YADAV Health Care Kharbang

YADAV Health Care Kharbang स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याहरूको समाधान गरिन्छ।
फोन नं. 9843588796, 9844323259

24/03/2024

होली पर्व अर्थात फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा

17/02/2021

यौन जिज्ञासा र समाधान

सिफिलिस (Syphilis) के हो ?

सिफिलिसलाई नेपालीमा भिरिङ्गी भनिन्छ । यो यौनसम्पर्कका माध्यमबाट सर्ने भएकाले यसलाई हामी यौन रोग भन्छौं । गर्भवती महिलाबाट यो रोग शिशुमा समेत सर्छ । यो Treponema pallidum भनिने सूक्ष्म जीवका कारणले हुन्छ । कुनै बेला एक प्रमुख जनस्वास्थ्य समस्या मानिने यो रोग पेनसिलिन Penicillin जस्ता प्रतिजैविकी औषधीको विकास र प्रयोगपछि कम हुँदै गएको छ । तैपनी आजकल बैदेशिक रोज़गारको क्रममा हुने मेडिकल जाँचमा धेरैको VDRL पॉज़िटिव देखिंछ जसमा कसैले पनि उपचार गरेका हुदैनन, र यो रोग उहाँहरूको परिवार समेतलाई लागेको हुनछ।

येदी VDRL पॉज़िटिव देखिएमा यौन रोग बिशेसज्ञलाई देखौनु होला । यो रोगको औसधी केवल सुई/इंजेक्शन हो, जून डाक्टरको प्रत्यक्ष निगरानीमा छालाको सेन्सिटिविटी चेक गरेर मात्र दियिछ ।

भिरिङ्गी तीन stages मा हुन्छ ।
१. Early or primary syphilis: हुँदा नदुख्ने किसिमको घाउ देखिन्छ । प्रत्यक्ष सम्पर्कमा आएको यस्तै तीन हप्ता (१० देखि ९० दिनमा) यौनाङ्ग वा ओठमा यी घाउ देखिन्छन् । उपचार नगरेको अवस्थामा पनि यी घाउ यस्तै ६ हप्तामा हराएर जान्छन् ।
२. Secondary stage : प्रत्यक्ष सम्पर्कमा आएको ६ हप्तादेखि ६ महिनासम्ममा यसको सुरुवात हुन सक्छ र यसको अवधि यस्तै १ देखि ३ महिनासम्म हुन्छ । हत्केला वा पैतालमा तामा रंगका rashes आउँछन् । अन्य लक्षणमा मुखभित्र सेतो दाग आउने, लसिका ग्रन्थि सुन्निने, ज्वरो आउने तथा तौल घट्ने हुन सक्छ । उपचार नगरेको स्थितिमा पनि यी सबै आफंै हराएर जान्छन् । एक थरीको सिफिलिस (जसलाई latent syphilis भनिन्छ) मा भने कुनै किसिमको लक्षण देखिँदैन् ।

३. Tertiary syphilis :उपचार नगरिएको स्थितिमा सिफिलिस यो स्थितिमा पुग्छ र ह्दय, मस्तिष्क अनि स्नायुलाई असर गर्छ र गम्भीर असरहरू जस्तै पक्षाघात, बिर्सने रोग, अन्धोपन, वहिरोपन, लिङ्ग उत्तेजना नहुनेदेखि मृत्युसम्म हुन सक्छ, तर अहिले आधुनिक औषधीको युगमा विरलै मात्र त्यस्तो स्थितिमा कसैलाई पुगेको देख्न पाइन्छ ।

सिफिलिसको उपचार
तपाईले उपचार गराइसकेको कुरा गर्नुभएको छ, तर तपार्इले त्यसका बारेमा खुलाएर विस्तृत जानकारी दिनुभएको छैन । चिकित्सकले तपाईलाई VDRL test गराएका हुन सक्छन् । VDRL को पूर्ण रूप Veneral Diseases Research Laboratory हो । यो परीक्षण syphilis (भिरिङ्गी) लागेको छ कि छैन भनी छुट्टयाउन गरिन्छ । यो यौनरोग लाग्दा यसको कारक treponema को संक्रमणले शरीरमा बन्ने प्रतिजैविकी (antibodies) मात्रा हेरी रोग छ कि छैन भनी छुट्टयाइन्छ । तपाईंको उपचार गर्नुहुने चिकित्सकले पक्कै पनि तपाईंको यौन इतिहासका सम्बन्धमा विस्तृत जानकारी लिनुभयो होला र तपाईंले पनि स्पष्ट रूपमा बताउनु नै भयो होला भन्ने आशा गर्छु । VDRL परीक्षणले संक्रमणको सक्रियतालाई देखाउँछ । उपचारपछि बिस्तारै यी सामान्य अवस्थामा आउँछन् । पेनसिलिन भिरिङ्गीको उपचारका लागि सबैभन्दा राम्रो औषधी मानिन्छ । तपाईंले उपचारका क्रममा कुन औषधी खानुभयो, जानकारी दिनुभएको छैन ।

