10/05/2026
#सामजिक_परिक्षण ( )
२०८३ बैशाख २७ गते प्रदेश अस्पताल बेनी, म्याग्दी द्वारा आयोजित तथा मिलन म्याग्दी को प्राविधिक सहयोगमा, अस्पताल व्यवस्थापन सञ्चालन समितिका अध्यक्ष श्री डेक बहादुर बानियाँज्यूको अध्यक्षतामा आ.व. २०८२/०८३ को सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुतीकरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रममा देहाय बमोजिमको उपस्थिति रहेको थियोः
-प्रमुख अतिथि : डिल कुमारी खत्री, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख
-विशेष अतिथि : सुरत के.सी., बेनी नगरपालिका नगर प्रमुख
-अस्पताल व्यवस्थापन सञ्चालन समितिका सदस्यहरू :
*दिलमाया बिटालु क्षेत्री
*लक्ष्मी कुमारी के.सी. कार्की
-उद्योग वाणिज्य संघ का प्रमुख : सुबिन श्रेष्ठ
-अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट : डा. हेमन्त बाँस्तोला
-सञ्चारकर्मी पत्रकारज्यूहरू
-विद्यालयका प्रमुख तथा शिक्षकहरू
-महिला स्वयंसेविका दिदी
-मिलन म्याग्दी परिवार
-अस्पताल परिवार तथा अन्य सहभागीहरु
कार्यक्रममा सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुतीकरणका साथै सहभागीहरूबाट अस्पतालले प्रदान गर्दै आएको सेवासम्बन्धी सुझाव, प्रतिक्रिया तथा जिज्ञासाहरू राखिएका थिए । प्राप्त सुझाव तथा प्रतिक्रियालाई सकारात्मक रूपमा ग्रहण गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय तथा सेवामैत्री बनाउन आवश्यक सुधारका पक्षहरूमा जनप्रतिनिधिहरू, अस्पताल व्यवस्थापन सञ्चालन समिति तथा अस्पताल परिवारले प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा सक्रिय सहभागिता तथा महत्वपूर्ण सुझावका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं । !!🙏💐