04/11/2025
भयानक बन्दैछ, भिटामिन डीको कमी
भिटामीन 'डी' चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो। यो भिटामिन प्राकृतिक रुपमा धेरै कमखानेकुराहरुमामात्रपाईन्छ । क्यालसियम र फस्फोरस जस्ता महत्वपूर्ण खनिजतत्वहरुको उपपाचनका लागि आवश्यक यो भिटामिनको अभाव अहिले आम रुपमै देखिनथालेको छ ।
आन्तरिक रुपमा शरीर भित्रै पनि बन्न सक्ने हुनाले धेरै वैज्ञानिकहरू यसलाई भिटामिन नमानेर हर्मोन पनि मान्दछन् । श्रोत
प्राकृतिक रुपमा धेरै कमखानेकुरामा भिटामिन डी पाईन्छ ।
विशेषत समुन्द्रि माछा (ट्युना, सालमोन, म्याकारोलको कलेजोमा भिटामिन पाईन्छ । थोरै मात्रामा अन्य जानवरको कलेजो, पनिर, अण्डाको पहेलो भाग र दुधमा पनि भिटामिन डी पाइन्छ । केही च्याउहरुमा पनि थोरै मात्रामा भिटामीन डी मिल्न सक्छ । प्राकृतिक रुपमा धेरै कम तत्वहरुमा भिटामिन डी पाईने भएकाले आजकल दुध, मख्खन, पनिर र तैयारी खानेकुराहरूमापनि भिटामिन डी
मिसाउन थालिएको छ ।
१) भिटामिन डी ले आन्द्रामा क्याल्सियम र फस्फोरसको
भिटामिन डी को कामहरु
अवशोषणलाई मद्दत पु¥याउँदछ ।
२) क्याल्सियम र फष्फोरस जस्ता तत्वहरुलाई हड्डीमा पुर्याएर अस्थि घनत्वलाई बरकरार राख्नपनि भिटामिन डी को आवश्यकता पर्दछ ।
३) मृगौलामा मुत्रको रुपमा खेर गईरहेको क्याल्सियमलाई पुनःअवशोषण गरि क्याल्सियम नष्ट हुनदिदैन ।
४) भिटामिन डी ले हड्डी मांशपेशी र लिगामेन्टहरुलाई मजबुद बनाउँदछ ।
५) नशा र मांशपेशीको कार्यलाई सुचारु बनाउँदछ ।
६) शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत पार्दछ ।
७) घाउ खटिरा चोटपटक र संक्रामक रोगहरु चाडै निको पार्न मद्दत पु¥याउँदछ ।
८) मुटु, मृगौला, कलेजो, फोक्सो जस्ता कोमल अड्डहरुको
रोगहरुको गम्भिरतालाई घटाएर रोगलाई नियन्त्रण गर्न मद्दत पु¥याउँदछ ।
९) क्यान्सरप्रतिकार गर्न मद्दत पु¥याउँदछ
१०) डर चिन्तातनाव र उदासिनताको समस्याकमगर्न सहयोग गर्दछ
कमी भए के के हुन्छ
भिटामिन डी को कमीले बच्चाहरुमा रिकेट्स र वयस्कहरुमा अष्टियोमलासिया नामक रोगहरु लाग्दछ। यि रोग लागेकाहरुको आन्द्राले पर्याप्त क्याल्सियम अवशोषित गर्न सक्दैन। फलतः रगतमा क्याल्सियम र फस्फोरसको स्तर यथावत राख्न शरीरले हड्डी र कार्टिलेजहरुमा संकलित क्याल्सियम र फस्फोरस निकालेर रक्त स्रत कायम राख्दछ। भिटामिन डी को कमि भए पिसाबमा खेर गईरहेका क्याल्सियम र फस्फोरसलाई पनि पुनअवशोषण गरेर
फर्काउन नसक्दा पिसाबमा यि तत्वहरुको उत्सर्जन देख्न सकिन्छ । यि सबै घटनाहरु घट्दा मुख्यतः निम्नलिखित लक्षणहरु देख्न सकिन्छ :
१) हड्डीको अस्थि घनत्व घट्ने ।
२) हड्डी कमजोर भईभाच्चिने चर्किन र बाडिने ।
३) जोर्नीहरु दुख्ने, चलाउदा कटकट आवाजआउने
४) ढाड, कम्मर, गर्दन दुख्ने, पिडुला, तिघ्रा दुख्ने
५) कपाल झर्ने, नड्ड भाचिने ।
६) जिउ पोल्ने, मासंपेशी बाउडिने ।
७) घाउ खटिरा र संक्रमण भइरहने ।
८) थाकेको महसुस हुने, सिशिलता बढ्ने ।
९) बेचैनी बढ्ने-भावनात्मक विचलन भइरहने ।
१०) महिनावारी गडवड भइरहने ।
११) बाँझोपन र नपुंशता जस्ता समस्या देखापर्ने
१२) हर्मोनमा असन्तुलन
१३) थकान ।
१४) मांशपेशी एवं हड्डीमा दिर्घकालिन पीडा ।
१५) तौल बढ्ने ।
१६) मांशपेशीहरु बाउडिने।
१७) जोर्नी दुख्ने
१८) निन्द्रा कचमिच रहने ।
१९) मानसिक तनाव ।
२०) स्मृतिनास ।
२१) टाउको दुख्ने ।
२२) रक्तचाप बढ्ने ।
२३) नरमाइलो लागि रहने ।
२४) एकाग्र, ध्यानात्मक र लयात्मक हुन नसक्ने ।
२६) घोर निरासा ।
२७) बेचैनी ।
२५) इच्छाशक्तिमा कमि ।
कम हुने कारणहरु
१) खानामा भिटामिन डी युक्त खानेकराहरुको कमि ।
२) घाममा एक्सपोज हुन नसक्ने जीवनशैली ।
३) सूर्यको किरण प्रतिराधि निवास स्थान, भेषभुषा र मौसम।
४) धेरै कालो छालाः छालामा भएको मेलालिनपिगमेण्टले सूर्यको अल्ट्रामाइलेटलाई प्रतिरोध गरि भिटामिन बन्न दिदैन ।
५) पाचन प्रणाली कलेजो एवं मृगौला सम्बन्धि रोगहरु । ६) मोटोपन ।
७) तनाव चिन्ता भय उदासिनता अनिन्द्रा र अन्य मनोवैज्ञानिक समस्याहरु ।
८) क्रोन्स डीजिज, सिस्टिक फाइब्रोसिस, सिलियाक रोग जस्ता रोगः जस्ले भिटामिन डी का अवेशेषणलाई प्रभावित गर्छ ।
बढी भए के हुन्छ
शरीरमा चाहिने भन्दा बढी भिटामिन डी भए पनि नशा र
मांशपेशीले संगठित रुपमा कार्य गर्न नसक्ने मांशपेशीको टोन
कम हुने, वेचैनी बढ्ने, कोमल तन्तुहरुमा क्याल्सियम जम्मा हुने,
मृगौलामा पत्थरी पलाउने मृगौला फेल हुने र हड्डी र कलेजहरु
असाधरण रुपले बढ्ने जस्ता समस्या देखा पर्दछ । कमी भएको कसरी थाहा पाउने
भिटामिन डी को रक्तस्तर ठीक छ छैन भनेर भिटामिन डी २५ हाइड्रोक्सी-कोलेक्यल्सिफेरोलको रक्त-स्तर जाँच्नु पर्ने हुन्छ ।
केहि खानेकुरामा भिटामिन डी पाइन्छ
१) बोसो भएको माछा माछाको तेल
२) कलेजो
३) अण्डाको पहेंलो भाग
४) पनिर, चिज, नौनी, दुध
५) मर्जारिन
६) भिटामिन डी मिसाइएको खानेकुराहरु