङका युवाहरुबाट संकलित रकमले खरिदगरी बुलङ स्वास्थ्य चाैकीलाई हस्तान्तरण गरिउकाे अक्सिजन सहितको ३वटा बेड, पानी फिल्टर स्वस्थ्य चाैकीमा जडान गरि वडामा भयका घर परिवरलाई माक्स, साबुन,सेनिटाईजर,प्याड बितरणकाे तयारी
उक्त सहयाेग गर्नुहुने सहयाेगी मनहरुलाई बुलुङ बासीकाे तर्फबाट मुरी-मुरी धन्यवाद

दोलखा जिल्लाभित्र रहेका तपशिल बमोजिमका पालिकाहरुमा देहाय बमोजिमका संस्थामा एम्बुलेन्स रहेका छन। यदि कोहि कसैलाई एम्बुलेन...
05/05/2021

दोलखा जिल्लाभित्र रहेका तपशिल बमोजिमका पालिकाहरुमा देहाय बमोजिमका संस्थामा एम्बुलेन्स रहेका छन। यदि कोहि कसैलाई एम्बुलेन्स सेवा जुनसुकै समयमा आबश्यक परेमा सम्पर्क गरेर सेवा लिन सक्नुहुन्छ ।यदि कुनै एम्बुलेन्सले बिरामी लैजाने सेवा दिन मानेन र कुनै बहाना पारेमा तत्काल पालिका प्रमुख, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा खबर गर्नुहोला त्यस्ता एम्बुलेन्स लाई कानुनी दायरामा ल्याइ कारवाही गरिने छ।

06/08/2020

दोलखा जिल्लाको तामाकोशी जलधारमा भारी बर्षा भई तामाकोशी नदीको गंगोर, जगत, सिगटी बाढी मापन केन्द्रमा जलसतह सतर्कता पुगेको र बढ्दो रहेकाले तामाकोशीको तटिय क्षेत्र र दोलखा जिल्लाको साना नदीतटिय क्षेत्रमा भोलि विहान सम्म उच्च सतर्कता साथ सुरक्षित रहनहुन अनुरोध छ ।
-जल तथा मौसम विज्ञान विभाग

29/05/2020

सरकारले बिहिबार प्रस्तुत गरेकाे बजेटमा दोलखा जिल्लाको दुई नगरपालिका र सातवटा गाउँपालिकामा अन्तर सरकारी वित्तीय हस्तान्तरण स्थानीय तहको आर्थिक बर्ष २०७७/०७८ को विनियोजन वजेट निम्ननुसार रहेको छ।
१) जिरी नगरपालिका ३० करोड ५४ लाख
२) भिमेश्वर नगरपालिका ५६ करोड ५७ लाख
३) कालिन्चोक गाँउपालिका ३८ करोड ४० लाख
४) गौरीशंकर गाँउपालिका २९ करोड ७८ लाख
५) तामाकोशी गाँउपालिका ३२ करोड ८९ लाख
६) वैतेश्वर गाँउपालिका ३२ करोड २७ लाख
७) मेलुङ्ग गाँउपालिका ३४ करोड ४६ लाख
८) विगु गाँउपालिका २८ करोड ४५ लाख
९) शैलुङ्ग गाँउपालिका ३४ करोड ९४ लाख,

https://www.kalinchokfm.com/news/577
21/04/2020

https://www.kalinchokfm.com/news/577

लकडाउनका कारण काठमाण्डौ उपत्यकामा बसोबास गर्ने आफ्ना नागरिकलाई दोलखाको स्थानीय तहले जिल्ला फर्काइरहेको छ । जिल...

सोनाम ल्होछारला ज्याबाडान्बा
25/01/2020

सोनाम ल्होछारला ज्याबाडान्बा

07/11/2018
मुक्तीनाथमा ढुंगाबाट बनेको नेपालकै सबैभन्दा ठुलो बुद्धमुर्ती ।यस्तो छ मुर्ती ।यो बुद्धमुर्तिको टाउको पाँच फिट अग्लो छ । ...
04/11/2018

मुक्तीनाथमा ढुंगाबाट बनेको नेपालकै सबैभन्दा ठुलो बुद्धमुर्ती ।

यस्तो छ मुर्ती ।
यो बुद्धमुर्तिको टाउको पाँच फिट अग्लो छ । टाउकोको तौल करीब ५ हजार किलो छ । टाउकोमाथी डेढ फिट अग्लो मुकुट राखिएको छ । बुद्धमुर्तिको पाखुरा ९ फिट र चौडाई २८ इन्च छ ।

यो बिसाल मुर्ती मुक्तिनाथको १२ हजार ६ सय फिटमा स्थापित गरिएको छ । यो मुर्ती नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित सबैभन्दा ठुलो ढुंगाको बुद्धमुर्ती हो । संसारको सबैभन्दा ठुलो पत्थरको बुद्धमुर्ती चिनको सिचुवान प्रान्तमा छ । त्यो मुर्ती ७१ मिटर अग्लो छ ।

नेपालमा सिमेन्टका बुद्धमुर्ती यो भन्दा अग्ला छन । तर ढुंगाबाट बनाइएको बुद्धमुर्ती यो सबैभन्दा ठुलो हो । यो मुर्ती लुम्बिनीमा जन्मिएका गौतम बुद्ध भुमिस्पर्स मुद्रामा छन ।

