17/05/2026
२४औँ दिनको रिले अनशनमा गोजमुमो अध्यक्ष बिमल गुरुङको उपस्थिति, श्रमिकका मागबारे डेपुटेशन पेश
लङभ्यू चियाबारीमा जारी श्रमिक आन्दोलनको २४औँ दिन आज गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) अध्यक्ष Bimal Gurung स्वयम् उपस्थित भई आन्दोलनरत श्रमिकहरूलाई समर्थन जनाएका छन्।
यस अवसरमा लङभ्यू चियाबारीको HPEU शाखाले अध्यक्ष गुरुङलाई डेपुटेशन बुझाउँदै श्रमिकहरूले हालसम्म पाउनुपर्ने बकाया रकम, पीएफ, ग्रेच्युटी, तलब तथा अन्य सुविधासम्बन्धी सम्पूर्ण विवरण प्रस्तुत गरेको थियो।
श्रमिक प्रतिनिधिहरूले चियाबारी व्यवस्थापन पक्षको लापरवाहीका कारण आफूहरू लामो समयदेखि आर्थिक संकटमा परेको गुनासो गर्दै, आफ्नो न्यायोचित हक र अधिकारका लागि आन्दोलन जारी राख्ने बताएका छन्।
अध्यक्ष बिमल गुरुङले श्रमिकहरूको आन्दोलनप्रति पूर्ण समर्थन रहेको जनाउँदै, उनीहरूको जायज माग पूरा नभएसम्म आफूहरू सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
लङभ्यू चियाबारीका श्रमिकहरू विगत २४ दिनदेखि रिले अनशनमार्फत आफ्ना बकाया रकम र श्रम अधिकारको माग गर्दै आन्दोलनरत छन्।