28/12/2025
मिति २०८२/०९/११ गते यस अस्पतालका नि. प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. हेमन्त बाँस्तोला ज्यूको अध्यक्षता साथै जिल्ला समन्वय समिति, म्याग्दीका उप-प्रमुख डिल कुमारी खत्री ज्यू, बेनी नगरपालिकाका नगर प्रमुख श्री सुरत के.सी ज्यू, पुर्व अध्यक्ष ज्ञानेन्द्र सुवेदी ज्यू, पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण गौतम ज्यू, पत्रकार ज्यूहरुको आथित्यता र अस्पतालमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी/ कर्मचारीहरुको उपस्थितिमा यस प्रदेश अस्पताल,बेनी,म्याग्दीको अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त हुनुभएका श्री डेक बहादुर बाँनिया ज्यूको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न गरियो ।