29/05/2026
✅️Seva Foundation को सहयोगमा रेयुकाई एइको मासुनागा आँखा अस्पतालद्वारा जेठ ११ गते Bhaleswor Secondary School तथा जेठ १३ गते Azad Secondary School मा विद्यालय आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरमा कुल ८६५ जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा ६८ जना विद्यार्थीलाई थप परीक्षण तथा उपचारका लागि अस्पतालमा रेफर गरिएको थियो जसमध्ये दृष्टिदोष भएका ३६ जना विद्यार्थीलाई अस्पतालमा आँखा परीक्षण पश्चात् निःशुल्क चस्मा उपलब्ध गराइएको छ। साथै विद्यार्थीहरूलाई स्टेशनरी सामग्री समेत प्रदान गरिएको छ।
👩🎓विद्यार्थीहरूको स्वस्थ दृष्टि र उज्ज्वल भविष्यका लागि अस्पतालले निरन्तर सेवा प्रदान गर्दै आएको छ।