बल्झिने कुरा
माथि यो रोगका विभिन्न चरणका कुरा गर्दा सुरुका चरण तथा secondary stage को बेला कुनै उपचार नगरे पनि यी लक्षणहरू हराएर जान्छन् तर यो शरीरमा बढ्दै जान्छ । त्यसैले पनि यो बल्झिन्छ भनिएको हुनुपर्छ । अर्कातिर तपाईंलाई थाहै छ, यो यौन रोग हो । यौनसम्पर्क वा अन्तरङ्ग यौन क्रियाकलापलाई निरन्तरता दिँदा तपाईंले आफूले उपचार गराए पनि तपाईंको यौनसाथीबाट फेरि तपाईंमा सर्न सक्छ । यदि तपाईंको यौनसाथीले उपचार गर्दा तपाईंमा यो रोग रहेछ भने फेरि उहाँलाई सर्छ र तपाईंले फेरि उपचार गरे पनि तपाईंको यौनसाथीबाट फेरि तपाईंमा सर्न सक्छ । त्यसैले पनि पुन: संक्रमणका कारणले रोग फेरि देखिने भएर होला, यसलाई बल्झिने भनिएको हुनुपर्छ । अर्कातिर कतिपय स्थितिमा पूर्ण उपचार नहुँदा पनि यस्तो समस्या सिर्जना हुनसक्छ । त्यसैले तपाईं र तपाईंका यौन साथी दुवैले एकैपल्ट पूर्ण तथा सही औषधी प्रयोग गरी उपचार गराउनुपर्छ ।

दाम्पत्य जीवनमा असर ?
तपाईलाई यसरी यौनरोग लागेको तपाईकी श्रीमतीलाई थाहा भए त्यसको एक किसिमको असर पर्छ । यसको मात्रा भने तपाईंकी श्रीमती यौनको मामिलामा कत्तिको खुला सोच राख्नुहुन्छ भन्ने कुरामा भर पर्छ ।

दाम्पत्य जीवनमा असर पार्ने अर्को महत्वपूर्ण पक्ष स्वस्थ सन्तान जन्माउने कुरासँग सम्बन्धित हुन्छ । तपाईंले सुन्नुभएजस्तै कतिपय यौनरोगले प्रजनन प्रणालीसम्बन्धी समस्या पैदा गर्छ । उपचार नै नगरिएको वा राम्रोसँग निको पार्न नसकिएका यौनरोगले प्रजनन अङ्गमा हानि पुर्‍याउन सक्छ । त्यसैगरी भिरिङ्गीले असर गर्छ । तपाईंमा यदि भिरिङ्गीको संक्रमण छ भने तपाईंकी श्रीमतीमा सर्न सक्छ ।

गर्भवती महिलामा संक्रमणको अवधिअनुसार गर्भमा भएको शिशुलाई विभिन्न किसिमको असर पर्न सक्छ । गर्भमा भएको शिशु जन्मनुअघि मर्न सक्छ र मृत शिशु जन्मन सक्छ वा जन्मिएको केही समयमा मर्न सक्छ । यसरी शिशुको मृत्यु नभए पनि संक्रमण शिशुमा सर्न सक्छ र सुरुमा नदेखिए पनि केही समय पछि लक्षणहरू देखिन सक्छन् । कलेजो, फियो, मस्तिष्क, फोक्सो वा छालामा यसको संक्रमण हुन सक्छ । उपचार नगरिएको स्थितिमा नाक घोडाको काठी जस्तो विकृत हुनेलगायतका असर देखिन्छन् । कतिपय स्थितिमा त मृत्युसम्म हुन्छ ।

14/01/2021
छाला सम्बन्धि कुनै पनि नंया तथा पुरानो रोगको उपचार गर्नु को साथै १ डन्डिफोर तथा त्यसका दागहरु हटाउने२ कोठी मुसा आदी हटाउ...
09/01/2021

छाला सम्बन्धि कुनै पनि नंया तथा पुरानो रोगको उपचार गर्नु को साथै
१ डन्डिफोर तथा त्यसका दागहरु हटाउने
२ कोठी मुसा आदी हटाउने
३ चाउरिपना
४ मख्खिया
५ छाला सुख्खा
६ टक्सिन पिल ट्रिटमेन्ट
७ चिलाउने
८ छाला संबन्धी अन्य रोगहरु

छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको समाधान गरिन्छ।
फोन नं. 9843588796, 9817808484
सम्पर्क ठेगाना : Yadav health care kharbang bajar🙏
तल्लो खर्बाङ बजार दोरिया जाने बाटो मा

