17/06/2023
हाम्रो Vision मस्तिष्क, आँखा र तिनीहरूलाई जोड्ने स्नायुहरूको विशाल तथा जटिल संयोजन हो। जन्ममा, यो visual system अझै अपरिपक्व हुन्छ र बच्चाको प्रारम्भिक वर्षहरूमा यसको विकास जारी रहन्छ।स्वस्थ आँखा र कूशल दृष्टिले बच्चाको महत्त्वपूर्ण milestonesहरूको सफल उपलब्धिलाई सक्षम गर्दछ।बच्चाहरूले एक वा दुवै आँखामा कमजोर दृष्टि भएको थाहा हुँदैन,त्यसैले उनीहरूले विरलै समस्याको गुनासो गर्छन्, विशेष गरी जब यसले एउटा आँखालाई मात्र असर गर्छ।त्यसैले आमाबाबु र शिक्षकहरूको लागि बच्चाहरूमा हून सक्ने सामान्य दृष्टि सम्बन्धित समस्याहरू बारे सचेत हुनु महत्त्वपूर्ण छ।
बालबालिकामा भएको दृष्टि सम्बन्धित कूनै पनि समस्या विस्तृत आँखा परीक्षणबाट पत्ता लाग्छ। प्रारम्भिक पहिचानले सफल उपचारको सम्भावना बढाउँछ।आँखा वा दृष्टि सम्बन्धित कुनै समस्या नदेखिए पनि, लगभग ६ महिनाको उमेरमा बच्चाको पहिलो दृष्टि र आँखा परीक्षण गराउनुपर्छ।स्तनपान गराॅउदा शिशुले Eye contact नगर्ने, टिभी नजिकै बस्ने वा किताब धेरै नजिक समात्ने,आँखामा डेडेपना(Squinting),आफ्नो टाउको एकतिर ढल्काउने,
एउटा आँखा चिम्लिने,बारम्बार आँखा मिच्ने, प्रकाशको लागि संवेदनशीलता हूनू,खेल्दा वा चल्दा आँखा-हात-शरीर समन्वयमा कठिनाइ हनू,
रंगीन गतिविधिहरू, पजलहरू, र अन्य विस्तृत गतिविधिहरू बेवास्ता गर्नू जस्ता व्यवहार दृष्टि सम्बन्धित समस्या सङ्केतहरू हून्।
यदि तपाइँको बच्चालाई यी मध्ये कुनै पनि संकेत देखेमा आफ्ना बच्चाको विस्तृत दृष्टि परीक्षण गराउनुपर्छ। हरेक बालबालिको दृष्टि सुनिश्चितामा सहयोग गरौं।
P.S: यो भिडियो अभिभावकको अनुमतिमा पोष्ट गरिएको हो।
Check out VisionTherapy@Nepal's video.