18/09/2025
📢🌵: पायल्स, फिसर र फिस्टुलाबाट बच्नको लागि के-के खाने के-के नखाने जानौँ :
📢❌पायल्स, फिसर र फिस्टुलाको बिरामी ले के नखाने ?
पायल्स भएकाले कब्जियत हुने खालका खानेकुरा खानुहुँदैन । यसमा मैदाजन्य परिकार, माछा, मासु, अण्डा, तारेको, भुटेको, मसालेदार खाना, अदुवा, मरीच, खुर्सानी, रक्सी, चुरोट खानु हुँदैन ।
मासु वा प्रशोधित मासुमा फाइबर (रेशा) कम हुने भएकाले पाचन प्रक्रियामा समस्या हुन पुग्छ र कब्जियतको समस्या सुरु हुन्छ । त्यसैले पायल्सको समस्या भएका व्यक्तिहरूको मासुको सेवन कम गर्नुपर्छ ।
भुटेको, तारेको खाना खाँदा पाचन प्रक्रियामा समस्या हुन्छ । यस्ता खाना खाँदा पच्न गाह्रो हुन्छ । त्यसले यस्ता खाना पनि नखानु नै उचित हुन्छ । मादक पदार्थको सेवनले दिसा झन् साह्रो हुने भएकाले दिसा गर्ने समयमा दुखाई झन् बढ्छ ।
अत्यधिक मसलेदार, अमिलो, पिरो खाने कुरा खानुहुँदैन । किनकि यस्ता खानेकुराले बिरामीको दुखाइ र जलन हुने समस्या बढ्छ ।
त्यसै गरी चिया, दही, कफी, कोल्ड ड्रिङ्क, पाउडरजन्य खानेकुराले पनि गर्मी गराउने भएकाले कब्जियतको समस्या ल्याउन सक्छ ।
📢✅. पायल्स, फिसर र फिस्टुलाका बिरामीले के खाने ?
१). सम्पूर्ण अन्न :अन्नमा प्रशस्त फाइबर पाइन्छ । यसले पाचन प्रणालीलाई राम्रोसँग काम गर्न मद्दत गर्छ र पेटलाई सजिलै सफा गर्छ । त्यसैले पायल्स भएमा ओट्स, ब्राउन राइस र होल गहुँ आदिलाई आहारमा समावेश गर्नुहोस् । दालको सेवन पनि फाइदाजनक हुन्छ ।
२). फलफूल : प्रशस्त मात्रामा फलफूलको सेवन गर्नुहोस्- फलफूलमा केरा, स्याउ, अङ्गुर, तरबूज, नाशपाती, जामुन र सुन्तला आदि समावेश गर्नुहोस् । भिटामिन बाहेक यसमा फाइबर पनि हुन्छ जुन पायल्समा फाइदाजनक हुन्छ ।
३). हरियो सागसब्जी : हरियो सागपातको सेवनले पायल्सको समस्याबाट राहत मिल्छ । यसमा धेरै प्रकारका एन्टिअक्सिडेन्ट, भिटामिन र लवण हुन्छन् जसले पायल्सको लक्षणलाई कम गर्न मद्दत गर्छ । यसका लागि पालक, बन्दागोभी र ब्रोकाउली आदिको सेवन गर्नुपर्छ ।
४). प्रशस्त मात्रामा पानी पिउने : पेटको अधिकांश समस्याको उपचार पानी हो । यदि पायल्सबाट पीडित हुनुहुन्छ भने पर्याप्त मात्रामा पानी पिउनुपर्छ । यसो गर्नाले पाचन प्रणाली राम्रोसँग काम गर्छ, कब्जियत हुँदैन र पेट सफा गर्न सजिलो हुन्छ ।
५). सलाद : मूला, गाँजर, काँक्रोमा राम्रो मात्रामा फाइबर हुन्छ । जसले खाना पचाउन र कब्जियतको समस्याबाट राहत प्रदान गर्न मद्दत गर्दछ । साथै यसमा पानीको मात्रा पनि हुन्छ ।
६). भेडेखुर्सानीः भेडेखुर्सानीमा पानी र फाइबरको अनौठो संयोजन हुन्छ । यसले पेट सफा गर्न र पायल्सको समस्यालाई हटाउन मद्दत गर्छ । त्यसैले पायल्सको समस्या भएका व्यक्तिले खानामा भेडेखुर्सानी पनि समावेस गर्नु राम्रो हुन्छ ।
📛🩺निःशुल्क अनलाइन परामर्श उपचार र स्वास्थ्य सम्बन्धी जानकारीको लागि 👩🏻⚕️:
⛳स्थान : निरोज्ञम आयुर्वेद 🇳🇵
गोपीकृष्ण चोक, चावहिल,काठमाडौं
☎️०१-४५९७५५५ (01-4597555)
📱९८४९७८१५८८ (9849781588)
📧 nirogyamlife@gmail.com
📥IMO , VIBER , WHATS APP🏪🏥
+9779849781588(+९७७९८४९७८१५८८)
📛🩺 #निःशुल्क_अनलाइन_परामर्श_तथा_स्वास्थ्य_सम्बन्धी_जानकारीको_र_उपचारको_लागि 👩🏻⚕️:
⛳स्थान : निरोज्ञम आयुर्वेद 🇳🇵
गोपीकृष्ण चोक, चावहिल,काठमाडौं
☎️०१-४५९७५५५ (01-4597555)
📱९८४९७८१५८८ (9849781588)
📧 nirogyamlife@gmail.com
📥IMO , VIBER , WHATS APP🏪🏥
+9779849781588(+९७७९८४९७८१५८८)