Omprakash Sah

21/07/2025
आ.व. २०८२/०८३ को पदपुर्ति सम्बन्धी वार्षिक कार्यतालिकाप्रदेश लोक सेवा आयोग मधेश प्रदेश
16/07/2025

आ.व. २०८२/०८३ को पदपुर्ति सम्बन्धी वार्षिक कार्यतालिका
प्रदेश लोक सेवा आयोग मधेश प्रदेश

29/06/2025

निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, यी हुन् ११ नयाँ व्यवस्था❣️🙏
पहिलो,
➠संघीय निजामती सेवामा प्रवेशको उमेर पुरूषको हकमा ३५ र महिलाको हकमा ३९ कायम हुने भएको छ।

दोस्रो,
➠कर्मचारीको अवकाशको उमेर ६० वर्ष पुग्ने भएको छ।

तेस्रो,
➠खुला प्रतिस्पर्धाबाट सहसचिवको पदपूर्ति बन्द हुने भएको छ।

चौथो,
➠राज्य व्यवस्था समितिले अरितिक्त सचिवको पद सृजना गरेको छ।

पाँचौँ,
➠कुलिङ पिरियड। समितिले निजामती सेवाबाट राजीनामा दिएको तथा अवकाश पाएको २ वर्षसम्म कर्मचारीहरूले कुनै पनि कूटनीतिक
नियुक्त अथवा संवैधानिक नियुक्ति लिन नपाउने व्यवस्था गरेको छ।

छैठौँ,
➠नेपालका सरकारको मुख्यसचिवको सेवा अवधि २ वर्षको हुने भएको छ। हाल मुख्य सचिवको सेवा अवधि ३ वर्ष रहेको छ।

सातौँ,
➠प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई पनि अन्तरप्रदेश सरूवाको बाटो खोलिएको छ। स्थानीय तह र प्रदेशमा काम गरिरहेका कर्मचारीहरूले १० वर्षपछि यस्तो सरूवाको अवसर प्राप्त गर्न सक्नेछन्। दुई प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहमतिका आधारमा यस्तो सरूवा गर्न पाइने व्यवस्थामा समितिले सहमति जुटाएको हो।

आठौँ,
➠सरूवालाई अनुमानयोग्य बनाउने भन्दै समितिले कुनै पनि कर्मचारीलाई न्यूनतम एक वर्ष सरूवा गर्न नमिल्ने व्यवस्था समितिले गरेको छ

नवौं,
➠विधेयकले कुनै पनि व्यक्तिले राजपत्राङ्कित पदमा एकपटक र राजपत्र अनङ्कित पदमा एकपटक आरक्षण प्रयोग गर्न पाउने व्यवस्था गरेको छ।

दसौँ,
➠समितिले बढीमा १० वर्षसम्म मात्र संघीय निजामती सेवाका कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउने व्यवस्था विधेयकले गरेको छ।

एघारौँ,
➠आन्तरिक पर्यटन बिदा। समितिले निजामती कर्मचारीहरूलाई आन्तरिक पर्यटन बिदा दिने कानुनी व्यवस्था गरिदिएको छ।

प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले उक्त विधेयक दुई महिनाभित्र पारित गरिसक्नुपर्छ। राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक सभामुखले प्रमाणित गर्नेछन्। सभामुखले प्रमाणित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ।
Copy -Govinda Giri - गोविन्द गिरी

29/05/2025

राष्ट्र सेवक कर्मचारीको तलब बढाउन सम्भब भएन 🥺
महंगी भत्ता मासिक २ हजार बाट ५ हजार 😱
#बजेट_भाषण_२०८२_८३

 # सहायकस्तर पाँचौँ तहका विभिन्न पदहरूको परीक्षा मिति संशोधन सम्बन्धी सूचना
16/05/2025

# सहायकस्तर पाँचौँ तहका विभिन्न पदहरूको परीक्षा मिति संशोधन सम्बन्धी सूचना

16/05/2025

निजामती कर्मचारीले लोक सेवा पढाउन नपाउने गरी समितिबाट पास भयो विधेयक 🤔🤔
निजामती कर्मचारीले कलेजमा पढाउन जान पाउने, भाषा पाठशालामा पढाउन जान पाउने तर लोक सेवा आयोगको तयारी कक्षामा पढाउन जान नपाउने गरी प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ।।

आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्...
13/05/2025

आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि सरकारले तलब वृद्धि गर्ने आन्तरिक गृहकार्य गर्न लागेको हो । 🙏❣️

Lumbini Pradesh AHW Question 2082/01/16
29/04/2025

Lumbini Pradesh AHW Question
2082/01/16

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Omprakash Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Omprakash Sah:

Share