01/07/2025
🙏गुरु पूर्णिमा🌹 तथा व्यास अवतरण🎉 दिवसको🎈 शुभ तिथिमा व्यास गुफा, पराशर आश्रम तनहुँ र गोरख गुफा गोरखामा गएर दर्शन गरि समय बिताउन पाउनु, ध्यान साधना गर्न पाउनु जीवनको अहोभाग्य हो। जीवनको दुर्लभ क्षण हो।
🇳🇵यहि कुरा बुझेर हामीले आउँदो २०८२ साल अषाढ २६ गते पर्न गएको गुरु पूर्णिमा तथा ब्यास अवतरण दिवसको 🎉अवसरमा व्यास पराशर ऋषि र अन्य गुरुहरुको आशीर्वाद प्राप्त गर्ने उद्देश्य ले व्यास पराशर क्षेत्र र गोरख गुफा गोरखाको दर्शन यात्रा कार्यक्रम तय गरेको छ ।
🙏उक्त दिव्य कार्यक्रममा यहाँको (समूह) सम्पूर्ण सदस्य परिवार सहित यात्रा गरि व्यास पराशर ऋषि र गुरुहरूको दिव्य आशीर्वाद 🌹प्राप्त गरी पुण्य लाभ लिन नछुटाउनुहोस ।
जय गुरुदेव !
समय अवधि:-2 दिन 1 रात
प्रस्थान मिति :-2082-3-26 गते बिहान 6 बजे ।
फर्कने मिति :-2082-3-27 गते बेलुका 6 बजे।
इच्छुक महानुभावहरुले यथा शिघ्र आफ्नो नाम दर्ता गर्नुहोस् ।
सम्पर्क नं.
+9779860883212 भावना रिजाल ढकाल
गैंडाकोट मिलन टोल
2 day 1 night Itinerary
2082-3-16 गते पुर्णिमा दिन
Day 1 :- बिहान 6:00 बजे दमौलीको लागि बस छुट्ने समय रहेको छ ।
बिहान 9:30 बजे व्यास गुफा तथा पराशर आश्रम दर्शन गरि पुजापाठ गरि प्रसाद ग्रहण कार्यक्रम ।
दिउँसो 12:30 देखि बेलुका 8 बजे सम्म व्यास अवतरण समारोहमा सहभागी हुने ,आश्रम आसपास क्षेत्रमा यात्रा गर्ने , योग, ध्यान , तथा सन्ध्या व्यास तथा गङ्गा आरतिमा सहभागी हुने ।
बेलुका 8:30 रात्रिकालिन भोजन dinner
रात्री 9:30 बजे सुत्नको लागि तयारी ।
2082-3-27 गते प्रतिपदा
Day 2
बिहान 6 बजे पुनः व्यास गुफा तथा पराशर आश्रमको दर्शन
बिहान 6:45 बजे गोरख गुफा गोरखाको लागि प्रस्थान ।
बिहान 9:00 बजे गोरखकाली तथा गोरख गुफा को दर्शन तथा पुजा पाठ ध्यान ।
बिहान 11:00 बजे खाना
बिहान 11:45 बजे गोरखाबाट घर फर्कनको लागि प्रस्थान ।
बेलुका 6:00 बजे घर पुगिने ।