"लुतो" (scabies) भन्ने रोग सुने पछि  सबैजना प्राय नाक खुम्च्याउने र नपत्याउने गर्छन। "मलाई त यस्तो रोग लाग्नै सक्दैन" भन...
24/11/2020

"लुतो" (scabies) भन्ने रोग सुने पछि सबैजना प्राय नाक खुम्च्याउने र नपत्याउने गर्छन। "मलाई त यस्तो रोग लाग्नै सक्दैन" भन्ने पहिलो प्रतिक्रिया हुन्छ, त्यसैले डाक्टरले दिएको उपचारको सल्लाह पनि नमान्ने चलन छ। तल यो रोगसंग सम्बन्धित केही तथ्यहरु दिइएका छन्।

१. लुतो रोग लाग्दा शरिरमा विषेश गरि राति चिलाउने गर्छ।
२. शरिरमा छाला पातलो हुने भागहरु जस्तै औंलाको काप, काखि, पेट, तिघ्राहरु चिलाउँछ। साना बच्चाहरुलाई हत्केला, पैंतला देखि पुरै शरिरमा चिलाउने घाउ आउन सक्छ।
३. पुरुषहरुमा लिङ्ग र अण्डकोषको छालामा चिलाउने फोका/गाँठो आउन सक्छ जुन वर्षौं सम्म रहन सक्छ।
४. यो समस्या शारिरिक सम्पर्क वा असुरक्षित यौन सम्पर्क (prostitution) बाट पनि सरेको देखिन्छ।
५. शरिरको सिधा सम्पर्क (direct physical contact) बाहेक लगाएको लुगा वा अन्य कपडाहरु जस्तै रुमाल, तन्ना, सिरक र बस्ने सोफा/कुर्सी (कपडाबाट बनेको) बाट पनि सर्न सक्छ।

६.यो रोग सरुवा हुन्छ र रोगीसंग बस्ने नजिकका मान्छेलाई निकै सजिलोसंग र छोटो समयमै सर्न सक्छ। घरमा आएको पाहुना, नजिकैको छिमेकि, एउटै क्लासका विद्यार्थी, संगै काम गर्ने साथी वा कुनै अपरिचित मान्छे जस्लाई लुतो रोग छ त्यस्तो मान्छेबाट यो रोग थाहै नपाई सर्न सक्छ।
७. सबैभन्दा डरलाग्दो तथ्य: किटाणु शरिरमा आएको एक/डेढ महिना सम्म मान्छेलाई नचिलाउन सक्छ, जस्ले गर्दा यो समयमा रोग अनियन्त्रत भएर फैलिने गर्छ।

लुतो रोगको उपचार विधि धेरै गार्हो छैन तर उपचार झन्झटिलो हुन सक्छ। समयमै रोग लागेको थाह नहुनु, अलिअलि चिलाउँदा रोगको गम्भीरतामा ध्यान नपुग्नु र रोग लागेपनि समाजमा खुलेर बोल्न नसक्नु आदि कारणले उपचारमा ढिलाइ हुने गरेको छ।

कूनै पनि मलम / पिच प्रयोग गर्दा डाक्टर संग परामर्स गरेर मात्र लगाऊँनूहोला । यसले  रोग बलझिने र उपचार खर्च पनि महँगो हुन्...
22/11/2020

कूनै पनि मलम / पिच प्रयोग गर्दा डाक्टर संग परामर्स गरेर मात्र लगाऊँनूहोला । यसले रोग बलझिने र उपचार खर्च पनि महँगो हुन्न सक्छ ।
तस्वीर को पिचहरु :
आज आउनु भएको एक बिरामीले दिनायु / Fungal infection को लागी विभिन्न पसल / फ़ॉर्मसीबाट १ बर्ष देखी प्रयोग गरिराखनुभएको औसधीहरू । तर ठिक हुनु को सातो झन पहिला भन्दा धेरै दिनायु ।

 #दादरोग_जनचेतना यहाँ देखिएका  मलमहरु  दादरोगको औषधि होइनन्। लगाउन्जेल राम्रो हुने तर हरेक पल्ट झन धेरै र नयाँ ठाउँमा बल...
21/11/2020

#दादरोग_जनचेतना

यहाँ देखिएका मलमहरु दादरोगको औषधि होइनन्।

लगाउन्जेल राम्रो हुने तर हरेक पल्ट झन धेरै र नयाँ ठाउँमा बल्झिने समस्या देखापर्नुको कारण यस्तै खालका मलमले गर्दा हुन्छ। बजारमा यस्ता औषधि फरक फरक नामबाट थुप्रै किसिमका पाइन्छन्। हामी कहाँ आएको बिरामी ले यो सब मलमहरु प्रयोग गरि आउनु भएकोे थियो।

