Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र

  • Home
  • Nepal
  • Bharatpur Metropolitan City
  • Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र

Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र राशिफल, जन्म कुन्डली लेखन तथा विश्लेषण र वास्तुशास्त्र संबंधी सम्पूर्ण र सटीक जानकारी ।

ग्रह तथा नक्षत्रहरुले प्राणीमा प्रत्यक्ष असर र प्रभाव पारेको हुन्छ । त्यसको अध्ययन र बिश्लेषण ज्योतिषीहरुले गर्दछन्।।

02/10/2025
🌸शारदीय नवरात्र प्रारम्भ🌸हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने हिन्दुहरूको पर्व बडा दसैं सोमबारदेखि प्रारम्भ भएक...
22/09/2025

🌸शारदीय नवरात्र प्रारम्भ🌸
हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने हिन्दुहरूको पर्व बडा दसैं सोमबारदेखि प्रारम्भ भएको छ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।
सोमबार बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ।
कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ।

आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।
सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

नौ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ।दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ। यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ।
बडादसैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।
नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ।देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुनेगर्छ।
विजयादशमीको साइत असोज १६ गते बिहान ११: ५३ बजे
रहेको छ।
आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूलप्रसाद ग्रहण गर्ने गरिन्छ।
असोज १६ गते देवी विसर्जनको साइत बिहान ०९: २३ बजे रहेको समितिले जनाएको छ। टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ : ५३ बजेको साइत उत्तम छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाइ धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ। यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ।

🕉कृष्णातपरं किमपि तत्वमहं नजाने🕉श्रीकृष्ण सनातन धर्मका सर्वाधिक पूज्यनीय र लोकप्रिय देवत्वहरूमध्ये एक हुनुहुन्छ। केहि पर...
15/08/2025

🕉कृष्णातपरं किमपि तत्वमहं नजाने🕉

श्रीकृष्ण सनातन धर्मका सर्वाधिक पूज्यनीय र लोकप्रिय देवत्वहरूमध्ये एक हुनुहुन्छ। केहि परम्पराहरूमा उहाँलाई विष्णुका एक अवतारको रूपमा हेर्ने चलन छ भने केहि परम्पराहरूमा कृततः उहाँ नै परमेश्वर (परब्रह्म) मानिन्छन्। कृष्णको जीवन, लीला र शिक्षाले धर्म, दर्शन र भक्ति मार्गमा अमूल्य योगदान गरेको छ।

कृष्णको अलौकिकता र जीवन
कृष्ण वासुदेव र देवकीका सुपुत्रका रूपमा ब्रज (वृन्दावन/गोकुल) मा जन्मिनुभयो। बाल्यकालदेखि नै बालकृष्णका अनेक अद्भुत लीला—गोपालकथाहरू, माखनचोरी, रासलीला आदिले जनमन जिते। युवासमयमा उहाँले मथुराका राक्षसहरू विनाश गर्नुभयो र अन्ततः कौरव–पाण्डव संघर्षमा अर्जुनका सार्थक सखा तथा मार्गदर्शक (सञ्जीवक उपदेशक) बनेर भगवद्गीता दिएका हुनुहुन्छ। गीता उपदेशले जीवन, कर्तव्य, कर्म र भक्ति सम्बन्धी सार्वकालिक दर्शन दिएको छ।

अवतार सिद्धान्त र कृष्ण
हिन्दु परम्परामा ईश्वरले संसारको कल्याण र धर्मस्थापनका लागि विभिन्न कालखण्डमा अवतार लिने भनाइ प्रचलित छ। विष्णुको दशावतार—मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण (वा बालराम/बुद्ध अन्तर्गत परम्परा अनुसार भिन्नता), तथा कल्कि—प्रसिद्ध छन्। तर कृष्ण सम्बन्धी दार्शनिक विवेचनमा दुई धाराहरू स्पष्ट देखिन्छन्:

• विष्णुको अवतारको परिप्रेक्ष्य: यसअनुसार कृष्ण विष्णुको अवतार हुन्, जसले धर्मस्थापन र अधर्म नाशका लागि अवतार लिएका हुन्।
• कृष्णको सर्वोच्चत्व (स्वयं भगवान्) को परिप्रेक्ष्य: श्रीमद्भागवत् र केही वैष्णव परम्पराहरूमा कृष्णै परमेश्वर स्वरूप हुन् र अन्य अवतारहरु उहाँकै अंश अथवा प्रदर्शित स्वरूप मानिन्छन्।

सन्दर्भार्थे प्रसिद्ध संस्कृत श्लोकहरू

1. भगवद्गीता 4.7–4.8 (अवतारको प्रयोजन स्पष्ट गर्ने महत्त्वपूर्ण श्लोक)
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥4.7॥

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥4.8॥

अर्थ (सङ्क्षेपमा) : हे अर्जुन, जब-जब धर्मको ह्रास र अधर्मको वृद्धि हुन्छ, म आफैं संसारमा अवतार लिन्छु — सधैं धर्मको पुनर्स्थापना र दुष्टहरूको विनाशको लागि, युगयुगमा।

1. भगवद्गीता 10.8 (कृष्णको सार्वभौमिक उत्पत्ति र केन्द्रियता)
अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते ।
इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः ॥10.8॥

अर्थ : म नै सबै वस्तुहरूको उत्पत्ति हुँ; सबै मबाटै आरम्भ हुन्छ — यसप्रकार बुद्घिमान् जनहरू मलाई भावसहित पूजा गर्छन्।

कृष्णको भूमिका — दीपक र मार्गदर्शक
कृष्णको प्रमुख योगदान मध्ये भगवद्गीता हो, जुन व्यक्तिगत कर्तव्य, निष्काम कर्म, ज्ञान तथा भक्ति तीनै मार्गहरूलाई सन्तुलित तरिकाले प्रस्तुत गर्दछ। युद्धभूमिमा उहाँले केवल रणनीतिक सल्लाह मात्र दिनुभएको होइन, जीवन-तत्व र आत्मा सम्बन्धी दार्शनिक उपदेशले मानवतालाई व्यापक मार्गदर्शन प्रदान गरेको छ। साथै कृष्णका बाल्यलीला र रासिका लीला मानव–ईश्वर सम्बन्धमा प्रेममूलक भक्ति (स्नेहजन्य भक्तियोग) को आदर्श प्रस्तुत गर्छन्।

अवतारहरूको शिक्षाप्राप्ति
अवतारहरूको कथाहरू केवल रोचक पौराणिक घटनाहरू होइनन्—यी प्रत्येक कथाले नैतिकता, धर्म, परोपकार र विश्वासका मूल पाठ सिकाउँछन्। मत्स्यले उद्धार, वराहले उद्धार र पृथ्वीको पुनर्स्थापना, रामले आदर्श पुरुषत्व र धर्मपालन, परशुरामले अधर्मविरोधी क्रियाशीलता, र कृष्णले प्रेम, चालाकी, नीति र परम ज्ञान—यी सबै मानवीय गुण र सामाजिक शिक्षा दिन्छन्।

निष्कर्ष
परमेश्वर श्रीकृष्ण हिन्दु धर्मका एक अद्वितीय दैविक व्यक्तित्व हुन्—उनले लीला, उपदेश र अवतारद्वारा संसारमा धर्म, प्रेम र ज्ञानको प्रवाह गराए। जहाँ कतिपय परम्पराहरूले उनलाई विष्णुको अवतार सम्झिन्छन्, त्यहाँ केही परम्पराहरूले उहाँलाई स्वयं सर्वोच्च परमेश्वर मान्छन्। भगवद्गीता र भागवत पुराणका श्लोकहरूले कृष्णको अवतार-उद्देश्य र सार्वभौमिकताबारे स्पष्ट शिक्षा दिन्छन्, जसले आज पनि लाखौँ मान्छेहरूलाई जीवनमा मार्गदर्शन र भक्ति-जागरणका लागि प्रेरित गरिरहेछ।

सम्पूर्णमा श्रीकृष्ण जन्माष्टमीको मंगल शुभकामना🙏🕉

हरि ॐ
28/07/2025

हरि ॐ

🐍नाग पंचमी🐍

सनातन हिन्दू धर्ममा नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नाग देवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरजीको आभुषणहोस् वा भगवान विष्णुजीको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।
पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञरोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नैनागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ ।
त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागकोतीनवटा बच्चा मरेकाले नाग देवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँची र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदाकिसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाई, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइदिएकालेयसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ ।
नागपञ्चमी पूजा र विधि:🐍

प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वाकागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दही, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप दीप, नैवैद्य सहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको भय हुँदैन र कालसर्प आदि गरिएको योग पनि नष्ट हुन्छ ।
प्रार्थना मन्त्र :
“ आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि ।
एह्येहि मनसे देवी नागमातर्नमस्तुते ।।
अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः ।
कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।। 🐍“
भावार्थ : अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक, शंखचूड, यी आठ नागसहित आस्तिक मुनि, नागमाता मनसादेवीलाई नमस्कार गर्दछु ।
साथै सम्पूर्णमा नाग पंचमी को शुभकामना🐍🐍🐍

:-जीवन दर्शन सेवा

06/06/2025

📿 निर्जला एकादशीव्रत महिमा 🌸
निर्जलाएकादशी हिन्दू धर्ममा सबैभन्दा पवित्र एकादशीहरूमध्ये एक हो। यो दिन जलसमेत नखाई व्रत बस्ने परम्परा छ, जसले पापहरूको नाश र मोक्ष प्राप्तिको मार्ग खोल्दछ। यो दिन तुलसीको वीजारोपण गर्ने गरिन्छ । आध्यात्मिक उर्जा र भक्तिभावले भरिपूर्ण यो दिनलाई तंपाई पनि विशेष बनाउनुहोस्।
निर्जला एकादशी को सम्पूर्णमा हार्दिक शुभकामना🙏

🥀मेष विषुवत चक्र/संक्रांति फल 🥀तंपाईको नाम र नक्षत्र अनुसार कहां परेको छ संक्रांति र कस्तो फल दिनेछ हेर्नुहोस्🙏अश्लेषा  ...
12/04/2025

🥀मेष विषुवत चक्र/संक्रांति फल 🥀
तंपाईको नाम र नक्षत्र अनुसार कहां
परेको छ संक्रांति र कस्तो फल दिनेछ हेर्नुहोस्🙏

अश्लेषा मघा पूर्व. फा
डि डु डे डो मा मी मु मे मो टा टी टु

उ. फा हस्ता चित्रा स्वाति
टे टो प पी पु ष ण ठ पे पो रा री रू रे रो ता

👉शिर्षे भू लाभ/ अचल सम्पत्ति

आर्द्रा पुनर्वसु तिष्य
कु घ ङ छ के को हा ही हु हे हो ढा
👉मुखे/ पाडित्य ( मान प्रतिष्ठा)

अश्विनी भरणी कृतिका
चू चे चो ला लि लु ले लो अ ई उ ए

रोहिणी मृगशिरा
ओ वा वी वु वे वो का की
👉हृदि/धनागम/ आर्थिक लाभ

पूर्वभाद्र उत्तरभाद्र रेवती
से सो दा दी दु भ झ ञ‌‌ दे दो चा ची
‌ 👉दक्ष करे - स्त्री लाभ/ प्रेम

श्रवण धनिष्ठा शतभिषा
खि खु खे खो गा गी गु गे गो सा सि सु
👉वाम करे भैक्ष्यम् / भिक्षाटन

मूल पूर्वाषाढा उत्तराषाढ़ा
ये यो भा भी भु धा फा ढा भे भो जा जी
👉दक्ष पादे/ भ्रमण

विशाखा अनुराधा ज्येष्ठा
ति तु ते तो ना नि नु ने नो या यी यु
👉
वाम पादे - कष्टम्

माघ महिनाको तंपाईको राशिफल कस्तो छ ? हेर्नुहोस्
14/01/2025

माघ महिनाको तंपाईको राशिफल कस्तो छ ? हेर्नुहोस्

२०८१ माघ महिनको राशिफल

Address

Bharatpur Metropolitan City
00977

Alerts

Be the first to know and let us send you an email when Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Jeewan Darshan Sewa - जीवन दर्शन सेवा - ज्योतिष तथा वास्तु परामर्श केन्द्र:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram