07/05/2026
थाइराइड ग्रन्थी (Thyroid Gland) घाँटीको अगाडिपट्टि रहेको एउटा पुतली आकारको ग्रन्थी हो, जसले शरीरको उपापचय (Metabolism), ऊर्जा उत्पादन, मुटुको गति, शरीरको तापक्रम र विकासलाई नियन्त्रण गर्ने महत्त्वपूर्ण हर्मोनहरू (T3) र (T4) उत्पादन गर्छ। यसले शरीरका धेरैजसो कोशिकाहरूलाई कसरी काम गर्ने भन्ने निर्देशन दिन्छ।
थाइराइड ग्रन्थिका मुख्य कार्यहरू (Functions):
उपापचय नियन्त्रण (Metabolism Control): खानाबाट ऊर्जा उत्पादन गर्ने र शरीरको तौल सन्तुलन राख्न मद्दत गर्छ।
हृदय गति र रक्तचाप: मुटुको धड्कन र रक्तचापलाई सामान्य अवस्थामा राख्छ।
शरीरको तापक्रम: शरीरलाई न्यानो राख्न मद्दत गर्छ।
बृद्धि र विकास: शारीरिक विकास, मस्तिष्कको विकास, र बालबालिकाहरूको बढ्दो उमेरमा यसको ठूलो भूमिका हुन्छ।
हर्मोन सन्तुलन: महिनावारी र प्रजनन स्वास्थ्यमा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ।
थाइराइड समस्याका लक्षणहरू (Symptoms): हाइपोथाइराइडिज्म (थाइराइड कम हुनु): तौल बढ्नु, थकाइ लाग्नु, जाडो हुनु, कब्जियत, र कपाल झर्नु।हाइपरथाइराइडिज्म (थाइराइड बढी हुनु): तौल घट्नु, मुटुको धड्कन बढ्नु, गर्मी लाग्नु, पसिना आउनु, र हात काम्नु।
थाइराइड क्यान्सर घाँटीको अगाडि पुतली आकारको ग्रन्थीमा कोषहरू अनियन्त्रित रूपमा बढेर हुने क्यान्सर हो।
समयमै पत्ता लागेमा ९५% भन्दा बढी केसहरूमा यो रोग पूर्ण रूपमा निको हुन सक्छ।
थाइराइड क्यान्सरका सुरुवाती लक्षणहरू (Symptoms)
थाइराइड क्यान्सरको सुरुआती चरणमा प्रायः पीडारहित हुन्छ, त्यसैले मानिसहरूले यसलाई बेवास्ता गर्छन्। लक्षणहरू देखिएमा निम्न हुन सक्छन्:
घाँटीमा गाँठो: घाँटीको अगाडि भागमा कडा वा नदुख्ने गाँठो आउनु (यो सबैभन्दा सामान्य लक्षण हो)।
आवाजमा परिवर्तन: स्वर धोद्रो हुनु वा आवाजमा निरन्तर परिवर्तन आउनु।
निलेमा समस्या: खाना निल्न गाह्रो हुनु वा घाँटीमा केही अड्किएको महसुस हुनु।
सास फेर्न कठिन: विशेष गरी सुत्दा सास फेर्न गाह्रो हुनु।घाँटी दुख्ने: निरन्तर घाँटी वा बङ्गारा दुख्ने