Dr. Subash Basnet, Pediatrician-डा. सुवास वस्नेत, बालराेग विशेषज्ञ

  • Home
  • Nepal
  • Bhadrapur
  • Dr. Subash Basnet, Pediatrician-डा. सुवास वस्नेत, बालराेग विशेषज्ञ

Dr. Subash Basnet, Pediatrician-डा. सुवास वस्नेत, बालराेग विशेषज्ञ Uplift Child health and services

World prematurity day
17/11/2025

World prematurity day

भिटामिन ‘ए‘ क्याप्सुल र जुकाको औषधी खुवाउने सम्बन्धी जरुरी सूचनाराष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत कात्तिक २० र २१ गते ६ ...
07/11/2025

भिटामिन ‘ए‘ क्याप्सुल र जुकाको औषधी खुवाउने सम्बन्धी जरुरी सूचना

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत कात्तिक २० र २१ गते ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाऔ ।

जाडो आए सँगै इन्फ्लुएन्जा (फ्लू) बाट सुरक्षित रहौं Let's be safe from influenza (flu) as winter approachesइन्फ्लुएन्जा (...
06/11/2025

जाडो आए सँगै इन्फ्लुएन्जा (फ्लू) बाट सुरक्षित रहौं
Let's be safe from influenza (flu) as winter approaches
इन्फ्लुएन्जा (फ्लू)बाट सुरक्षित रहौँ
इन्फ्लुएन्जा (फ्लू) भनेको के हो ?
इन्फ्लुएन्जालाई बोलीचालीको भाषामा (फ्लू) भनिन्छ। यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो । यो भाइरसले सबै उमेरका व्यक्तिहरुलाई फ्लू लाग्न सक्छ ।
फ्लू कसरी सर्छ ?
फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ। ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन्। भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ।
फ्लूका लक्षण के हुन्?
• ज्वरो आउनु
• टाउको दुख्नु
• जिउ र मांसपेशी दुख्नु
• खोकी लाग्नु र घाँटी दुख्नु
• नाक बन्द हुनु वा सिँगान बग्नु
• थकान महसुस हुनु
(फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ ।)
फ्लू रोकथाम कसरी गर्ने ?
• बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने
• सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने
• खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने
• बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
• शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने
• आफ्नो आँखा, नाक वा मुख नछुने
फ्लू भएका अधिकांश व्यक्तिहरुलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरु आवश्यक पर्दैन। दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा रहनुहोला ।

#फ्लू

अब tiktok मा हेर्न सक्नुहुन्छ ।
05/09/2025

अब tiktok मा हेर्न सक्नुहुन्छ ।

1446 Followers, 15 Following, 15.7k Likes - Watch awesome short videos created by Dr.Subash Basnet,Paediatrician

गर्मी तथा वर्षायामसंगै  🌧️ फैलने झाडा पखाला तथा हैजा जस्ता पानीजन्य रोगहरुबाट बच्न बासी सडेगलेका झिंगा भन्केका खानेकुरा ...
31/08/2025

गर्मी तथा वर्षायामसंगै 🌧️ फैलने झाडा पखाला तथा हैजा जस्ता पानीजन्य रोगहरुबाट बच्न बासी सडेगलेका झिंगा भन्केका खानेकुरा नखाऔं ।
👉️काँचै खान मिल्ने फलफुल तथा तरकारी शुद्धिकरण गरेका पानी प्रयोग गरी राम्री सफा गरेर मात्र खाऔं ।
👉️ खानेकुरा र पानीलाई राम्ररी छोपेर राख्ने ।
👉️भान्छालाई व्यवस्थित र सफा राख्ने ।
👉️राम्रोसँग पाकेको खानेकुरा मात्रै खाने ।
👉️भाँडाकुँडालाई राम्रोसँग भित्रबाहिर सफा गर्ने ।
👉️खाना पकाउनु र पस्कनु अघि साबुन पानीले राम्रोसँग हात धुने ।
👉️बच्चालाई खाना खुवाउने भाँडा ( जस्तै दूधदानी, चम्चा, कचौरा आदि ) निर्मलिकरण गर्ने ।
👉️बासी, सडेगलेका तथा झिँगा बन्केका खानेकुराहरु नखाने ।
#हैजा #झाडापखाला

बालबालिहरुमा देखिएकाे हात,पैताला तथा मुखकाे राेग के हाे? -foot-and-mouth disease (HFMD)
29/08/2025

बालबालिहरुमा देखिएकाे हात,पैताला तथा मुखकाे राेग के हाे?
-foot-and-mouth disease (HFMD)

28/08/2025
नेपालका शिशु तथा बालबालिकामा “प्रतिरक्षा वृद्धि गर्ने” औषधिको रूपमा "स्वर्णभस्म/स्वर्णकल्प " प्रयोगबारे बाल चिकित्सकहरूक...
25/08/2025

नेपालका शिशु तथा बालबालिकामा “प्रतिरक्षा वृद्धि गर्ने” औषधिको रूपमा "स्वर्णभस्म/स्वर्णकल्प " प्रयोगबारे बाल चिकित्सकहरूको समाज, नेपाल पेडियाट्रिक सोसाइटी (NEPAS) को धारणा
👉स्पष्ट रूपमा सार्वजनिक रूपमा प्रमाणित, DDA दर्ता तथा प्रत्येक ब्याचको गुणस्तर परीक्षण नभएसम्म, र चिकित्सकीय लाभ प्रमाणित नभएको तथा विश्वसनीय सुरक्षा जोखिम (१२ महिनामुनिका शिशुहरूमा महको प्रयोग समेत) को सन्दर्भमा, नेपालमा शिशु तथा बालबालिकामा "स्वर्णभस्म/स्वर्णकल्पको " वितरण कार्यक्रम तत्काल स्थगन गर्नुपर्ने ।
👉 यस्ता पदार्थहरूको प्रयोगमा तुरुन्त रोक लगाउन
उचित नियामकीय प्रक्रिया पूरा नगरेसम्म र उच्चस्तरीय अनुसन्धान परीक्षण नभएसम्म, सरकार तथा सम्बन्धित निकायलाई आग्रह गर्दछौं।
👉️Until clear, public proof of DDA registration and lot-wise quality testing is provided, and in light of no proven clinical benefit and credible safety risks (including honey

Physiological basis of breastfeeding. The prolactin and oxytocin reflex is a coordinated hormonal response during breast...
05/08/2025

Physiological basis of breastfeeding. The prolactin and oxytocin reflex is a coordinated hormonal response during breastfeeding. Prolactin primarily stimulates milk production in the breasts, while oxytocin triggers the "let-down reflex”.

Common myths surrounding breastfeeding
04/08/2025

Common myths surrounding breastfeeding

स्तनपान सम्बन्धी जान्नै पर्ने कुराहरुThings to know about breastfeeding
03/08/2025

स्तनपान सम्बन्धी जान्नै पर्ने कुराहरु
Things to know about breastfeeding

मानव दूध भण्डारण गर्ने विधि
03/08/2025

मानव दूध भण्डारण गर्ने विधि

Address

Bhadrapur
57200

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+9779817959812

Alerts

Be the first to know and let us send you an email when Dr. Subash Basnet, Pediatrician-डा. सुवास वस्नेत, बालराेग विशेषज्ञ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category