यो मुर्ती अमेरिका निवासी ब्याबसायी सोनाम लामाको करीब ४ करोड रुपैया लगानीमा स्थापित गरिएको हो । सुरुमा २ करोड रुपैयाँमा मुर्ती स्थापनाको योजना बनाइएकोमा लागत बढेर ४ करोड पुगेको निर्माणकर्ता मुक्तिनाथमै जन्मथलो भएका सोनाम लामाले बताए ।
३५ फिट अग्लो यो बुद्धमुर्ती सन २०१३ बाट निर्माण थालिएको हो । यश मुर्तिको तौल ६० हजार किलोभन्दा धेरै छ ।

मुक्तिनाथमा प्रतिस्थापित बुद्ध मुर्ती ललितपुरको पाटनमा निर्माण गरिएको हो । मुर्तिकार धर्मराज शाक्यको डिजाइन र उनका भाई उत्तम शाक्य सहित बुद्धमुर्ती निर्माणमा अन्य २० जना कालिगढ जुटेका थिए ।

साभार:- अन्नपूर्ण पोस्ट ।

यो पोस्ट को साथमा रहेको फोटो हिजो गोन्य न्ह्य (तामांग विस्वास अनुसार गोन्य महिना को पुर्णिमा) को दिन तेमाल डाडा kaabhre ...
28/08/2018

यो पोस्ट को साथमा रहेको फोटो हिजो गोन्य न्ह्य (तामांग विस्वास अनुसार गोन्य महिना को पुर्णिमा) को दिन तेमाल डाडा kaabhre को बोम्बो जात्राको अवसरमा खिचिएको हो. हिमाली, पहाडी र केन्द्रिय एसिया महादेशमा सबै भन्दा पुरानो धर्म वा आध्यात्मिक विश्वास लाइ धामी झाक्री वा बोम्बो वा बोन्पो भनिन्छ . यो मानव सभ्यताको पुरानो परम्परा संग सबै भन्दा गहिरो सम्बन्ध तामांग को छ, किन भने अरु जाति समुदायमा धामी लाइ अरु शब्द प्रयोग हुन्छ तर तामांग मा अहिले पनि बोन, बोम्पो नै भनिन्छ र सबै भन्दा धेरै धामी झाक्री पनि तामांग जाति भित्र नै पाइन्छ.

तामांग जाति, हिन्दु - ब्राह्मण वाद अंगालेको नेपाली राज्यको विगतको रवैयामा पिल्सिएको हुदा तेस्लाई काउण्टर दिन पनि, र हिन्दु जतिकै सशक्त अर्को धर्म बुद्ध भएको र तामांग को पुर्खौली नाता र भूमि को सम्बन्धले गर्दा तिबती बुद्ध धर्म अगाली रहेको जाति पनि हो. यहाँ निर पैले पनि भनिएको एउटा अर्थपूर्ण कुरा जोड्न चाहान्छु अनुसन्धाता - लेखक एवं हाल नेपाल सरकारका वरिष्ट अधिकृत रुद्र सिंह तामांग को तामांग संस्कृति र संस्कार सम्बन्धि पुस्तकमा तामांग को संस्कृतिको तिन अभिन्न अंग - तम्ब, बोम्बो, लामा हो भनि सबै भन्दा उत्तम यथार्थ परक तर्क दिनु भएको छ. वास्तव मा तामांग संस्कृति चुलो को तिन वटा ढुंगा जस्तै - तम्बा, बोम्बो, लामा मै अडेको छ.

बुद्ध धर्मले दिने सिक्षा, दिक्षा मा बुद्ध को उपदेशलाई बढी महत्व दिनु स्वाभाविक छ, याध्हपी केहि जान्ने बुझ्ने बुद्ध दर्शन शास्त्री अध्यताहरुले - तामांग को बोम्बो परम्परालाई अन्धविस्वास र अधर्मी भएको हुदा त्याग्नु पर्छ भन्ने तर्क गरेको सुनिन्छ, देखिन्छ. आफ्नो संस्कृतिलाई अन्धविस्वास भन्नु तामांग को मामिलामा माथि उल्लेखित चुलो को तिन खम्बा मासेर भान्सा बिगार्नु जस्तै अदुरदर्शी तर्क हो. तामांग ले मान्ने न्यिन्ग्मापा बुद्ध धर्ममै कतिपय कुरा हरु बोन संग सम्भंधित हुन सक्दछन. त्यो अनुसन्धान भै हामि समक्ष आउन बाकि नै छ. तेसै ले हतार मा कुनै पनि विषय लाइ अन्ध विस्वास भनि हाल्नु हुदैन.

अन्ध विस्वास धामी झाक्री वा ढ्यांग्रो बजाउनु होइन, अन्धविस्वास भनेको आफुले आफुलाई चिन्न नसक्नु चाहि हो. कुनै पनि तामांग ले तामांग संस्कृतिको तिन महत्व पूर्ण खम्बा ताम्बा, बोम्बो र लामा मा मेरो संस्कृति अडेको छ भन्ने कुरा बुझ्न नसक्नु र बुझेर पनि बुझ पचाएर आफ्नै संस्कृति लाइ घृणा गर्नु चाहि महा अन्धविस्वास हो. तेसो हुनाले धर्म को कुरा गर्दा, पहिचानको कुरा गर्दा र तामांग को कुरा गर्दा तामांग मन, तामांग विस्वास, तामांग परम्परा र तामांग पन लाइ पहिलो प्राथमिकतामा राख्नु नभुल्नुस, सम्पूर्ण तामांग को कल्yan होस्
साभार :- Amber Bomjan

Address

Nepal
Klampis

Alerts

Be the first to know and let us send you an email when Dolakha Tamang Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dolakha Tamang Samaj:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram