09/10/2025
नेपाल नेत्रज्योति संघ बर्दिया शाखाको आयोजनामा बिश्व दृष्टि दिवस २०८२ को अवसरमा Love Your Eyes भन्ने मुल नाराका साथ बर्दिया आँखा अस्पताल द्वारा ईलाका प्रहरी कार्यालय ढोढरी, मधुवन-४ बर्दियामा प्रहरीहरूको नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ बर्दियाका सभापति कमान सिह वलीको अध्यक्षता र मधुवन नपा वडा नं.-४ का वडा अध्यक्ष वलीराम चौधरीको प्रमुख आतिथ्यतामा तथा प्रहरी निरिक्षक महेन्द्र सेनको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा ईलाका प्रहरी तथा ट्राफिक प्रहरीका ३९ जना सिनियर, जुनियर प्रहरीहरूको आँखा चेक जाँच गरि औषधी र रिडिङ ग्लास बितरण गरिएको हो । सो कार्यक्रममा नेपाल नेत्रज्योति संघका सभापति तथा सो कार्यक्रमका सभा अध्यक्ष कमान सिह वली तथा नेपाल नेत्रज्योति संघ बर्दिया शाखाका सचिब अम्बर बहादुर के.सीले बिश्व दृष्टि दिवस २०८२ को शुभकामना ब्यक्त गर्नु भएको थियो । ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेन्द्र सेनले शुभकामना सहित हार्दिक आभार ब्यक्त गर्नुभएको थियो ।बर्दिया आँखा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रिमा शाहले बिश्व दृष्टि दिवसको ओैचित्य र कार्यक्रमको बारेमा प्रकास पार्नुभएको थियो भने सो कार्यक्रमको ब्यबस्थापन बर्दिया आँखा अस्पतालका प्रशासकिय अधिकृत भरत प्रसाद सापकोटाले गर्नुभएको थियो । सो कार्यक्रममा बर्दिया आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रिमा शाहको प्राबिधिक टोलिले सेवा प्रदान गरेको थियो ।