मलममा कम्तिमा पनि ३-४ वटा फरक रोगका औषधिहरु मिलाएर बनाइएका यस्ता औषधिले दादरोगका किटाणुलाई झनै बलियो बनाउने र लामो समयसम्म सन्चो नहुने अवस्था ल्याउँछ। यसबाट टाढै बसौं।

🙏🙏

13/11/2020

नेपालीहरूको महान चाड , दिपावली र छठको
पावन अवसरमा सम्पुर्ण आमा बुबा, दाजुभाइ, दिदिबहिनी,
इष्ट मित्र लगायत समस्त बडिगाड बासीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।🙏
Yadav Health Care kharbang 🙏🙏

09/11/2020

👨‍⚕️चिसो मौसममा कसरी राख्ने स्वास्थ्यको ख्याल ?👨‍⚕️

तराई ,पहाड र हिमाली मौसमी तापमान घट्दैछ । चिसो बढिरहेको छ । यसरी वातावरण चिसो भएपछि त्यो सँग हाम्रो शरीरको तापमान मिल्दैन अनि हाम्रो शरीरले त्यस विरुद्ध लड्न खोज्छ ।

यही क्रममा वायुमण्डलमा हुने विभिन्न रोगको संक्रमणले समेत हाम्रो स्वास्थ्यमा असर पार्न थाल्छ । जसका कारण मौसममा भएको बद्लावसँगै हाम्रो रोग प्रतिरोधात्मक क्षमता घटेर जान्छ । हामीलाई रोग गाँज्न थाल्छ ।

जाडोमा के कस्ता समस्या हुन्छ ?

विशेषगरी गर्मी सकिएर जाडो सुरु भएसँगै हाम्रो स्वास्थ्यमा विभिन्न खाले समस्याहरु देखापर्छ । यसबेला भाइरल ज्वरो, रुघाखोकी, छातीको समस्या, दम, आज्मा, झाडापखाला, जण्डिस, टाउको दुख्ने लगायतका समस्या देखिने गर्छ ।

👉️👉️विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा यस्ता समस्या बढी देखिने गर्छ ।👇️👇️👇️

# यो समयमा आफ्नो स्वास्थ्य प्रति विशेष सजगता अपनाउन जरुरी छ । त्यसको लागि स्वस्थकर खानेकुरा, भरपूर आराम नै सबैभन्दा उत्तम उपाय हो ।

# शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुदाँ हामीलाई विभिन्न खाल रोग लाग्ने गर्छ । शरीरमा रोग लाग्न नदिन गहिरो निद्रा ज्यादै आवश्यक छ । जब शरीरमा निद्रामा कमी हुन्छ, त्यतिबेला शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ र हामीलाई विभिन्न रोगले समात्ने गर्छ ।

# नियमित व्यायामले शरीरमा स्फूर्ती पैदा हुनुका साथै तनाव कम गर्न मद्दत गर्छ ।

# विहानको समयमा सुर्यको किरणमा केहीबेर बसेर वा भिटामिन डी युक्त खानेकुराको सेवनद्धारा शरीरमा हुने भिटामिन डीको कमीलाई पूरा गर्न सकिन्छ र शरीरलाई स्वस्थ बनाउन सकिन्छ ।

# बद्लिदो मौसमसँगै यस समय विभिन्न खाल्को रोगहरुको संक्रमण बढ्ने खतरा बढी हुन्छ । । भाीडभाडमा जाँदा मास्कको प्रयोग गर्नाले शरीरलाई विभिन्न संक्रमणबाट जोगाउन सकिन्छ ।

# शरीरमा रोग निम्त्याउने अर्को तत्व भनेको तनाव हो । तनावले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ । तनाव कम गर्न व्यायाम राम्रो माध्यम हो ।

# शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने अर्को माध्यम भनेको भिटामिन डी हो । शरीरको लागि निकै महत्वपूर्ण मानिएको भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाँउछ ।

# शरीरमा आवश्यकता अनुसार न्यायो कपडा पहिरिएर पनि शरीरलाई विभिन्न रोगहरु लाग्नबट बचाउन सकिन्छ ।

# दैनिक ८ देखि १० कम मनतातो पानीको सेवनले पनि शरीरमा विभिन्न रोगको संक्रमण हुन पाउँदैन

तिहार,र छठको शुभ अवसरमा हार्दिक शुभकामना छ। 🙏🙏🙏🎊🎊

👉️👉️यस महामारीको बखत, सुरक्षित हुनुहोस् र आफ्नो परिवारलाई पनि सुरक्षित राख्नुहोस्। चाडपर्व पटक-पटक आउँदछ तर हाम्रो जीवनमा एक पटक मात्रै हो ।🙏🙏

Address

Baglung

Telephone

+9779843588796

Website

Alerts

Be the first to know and let us send you an email when YADAV Health Care Kharbang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share