Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र

  • Home
  • Nepal
  • Bharatpur Metropolitan City
  • Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र

Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र राशिफल, जन्म कुन्डली लेखन तथा विश्लेषण र वास्तुशास्त्र संबंधी सम्पूर्ण र सटीक जानकारी ।

ग्रह तथा नक्षत्रहरुले प्राणीमा प्रत्यक्ष असर र प्रभाव पारेको हुन्छ । त्यसको अध्ययन र बिश्लेषण ज्योतिषीहरुले गर्दछन्।।

06/06/2025

📿 निर्जला एकादशीव्रत महिमा 🌸
निर्जलाएकादशी हिन्दू धर्ममा सबैभन्दा पवित्र एकादशीहरूमध्ये एक हो। यो दिन जलसमेत नखाई व्रत बस्ने परम्परा छ, जसले पापहरूको नाश र मोक्ष प्राप्तिको मार्ग खोल्दछ। यो दिन तुलसीको वीजारोपण गर्ने गरिन्छ । आध्यात्मिक उर्जा र भक्तिभावले भरिपूर्ण यो दिनलाई तंपाई पनि विशेष बनाउनुहोस्।
निर्जला एकादशी को सम्पूर्णमा हार्दिक शुभकामना🙏

🥀मेष विषुवत चक्र/संक्रांति फल 🥀तंपाईको नाम र नक्षत्र अनुसार कहां परेको छ संक्रांति र कस्तो फल दिनेछ हेर्नुहोस्🙏अश्लेषा  ...
12/04/2025

🥀मेष विषुवत चक्र/संक्रांति फल 🥀
तंपाईको नाम र नक्षत्र अनुसार कहां
परेको छ संक्रांति र कस्तो फल दिनेछ हेर्नुहोस्🙏

अश्लेषा मघा पूर्व. फा
डि डु डे डो मा मी मु मे मो टा टी टु

उ. फा हस्ता चित्रा स्वाति
टे टो प पी पु ष ण ठ पे पो रा री रू रे रो ता

👉शिर्षे भू लाभ/ अचल सम्पत्ति

आर्द्रा पुनर्वसु तिष्य
कु घ ङ छ के को हा ही हु हे हो ढा
👉मुखे/ पाडित्य ( मान प्रतिष्ठा)

अश्विनी भरणी कृतिका
चू चे चो ला लि लु ले लो अ ई उ ए

रोहिणी मृगशिरा
ओ वा वी वु वे वो का की
👉हृदि/धनागम/ आर्थिक लाभ

पूर्वभाद्र उत्तरभाद्र रेवती
से सो दा दी दु भ झ ञ‌‌ दे दो चा ची
‌ 👉दक्ष करे - स्त्री लाभ/ प्रेम

श्रवण धनिष्ठा शतभिषा
खि खु खे खो गा गी गु गे गो सा सि सु
👉वाम करे भैक्ष्यम् / भिक्षाटन

मूल पूर्वाषाढा उत्तराषाढ़ा
ये यो भा भी भु धा फा ढा भे भो जा जी
👉दक्ष पादे/ भ्रमण

विशाखा अनुराधा ज्येष्ठा
ति तु ते तो ना नि नु ने नो या यी यु
👉
वाम पादे - कष्टम्

08/04/2025
माघ महिनाको तंपाईको राशिफल कस्तो छ ? हेर्नुहोस्
14/01/2025

माघ महिनाको तंपाईको राशिफल कस्तो छ ? हेर्नुहोस्

२०८१ माघ महिनको राशिफल

04/01/2025

ॐ नमः शिवाय

🌑नव ग्रहका क्षेत्र र प्रतिनिधित्व🌑नव ग्रह (सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, र केतु) प्रत्येकले वि...
07/11/2024

🌑नव ग्रहका क्षेत्र र प्रतिनिधित्व🌑
नव ग्रह (सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, र केतु) प्रत्येकले विभिन्न विषय र क्षेत्रहरूको प्रतिनिधित्व गर्छन्। यहाँ प्रत्येक ग्रहका प्रमुख क्षेत्रहरूको विवरण प्रस्तुत गरिएको छ:

1. सूर्य (Surya):
• प्रतिनिधित्व: आत्मा, व्यक्तित्व, शक्ति, स्वास्थ्य, र पिता।
• क्षेत्र: नेतृत्व, सरकारी नौकरी, उच्च पद, र प्रतिष्ठा।
2. चन्द्रमा (Chandra):
• प्रतिनिधित्व: मन, भावना, मातृत्व, र महिला।
• क्षेत्र: मानसिक स्वास्थ्य, परिवार, र भावनात्मक सम्बन्ध।
3. मंगल (Mangala):
• प्रतिनिधित्व: ऊर्जा, साहस, युद्ध, र प्रतिस्पर्धा।
• क्षेत्र: शारीरिक स्वास्थ्य, खेलकुद, र सैन्य क्षेत्र।
4. बुध (Budh):
• प्रतिनिधित्व: बुद्धि, सञ्चार, व्यापार, र अध्ययन।
• क्षेत्र: शिक्षा, लेखन, र व्यापारिक गतिविधिहरू।
5. बृहस्पति (Brihaspati):
• प्रतिनिधित्व: ज्ञान, धर्म, भाग्य, र शिक्षक।
• क्षेत्र: शिक्षा, अध्यात्म, र धार्मिक कार्य।
6. शुक्र (Shukra):
• प्रतिनिधित्व: प्रेम, सौंदर्य, समृद्धि, र विलासिता।
• क्षेत्र: विवाह, कला, संगीत, र वित्तीय स्थिरता।
7. शनि (Shani):
• प्रतिनिधित्व: कष्ट, अनुशासन, समय, र परिश्रम।
• क्षेत्र: करियर, दीर्घकालीन योजनाहरू, र सामाजिक न्याय।
8. राहु (Rahu):
• प्रतिनिधित्व: भ्रम, माया, र अनिश्चितता।
• क्षेत्र: अन्वेषण, रहस्य, र अप्रत्याशित घटनाहरू।
9. केतु (Ketu):
• प्रतिनिधित्व: मोक्ष, आत्मज्ञान, र आध्यात्मिकता।
• क्षेत्र: ध्यान, साधना, र आध्यात्मिक विकास।

यी नव ग्रहहरूको प्रभाव व्यक्तिको जीवनका विभिन्न पक्षहरूमा देखा पर्दछ, र तिनीहरूको स्थिति र सम्बन्धले व्यक्तिको भाग्य र जीवनका घटनाहरूलाई प्रभावित गर्न सक्छ। :-जीवन दर्शन सेवा

🌸हरेक नेपलीको घर घरमा लक्ष्मीको बास होस।🌸सबै नेपाली जनतामा आनन्दको अहसास होस।सबै नेपालीको पहुँचमा गांस बास कपास होस।दु:ख...
31/10/2024

🌸हरेक नेपलीको घर घरमा लक्ष्मीको बास होस।🌸
सबै नेपाली जनतामा आनन्दको अहसास होस।
सबै नेपालीको पहुँचमा गांस बास कपास होस।
दु:ख पीर ,अशान्ती ,र गरिबीको नास होस्।
सबै सबैमा प्रकाशको पर्व दिपावलीको हार्दिक शुभकामना🪔

🪔दीपावलीको शुभकामना🪔

:- जीवन दर्शन सेवा

🌸काग तिहार🌸यमपञ्चकको पहिलो दिन काग तिहार पर्व मनाइन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागला...
30/10/2024

🌸काग तिहार🌸
यमपञ्चकको पहिलो दिन काग तिहार पर्व मनाइन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ ।
काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिनुपर्छ ।
वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस भनेर कामना गरिन्छ ।
आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति रहिआएको छ ।
सनातन संस्कृति मा प्रकृति र जीवको संरक्षणको लागी बिभिन्न परम्पराहरु रहेगा छन्।
यो प्रकृति र जीव प्रेमको अनुपम ऊदाहरण पनि हो।
:-जीवन दर्शन सेवा

