Vighnaharta Health Care Clinic

Vighnaharta Health Care Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vighnaharta Health Care Clinic, Medical and health, Bharatpur.

16/05/2024
देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु-भाइ,दिदी-बहिनी,आफन्त र नेपाली नारीहरुमा हरितालिका-तिज र  बाबा बिश्वकर्मा पुजा...
18/09/2023

देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु-भाइ,दिदी-बहिनी,आफन्त र नेपाली नारीहरुमा हरितालिका-तिज र बाबा बिश्वकर्मा पुजाको शुभ-अवसरमा हार्दिक मंगलमय शुभकामना 🌺 विघ्नहर्ता हेल्थ केयर किल्नीक परिवार 🌺❣️

आँखा पाक्ने रोग सम्बन्धी जानकारी..........................................................आज भोलि समुदायमा आँखा पाक्ने र...
01/08/2023

आँखा पाक्ने रोग सम्बन्धी जानकारी..........................................................

आज भोलि समुदायमा आँखा पाक्ने रोग (Conjunctivitis, Red eye) को प्रकोप बढेको पाइएको छ ।
बाटोमा हिड्दा, खेल्दा, मुख धुँदा आँखामा फोहर पदार्थहरु परेर आँखाको संक्रमण हुन सक्छ । यस अवस्थामा आँखा रातो हुने, चिलाउने, चिप्रा लाग्ने आदि लक्षणहरु देखिन्छन् । यस्तो अवस्थामा तुरुन्त उपचारको लागि आँखा उपचार केन्द्रमा लैजानु पर्छ ।

आँखा पाक्ने रोगबाट बच्ने उपायहरू:
● जथाभावी रुपमा आँखा नछुने / आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने ।
● सफा पानीले आँखा सफा गर्ने ।
● हरुले प्रयोग गरेका तौलिया / रुमाल प्रयोग नगर्ने ।
● व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

आँखा पाक्ने रोग लागिहालेमा के गर्ने ?
● पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने ।
● आँखा छोइसकेपछी हरेक पटक साबुन पानीले हात सफा गर्ने ।
● आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने ।
● कालो चस्माको प्रयोग गर्ने ।
● आफुले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने ।
● जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने ।

Note: जानेर वा अनजानमा आँखामा स्वास्थकर्मीको सल्लाह बिना औषधी वा अन्य कुनै पदार्थ प्रयोग गर्दा आँखाको बाहिरी नानीमा घाउ भई फूलो परेर आँखा नदेख्ने अवस्थामा पुग्न सक्छ । आँखामा प्रयोग हुने दुध जस्तो औषधि आँखाको समस्या भएमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्रै औषधी उपचार गराउन पर्छ र एक पटक दिएको औषधि बारम्बार आफैंले किनेर हाल्न हुदैन

07/06/2023

"लु लाग्ने सम्भावना छ, आवश्यक सतर्कता अपनाउनुहोला":

सबै जना सचेत रहनुस मास्क काे  प्रयाेग गर्नुस ।   विना कारण घरबाट बाहिर न निस्किनुस
24/12/2022

सबै जना सचेत रहनुस मास्क काे प्रयाेग गर्नुस । विना कारण घरबाट बाहिर न निस्किनुस

विश्व मधुमेह दिवस २०२२: मधुमेह शिक्षा, भोलीको सुरक्षा!    Visit us  we care to cure Vighnaharta Health Care Clinic.Bhara...
14/11/2022

विश्व मधुमेह दिवस २०२२: मधुमेह शिक्षा, भोलीको सुरक्षा!



Visit us
we care to cure
Vighnaharta Health Care Clinic.Bharatpur -6 Devnagar ,omsantichowk

29/09/2022
बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून् !!!
26/09/2022

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून् !!!

सम्पूर्ण नेपाली  जनतामा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
19/09/2022

सम्पूर्ण नेपाली जनतामा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

🦟डेँगी 'एडीस एजिप्टी' र 'एडिस एल्बोपिक्टस्' प्रजातीका लामखुट्टेहरूको टोकाइबाट सर्छ। त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइ...
02/09/2022

🦟डेँगी 'एडीस एजिप्टी' र 'एडिस एल्बोपिक्टस्' प्रजातीका लामखुट्टेहरूको टोकाइबाट सर्छ। त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।

डेँगी रोग लागेमा निम्न लक्षणहरू देखिन सक्छन्ः
- एक्कासि ज्वरो आउने
- टाउको, मांसपेशी तथा जोर्नी दुख्ने
- थकान महसुस हुने
- वाकवाकी लाग्ने वा बान्ता हुने
- आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रूचि नलाग्ने

यी लक्षणहरू देखिएमा तुरून्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

लामखुट्टेबाट जोगिने र लामखुट्टे नियन्त्रण गर्ने उपायहरूः
- पूरा बाहुला भएको लुगा लगाउने
- झुल भित्र मात्र सुत्ने
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
- घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
- खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
- साँझ र विहान करेशाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा / बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने
- गमलाको प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
- पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Vighnaharta Health Care Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram