
03/09/2025
मानसिक स्वास्थ्य सेवामा सामान्यतया दुई मुख्यधारा दृष्टिकोणहरू छन्:
१. मनोचिकित्सात्मक–चिकित्सकीय दृष्टिकोण – चिकित्सा शास्त्रमा आधारित, जैविक कारण र उपचारमा जोड दिने, र मेडिकल स्कुलमार्फत् सिकाइने।
२. मनोवैज्ञानिक वा मनोसामाजिक दृष्टिकोण – मनोविज्ञान र सामाजिक विज्ञानमा आधारित, व्यवहार, भावना र वातावरणलाई केन्द्रमा राख्ने, र विश्वविद्यालयका लिबरल आर्ट्स र क्लिनिकल/काउन्सिलिङ जस्ता विशेषीकृत शाखाहरूमा सिकाइने।
यी दुवै दृष्टिकोण पूरक हुन् र मिलेर नै आजको सबैभन्दा प्रचलित जैव–मनो–सामाजिक (biopsychosocial) मोडेल बनेको छ। मनोचिकित्साले जैविक पक्ष सम्बोधन गर्छ भने मनोविज्ञानले मनोवैज्ञानिक र सामाजिक आयामहरूलाई महत्व दिन्छ।
तर, मनोविज्ञानलाई केवल चिकित्सकीय (जैविक) मोडेलमा मात्र सिकाइयो भने यसको मौलिकता हराउने खतरा हुन्छ। नेपालमा केही अज्ञानता र स्वार्थका कारण मनोविज्ञानका जनशक्ति पनि मेडिकल मोडेलमै उत्पादन गर्ने प्रयास भइरहेको छ, जसले मनोविज्ञानको सार नष्ट गर्ने सम्भावना बढाउँछ। अतः जनताको हितका लागि मनोचिकित्सा र मनोविज्ञान दुवैलाई आ–आफ्नै आधारमा विकास गरी पूरक रूपमा अघि बढाउन आवश्यक छ।.
Mental health services broadly follow two mainstream approaches:
Psychiatric-medical approach – rooted in medicine, focusing on biological explanations and treatments, mainly taught in medical schools.
Psychological or psychosocial approach – grounded in psychology and social sciences, emphasizing behavior, emotions, and environment, usually taught in universities through liberal arts and specialized training in areas like clinical or counseling psychology.
These two approaches are complementary and together form the widely accepted biopsychosocial model of mental health. While psychiatry addresses biological factors, psychology adds depth by focusing on psychological and social dimensions.
However, if psychology is trained only within the medical (biological) model, its unique perspective is lost. In Nepal, due to ignorance and vested interests, some initiatives are trying to produce psychological professionals within a medical framework, which risks undermining the essence of psychology. To truly serve people, psychiatry and psychology must grow as complementary but distinct disciplines, each rooted in its own worldview while working together for holistic care.
-Dr Kishor Adhikari ( Psychologist)