Shubham Health Clinic

Shubham Health Clinic “health is wealth” means that your physical and mental well-being is far more important than wealth in the realm of life satisfaction.

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू१. घाउ सफा गर्नुहोस्जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीम...
15/05/2025

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू
१. घाउ सफा गर्नुहोस्
जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीमा १५ मिनेटसम्म बिस्तारै घिसेर धुनुहोस्
यसले भाइरस वा फोहोर बाहिर निकाल्न मद्दत गर्छ
२. घाउलाई कीटाणु रहित बनाउनुहोस्
सफा गरेपछि स्प्रिट, डेटोल वा आयोडिन लगाउनुहोस् ताकि संक्रमण नहोस्
३. तुरुन्तै स्वास्थकर्मी तथा भेटेरिनरियनसङ्ग सम्पर्क गर्नु होस

घाउ सानो भए पनि नजिकको अस्पतालमा जानुहोस्
डाक्टरलाई स्पष्ट रूपमा कुकुरले टोकेको हो भनेर भन्नुहोस्
जति सक्दो छिटो खोप लागाउनुहोस
खोप जिल्ला अस्पतालहरु मा निशुल्क उपलब्ध हुन्छ

रेबीज खोप तालिका
० औं दिन (टोकेको दिन): पहिलो रेबीज खोप

३ औं दिन: दोस्रो खोप

७ औं दिन: तेस्रो खोप

१४ औं दिन: चौथो खोप

२८ औं दिन: पाँचौँ खोप
यदि टोकेको घाउ गहिरो छ वा अनुहार, घाँटी वा हातमा छ भने, ० औं दिनमा रेबीज इम्युनोग्लोबुलिन पनि लगाइन्छ
घाउ निको भए पनि सबै पाँचवटा खोप पुरा गर्नुअनिवार्य हुन्छ
नोट
यदि तपाइको समुदायमा पनि रेबिज जस्तै लक्ष्यण देखा परेको छ भने यश पशुपन्छी सेवा शाखामा खबर गर्न सक्नुहुन्छ
समयमै आफुले पालेका कुकुर बिरालो हरु लाई रेबिज विरुद्ध को खोप अनिवार्य लगाउनुहोस
रेबिज विरुद्ध को खोप यश पशुपन्छी सेवा शाखा मा निशुल्क उपलब्ध छ ।

गर्भवति जाँच कति-कति हप्तामा गर्ने र यसको महत्व ?
28/04/2025

गर्भवति जाँच कति-कति हप्तामा गर्ने र यसको महत्व ?

वैशाख ६ र ७ गते देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुवाऔं ! .............................राष्ट्रिय पोषण कार्यक्र...
28/03/2025

वैशाख ६ र ७ गते देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुवाऔं ! .............................
राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाऔं । साथै १५ महिनासम्म लगाउनु पर्ने कुनै नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाऔं ।

बसन्त पञ्चमीको हार्दिक शुभकामना। विद्याकि देवि सरस्वती माताले सबैको मनोकमना पूरा गरून् र सबैलाई ज्ञान, बुद्धि, विवेक दिउ...
03/02/2025

बसन्त पञ्चमीको हार्दिक शुभकामना।
विद्याकि देवि सरस्वती माताले सबैको मनोकमना पूरा गरून् र सबैलाई ज्ञान, बुद्धि, विवेक दिउन। 🙏❤️
Happy Saraswati Puja to all of you❤️
Shubham Health Clinic

एच.पि.भी. भनेको के हो?यो एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस (Human Papillomavirus, ) भनिन्छ । पाठेघरको...
28/01/2025

एच.पि.भी. भनेको के हो?

यो एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस (Human Papillomavirus, ) भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एच.पि.भी. हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् र तीमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यस मध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यि दुई प्रजातिहरूबाट भएको देखिन्छ ।

२०८१ माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एच.पि.भी खोप दिइँदैछ।

थप जानकारीको लागि पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्नुहुन अनुरोध छ।

Source: National Health Education Information and Communication Centre

गर्भावस्थामा ४ पटक भिडियो एक्सरे (USG) किन गर्ने ?
10/01/2025

गर्भावस्थामा ४ पटक भिडियो एक्सरे (USG) किन गर्ने ?

पोषण तथ्य :--- जंक फुड भनेको शरीरलाई अति आवश्यक पर्ने Protein, Vitamin खनिज जस्ता अति आवश्यक पदार्थ नभएको वा अतिकम भएको ...
07/12/2024

पोषण तथ्य :--
- जंक फुड भनेको शरीरलाई अति आवश्यक पर्ने Protein, Vitamin खनिज जस्ता अति आवश्यक पदार्थ नभएको वा अतिकम भएको तर चिनी, चिल्लो पदार्थ जस्ता क्यालोरी युक्त तत्व र नुनको मात्रा अत्यधिक भएको खाद्य वस्तु हो।
- अङ्ग्रेजी भाषामा Junk Food भनेको काम नलाग्ने, बेकारको भन्ने अर्थ लाग्छ। त्यसैले नेपालीमा यसलाई पत्रु खाना भन्ने गरिन्छ।

शुभ दिपावली तथा लक्ष्मी पूजा २०८१ काे शुभ अवसरमा सम्पूर्ण काे घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष छाओस ...
31/10/2024

शुभ दिपावली तथा लक्ष्मी पूजा २०८१ काे शुभ अवसरमा सम्पूर्ण काे घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष छाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन् सम्पूर्ण नेपालीहरुमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना !!!!

मलाई बिचमै छोडेर गए पनि एन्टिबायोटिकको चै डोज पुरा गरेर मात्र छोड है माया !!🙄
23/10/2024

मलाई बिचमै छोडेर गए पनि एन्टिबायोटिकको चै डोज पुरा गरेर मात्र छोड है माया !!🙄

HIV र यौन राेग सर्नबाट बचौं!कण्डमकाे नियमित र समुचित प्रयोग गरौं!!
19/10/2024

HIV र यौन राेग सर्नबाट बचौं!
कण्डमकाे नियमित र समुचित प्रयोग गरौं!!

कार्तिक २ र ३ गते देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुवाऔं ! .............................राष्ट्रिय पोषण कार्यक...
15/10/2024

कार्तिक २ र ३ गते देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुवाऔं ! .............................
राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत कार्तिक २ र ३ गते ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाऔं । साथै १५ महिनासम्म लगाउनु पर्ने कुनै नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाऔं ।

14/10/2024

Address

Rupandehi
Bhairahawa
6

Alerts

Be the first to know and let us send you an email when Shubham Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shubham Health Clinic:

Share