19/11/2025
इन्सुलिन र ग्लुकोजको कथा : खान नजानेर आउने समस्या - खान सिकेरै समाधान ।
हामिले खाने अधिकांश परिकारमा कार्बोहाइड्रेट हुन्छ — र Fयो रगतमा पुगेपछि ग्लुकोज बन्छ।
तर रगतले धेरै ग्लुकोज सँगै राख्न सक्दैन। त्यो कुरा हाम्रो शरीरको प्याङ्क्रियाज (pancreas) लाई थाहा हुन्छ। त्यसैले उसले इन्सुलिन नामको हर्मोन बनाउँछ र रगतमा पठाउँछ, ताकि त्यो ग्लुकोजलाई रगतबाट बाहिर निकाल्न सकोस्।
इन्सुलिन आफ्नो काम गर्न रगतमा पुग्छ र ग्लुकोजलाई बाहिर निकाल्छ।
तर इन्सुलिनले पनि ग्लुकोज बोकेर बसिराख्न सक्दैन। त्यसैले ऊ त्यो ग्लुकोजलाई शरीरका कोष (cell) भित्र पठाउँछ — किनकि ग्लुकोजको वास्तविक “घर” भनेकै कोष हो।
तर कोषमा ग्लुकोज बस्ने ठाउँ धेरै हुँदैन। यसको अर्थ — हाम्रो शरीरलाई धेरै ग्लुकोज चाहिँदैन।
जति चाहिन्छ, त्यति कोषमा भइसकेपछि बाँकी ग्लुकोज बाहिर रहन्छ।
सेलभित्रको ग्लुकोज खर्च नहुँदै हामी फेरि खान्छौं।
रगतमा फेरि ग्लुकोज बढ्छ।
प्याङ्क्रियाजले फेरि इन्सुलिन पठाउँछ — “यो ग्लुकोज ठाउँमा पुर्याउ” भनेर।
इन्सुलिन आफ्नो जिम्मेवारी पुरा गर्न जान्छ, तर कोषमा ठाउँ नै हुँदैन।
अब उसलाई आपत पर्छ।
केही उपाय नलागेपछि इन्सुलिन त्यो ग्लुकोजलाई मांसपेशीमा लगेर जम्मा गर्छ।
त्यो सम्म ठिकै हो, किनकि जब शरीरलाई ग्लुकोज चाहिन्छ, मांसपेशीमा जम्मा भएको ग्लाइकोजन (stored glucose) टुक्रिएर ऊर्जा दिन्छ।
तर समस्या तब सुरु हुन्छ जब कोष पनि भरिन्छ, मांसपेशी पनि भरिन्छ, अनि त्यो अतिरिक्त ग्लुकोज बोसो (fat) मा परिणत हुन थाल्छ।
त्यही बोसो पेट वरिपरि थुप्रो लाग्छ, कम्मरको गोलाइ बढ्छ, पेट ठूलाे देखिन थाल्छ।
फेरि हामी खान्छौं — अनि फेरि ग्लुकोज बन्छ।
इन्सुलिन फेरि सक्रिय हुन्छ।
तर कोष, मांसपेशी र बोसो — तीनै ठाउँ भरिएका हुन्छन्।
अब इन्सुलिनलाई फर्साद पर्छ — “यो ग्लुकोज कहाँ लैजाम?”
त्यो कलेजोमा लैजान्छ, अनि फ्याटी लिभर (fatty liver) सुरु हुन्छ।
जब कलेजोमा पनि ठाउँ हुँदैन, इन्सुलिनको प्रभाव घट्न थाल्छ — यो अवस्थालाई इन्सुलिन रेजिस्टेन्स भनिन्छ।
त्यसपछि अलि–अलि ग्लुकोज मुटुतिर जान थाल्छ,
अलि–अलि मृगौलातिर,
अलि–अलि आँखातिर,
र अन्ततः मस्तिष्कसम्म पुग्छ।
यही बाध्यकारी अवस्था पछिको परिणाम हो — गम्भीर स्वास्थ्य समस्या।
त्यसैले हामीले इन्सुलिन रेजिस्टेन्सको अवस्थाबाट फर्किनुपर्छ।
शरीरमा जम्मा भएको बोसो शरीरलाइ नै खुवाउने उपाय निकाल्नुपर्छ।
कलेजोमा जम्मा भएको बोसो खपत गराउने,
मांसपेशीमा जम्मा भएको बोसो घटाउने उपाय गर्नुपर्छ।
यी सबै समस्या धेरै खाएर होइन, खान नजानेर आउने हुन्
र समाधान पनि खानैमा छ !