🍃“कालरात्रि: अन्धकारबाट उज्यालोतर्फको यात्रा”🌸_______________________________कालरात्रि, नवदुर्गाका सातौं स्वरूपका रूपमा ...
09/10/2024

🍃“कालरात्रि: अन्धकारबाट उज्यालोतर्फको यात्रा”🌸
_______________________________
कालरात्रि, नवदुर्गाका सातौं स्वरूपका रूपमा पूज्यनीय देवी हुन्, यी समय र अन्धकारको प्रतीक मानिन्छिन्। कालरात्रि शब्दले नै यी देवीको स्वरूपलाई प्रतिनिधित्व गर्छ; काल अर्थात् समय र रात्रि अर्थात् अन्धकार। यो रूप अत्यन्त भयानक देखिन्छ, तर यीनको यो स्वरूपले जीवनको हरेक पक्षमा गहन आध्यात्मिक सन्देश मिल्दछ। यिनको वहान गधा (गदाह) हो, जुन विनम्रता, शान्ति र सरलताको प्रतीक मानिन्छ। गधा जुनसुकै अवस्थामा पनि सहनशील र धैर्यवान हुन्छ, जसरी कालरात्रि देवीले पनि जीवनमा सहनशीलता र धैर्यको महत्वलाई उजागर गर्छिन्।

कालरात्रिको भक्ति, आराधना र आगमनका कारणले हाम्रो जीवनका नकारात्मक शक्तिहरूलाई अन्त्य गराउदछ । उनी दुष्टहरूको संहारकको रूपमा चिनिन्छिन्। यो मात्र पौराणिक कथा होइन, यसले जीवनको एउटा विशिष्ट सत्यलाई प्रतिबिम्बित गर्दछ । हामीले हामी भित्रको नकारात्मकतासँग लड्नुपर्छ भन्ने सन्देश दिन्छ । चाहे त्यो भय, द्वन्द्व वा अहंकार किन नहोस्, यी सबैको कालरात्रिले समूल नाश गर्छिन्। उनको रूप भयानक देखिएपनि वास्तवमा उनी भक्तहरूलाई माया, प्रेम, सुरक्षा र शान्तिको भाव अनुभव गराउँछिन्। उनी शुभंकरी हुन्, जसले भक्तहरूलाई सधैं शुभ फल प्रदान प्रदान गर्दछिन्।

विज्ञानको दृष्टिकोणले हेर्दा, हाम्रो जीवनमा आउने त्यो समय जुन हाम्रो जीवनमा सधै परिवर्तनकारी हुन्छ र निस्चित परिवर्तन ल्याउँछ त्यो जुनसुकै काल र सदावहार समयको प्रतीक देवी कालरात्रि हुन्। उनको गहिरो र अन्धकारपूर्ण रूपले हामीलाई जीवनमा चुनौतीहरूको सामना गर्न तयार गराउँछ। हरेक चुनौतीले एक नयाँ अवसरको ढोका खोल्छ भन्ने सन्देश दिन्छ। उनले भौतिक संसारको सीमाभन्दा बाहिरको शक्तिलाई पनि वोध गराउँदछिन्, जहाँ वैज्ञानिक सिद्धान्त र आध्यात्मिक विश्वासहरू आपसमा सम्मिलित हुन्छन् ।

कालरात्रि देवी ग्रहहरूको परिप्रेक्ष्यमा शनि ग्रहसँग सम्बन्धित मानिन्छिन्। शनि ग्रहलाई कर्म, न्याय, समय र धैर्यको प्रतीकका रूपमा लिइन्छ। शनि ग्रहले मानिसको जीवनमा कष्ट, कठिनाइ र संघर्षहरू ल्याउँदछ भन्ने विश्वास गरिन्छ, जसलाई सही मार्गमा चल्दा र धैर्यवान हुँदा मात्रै पारलगाउन सकिन्छ। यसैगरी, कालरात्रिले पनि जीवनका अन्धकारपूर्ण र कठिन परिस्थितिहरूलाई पार लगाउदै उज्यालोतर्फ जाने मार्ग देखाउँछिन्।

कालरात्रि देवीको पूजा, भक्ति र आराधना बाट शनि ग्रहका नकारात्मक प्रभावहरू कम हुने विश्वास गरिन्छ। शनि ग्रहले मानिसको जीवनमा आउने कठिनाइहरूलाई परास्त गर्नका लागि कालरात्रिको भक्ति र आराधना गर्दा भक्तजनहरूलाई धैर्य, साहस र सहनशीलताको मार्गमा डोहोर्याउन अग्रसर गराउँछ।

वैज्ञानिक दृष्टिकोणले कालरात्रि देवी र शनि ग्रहबीचको सम्बन्धलाई प्रतीकात्मक रूपमा वोध गर्न सकिन्छ। शनि ग्रह कर्म, समय र धैर्यको प्रतीक हो, जसले जीवनमा कठिनाइ र चुनौतीहरू ल्याउँछ। कालरात्रि पनि अन्धकार र कठिनाइहरूको प्रतीक भएकाले उनले शनि ग्रहको नकारात्मक प्रभावलाई सन्तुलनमा राख्न मद्दत गर्छिन्। वैज्ञानिक रूपमा, यी प्रतीकहरूले समयको महत्त्व, चुनौतिहरूको सामना र आत्मबलको विकासलाई दर्शाउँछन्। उनले जीवनमा धैर्य र सहनशीलताको शिक्षा दिन्छिन्, जसले मानिसलाई कठिन समय पार गर्न प्रेरित गराउदछ।

वर्तमान परिप्रेक्ष्यमा यीनको महत्वलाई वोध गर्दा कालरात्रि हाम्रो जीवनमा साहस र आत्मबलको प्रतीक हुन्। आजको संसारमा, जहाँ मानिसहरू निराशा, तनाव र मानसिक समस्याहरूसँग जुधिरहेका छन्, त्यहाँ कालरात्रिको पूजा, भक्ति र आराधनाले हामीलाई हाम्रो आन्तरिक शक्ति पहिचान गर्न प्रेरित गराउदछ । जीवनमा दुःख, कष्ट, र अन्धकार आउँछ, तर यो अन्धकार सधैंका लागि रहँदैन। यदि हामी भित्रको नकारात्मकतालाई जित्न सक्छौं भने अन्धकारको अन्त्य सधैं सम्भव छ भन्ने ज्ञान कालरात्रिको भक्ति र आराधनाले दृष्टिवोध गर्न सकिन्छ।

कालरात्रिको महत्व मानव जीवनदर्शनमा विशेष रूपमा जोडिएको छ। जीवनमा डर र नकारात्मकता सधैं हुन्छन्, तर तिनलाई नष्ट गरेर मात्र आत्मिक शान्ति प्राप्त गर्न सकिन्छ। उनी भक्तहरूलाई यो सन्देश दिन्छिन् कि डरलाई जित्नका लागि साहस चाहिन्छ, र जब हामी साहसिक र आत्मविश्वासी बन्छौं, तब हामीलाई जीवनमा कुनै पनि बाधा र व्यवधानले रोक्न सक्दैन। जहाँ मानिसहरूले आन्तरिक संघर्ष र बाह्य चुनौतीहरूको सामना गरिरहेका छन् त्यहॉ कालरात्रि वाट पाइने यो शिक्षा आजको युगमा अझ सान्दर्भिक छ,।

यसर्थ, कालरात्रिले हामीलाई जीवनमा सहनशीलता, साहस र विश्वासको बाटो देखाउँछिन्। उनी जीवनको सबै पक्षलाई समेट्ने देवी हुन्, जसले हामीलाई अन्धकारबाट उज्यालोतर्फ डोहोर्याउँछिन्। यसकारण, उनको पूजा, भक्ति र आराधना धार्मिक कृत्य र आस्था मात्र नभएर जीवनमा आशा, शक्ति र विजयको वोध गराउने तत्वज्ञानको प्रतीक हो।हामी सबैको अज्ञान रुपी अन्धकार लाई कालरात्रि देवीले प्रकाशित गरुन्🙏🙏 :-जीवन दर्शन सेवा

🍀 दुर्गा सप्तमी अर्थात फूलपाती 🍀। यो तिथिको विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आग...
09/10/2024

🍀 दुर्गा सप्तमी अर्थात फूलपाती 🍀।
यो तिथिको विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने फूलपातीदेखि सुरु हुन्छ ।
घर-घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ । यसै दिन बिद्याकी देवी सरस्वतीको पनि पूजन गरिन्छ।
केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरुलाई पूजेर प्रत्येक नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी, रक्चचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।

🌸🕉 गणेश चतुर्थी🕉🌸 #गणेश चतुर्थी कहिले मनाइन्छ ?गणेश चतुर्थी जसलाई विनायक चतुर्थीको नामले पनि जानिन्छ, हिन्दु धर्ममा एक म...
06/09/2024

🌸🕉 गणेश चतुर्थी🕉🌸

#गणेश चतुर्थी कहिले मनाइन्छ ?
गणेश चतुर्थी जसलाई विनायक चतुर्थीको नामले पनि जानिन्छ, हिन्दु धर्ममा एक महत्वपूर्ण तथा शुभ पर्व मानिएको छ। यो पर्व भाद्र महिनाको शुक्लपक्षको चतुर्थी तिथिमा मनाइन्छ। विशेष गरेर भारतको महाराष्ट्र राज्यमा गणेश चतुर्थीलाई धेरै भव्यता तथा आस्थाका साथ मनाइन्छ। गणेशजीको एक नाम विघ्नहर्ता पनि हो त्यसैले हिन्दु भक्तहरुको मान्यता छ कि यी दश दिनमा जसले श्रद्धा एवं विधि-विधानले गणेश जीको पुजा गर्छ भने, गणेश भगवान जो देवताहरुको पनि अग्रणी देवता हुनुहुन्छ, भक्तहरुको जीवनको सम्पूर्ण बाधाहरुको अन्त गरेर आफ्ना भक्तहरुलाई सौभाग्य, समृद्धि एवं सुख प्रदान गर्नुहुन्छ। गणेश चतुर्थीको दिन व्रत गर्ने व्यक्तिले चन्द्रमाको दर्शन गर्नुहुँदैन, चन्द्रमा हेर्नाले चन्द्र दोष लाग्न सक्छ, जसले गर्दा व्यक्तिलाई मिथ्या आरोपको सामना गर्नुपर्ने हुन सक्छ।

#कसरी मनाइन्छ गणेश उत्सव ?
दश दिन सम्म चल्ने यो पर्वमा श्री गणेशको विभिन्न आकारको मूर्तिलाई घरमा, मन्दिरमा अथवा पन्डालहरुमा शृंगार गरेर चतुर्थीको दिन स्थापित गरिन्छ, त्यहाँ स्थापना गरिएको मूर्तिमा वैदिक मन्त्रोच्चारणको साथ प्राणप्रतिष्ठा गरिन्छ। दश दिन सम्म अर्थात् अनन्त-चतुर्दशी सम्म गणेश प्रतिमालाई नित्य विधिपूर्वक पुजा गरिन्छ। एघारौँ दिन यो मूर्ति वा प्रतिमालाई कुनै स्वच्छ जलाशय जस्तै नदी अथवा सागर आदिमा प्रवाहित (विसर्जित) गरिन्छ।

ठांऊ अनुसार पर्व मान्ने तरिकामा पनि फरक पर्छ ।गणेश चतुर्थी पर्व भारतको महाराष्ट्र तिर दश दिनसम्म मान्ने चलन रहेपनि नेपालमा भाद्र महिनाको शुक्लपक्षको चतुर्थीको दिन गणेशको पुजा तथा व्रत गरेर मनाउने परम्परा रहेको छ।
सबै लाई भगवान् गणेशले कल्याण गरुन्।🙏🌸

Address

Bharatpur Metropolitan City

Alerts

Be the first to know and let us send you an email when Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram