जडीबुटीको पहिचान र प्रयोग

  • Home
  • Nepal
  • Bhaktapur
  • जडीबुटीको पहिचान र प्रयोग

जडीबुटीको पहिचान र प्रयोग २३ बर्ष देखी लाखौं पिनासको विरामीको सफल उपचार गरिसकेका छौं । समस्या भए सम्पर्क गर्नुहोला

कालो मकै स्वाद र पौष्टिकताको भण्डार २०८२ बैसाख महिनामा सामाजिक सञ्जालमा कालो मकैको विउ पाईन्छ भन्ने विज्ञापन देखें । मकै...
10/08/2025

कालो मकै स्वाद र पौष्टिकताको भण्डार

२०८२ बैसाख महिनामा सामाजिक सञ्जालमा कालो मकैको विउ पाईन्छ भन्ने विज्ञापन देखें । मकै छर्ने सिजन भएकोले कस्तो हुने रहेछ हेरौं भनेर थोरै मकैको विउ ल्याएर छरें । राम्रै उम्रिएको थियो बढ्दै पनी थियो । पानी संगै चलेको हावाहुरिले घोगा लाग्न नपाउंदै भांचीयो । हावाहुरिले नभांचेको केही बोटमा फलेको कालो मकै हो यो ।

मकै देखे पछी कस्तो रहेछ भन्ने कौतुहलता मनमा जाग्यो र उत्पत्ती देखी उपयोग सम्मको जानकारी लिनको लागी विभिन्न लेखहरु अध्यन गर्दा थाहा भयो करिव नौ हजार बर्ष पहिले मध्य अमेरिकामा उत्पत्ती भएको रहेछ । पौष्टिकताको कारण अहिले सबै महादेसमा फैलिएको पाइयो । कालो मकै एन्टिअक्सिडेन्टको महत्वपुर्ण श्रोत रहेछ । जस्ले सरिरलाई क्यान्सर र मधुमेहबाट बचाउन मद्वत गर्ने रहेछ । क्यारोटिनोइड्स, पोलिफेनोल पनी पाईने रहेछ । जस्ले सुजन कम गर्न सहयोग गर्दछ । फाइवरको मात्रा अत्याधिक पाइने हुनाले पाचन प्रणाली मजवुत बनाउन पनी मद्वत गर्दछ साथै कोलस्ट्रोलको मात्रा कम गर्दछ ।
यसमा आइरन, म्याग्नेसियम र जिंक प्रसस्त पाइने हुनाले रक्तचाम नियन्त्रण गर्ने, प्रतिरक्षा प्रणालीलाई मजवुद बनाउनुको साथै सरिरलाई मजवुद बनाउनुको साथै थकान मुक्त बनाई उर्जावान राख्न मद्वत गर्ने रहेछ ।

मकैको घोगा बन्न नपाउदै लडेर सखाप भएकोले अर्को साल नलगाउने सोच बनाइरहदा उपयोगको दृष्टिले हावा कम लाग्ने स्थान छनोट वा नलड्ने अन्य उपायको खोजी गरेर भएपनी लगाउन पर्ने देखियो ।

Address

Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 14:00
Sunday 09:00 - 17:00

Telephone

+9779841002526

Website

Alerts

Be the first to know and let us send you an email when जडीबुटीको पहिचान र प्रयोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to जडीबुटीको पहिचान र प्रयोग:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram