30/12/2025
काठमाडौंमा मेडिकल साइन्स अध्ययन गर्दै गरेका एक नवयुवक को घतलाग्दो भोगाइ।।।
आयुर्वेद बिधाका Pseudo-science Practitioner र मेडिकल साइन्सको ज्ञान नभएका ब्यक्तिहरुको कारण कसरी मान्छेको स्वास्थ्यमा गम्भीर सङ्कट आउँछ एउटा उदाहरण:
यो घटना मेरो आफ्नै हो । SLC पछिको बिदामा म आफन्तको घरमा गएको थिए । बाहिरी जङ्कफुड, अस्वच्छ र हानिकारक खानेकुरा खाएको थिएन । तर मलाइ निम्न लक्षणहरु देखा परे:
1. ज्वरो - 5/6 दिन
2. खान अरुची, भोक नलाग्ने
3. थकान
4. बान्ता (Vomitting) - चौथो दिनमा ।
सम्भावित रोगका निदानहरु:
1. Acute viral infection
2. Systemic infection with dehydration
3. Acute Gastroenteritis
4. Pre-icteric अवस्थाको हेपाटाइटिस।
मलाइ KMC Hospital को Emergency मा लगियो । नर्सिङ विद्यार्थीले 3 पटक घोच्दा पनि मेरो नसा नभेटिएपछी सिनियर नर्सले नसा भेट्टाउनू भयो । त्यसपछि डाक्टरले IV fluids र औषधिहरु लेखिदिनु भयो । नसा नभेटिनुको अर्थ - मलाइ Dehydration भएको थियो ।
(यहाँसम्म मेरो उपचार एकदम सही थियो । अब Turning Point आउछ - Placebo, pseudo-science, Malpractice)
मेरो आफन्तले महाबौद्ध-असनमा भएको एउटा कबिराज/बैद्यको आयुर्वेदिक क्लिनिकमा लिएर जानू भयो । उसले मधुरो प्रकाश भएको कोठामा टर्च नबालिकन मेरो आखाको Conjunctiva मात्र हेर्यो । र सिधै निदान (Diagnosis) गर्यो - जन्डिस ।
Scleral icterus, LFT, Serum billirubin को जाँच नगरी नै उसले जन्डिस भनेर, केही आयुर्बेदिक औषधि र एउटा पर्चा भिडाएर पठायो । पर्चामा के खाने के नखाने भन्ने कुरा लेखिएको थियो ।
मेरो आफन्तहरुले मेडिकल तथ्य बाहिरको अज्ञानता र overstrict उपाय मेरो स्वास्थ्यमाथी apply गर्नु भयो । करिब एकमहिना सम्म साधा भात, तेल, बेसार र ingredients नहालेको र कम नुन हालेको दाल, साग र काक्रा खुवाउनु भयो । जसले गर्दा शरिरलाइ आवश्यक पर्ने क्यालोरी, प्रोटिन र अन्य पोषक तत्वको कमि भयो । यो starvation जस्तै हो, यदि सङ्क्रमण र कलेजोजन्य रोग थियो भने खानपिनको यस्तो बन्देज अझै घातक हुन्छ ।
एकमहिना पछि आफ्नो घर गए र खसिको मासु खाइदिए । गाउमा एकजना धामीले झारफुक गरेरै जन्डिस झार्छन भन्ने कुरा सुने । ती धामीलाइ भेट्न गए । उनले सफा कपडा, पत्रीका र मैनबत्ती लिएर आउनु भने। म ती सामानहरु लिएर गए, उनले खाटमा सुताएर कानमाथी कपडा राखे, कपडामाथी मैनबत्तीले पत्रीका जलाए । दुबै कानबाट कपडामा पहेलो पदार्थ जम्मा भयो । उनले भने - तिम्रो जन्डिस मैले कानबाट निकालिदिए अब ठिक हुन्छ ।
(वास्तविक मेडिकल तथ्य के हो भने: जन्डिसमा वृद्धि हुने बायोकेमिकल - बिलिरुबिनको निष्कासन हुने बाटो कान होइन, बिलिरुबिन पित्त नलिको बाटो भएर केही परिवर्तन हुँदै दिशा र पिसाबसग निस्कासन हुन्छ । कपडामा जम्मा भएको पहेलो पदार्थ कागजको रेसिन, सेरुमिन, कानेगुजी र मैन थियो । उनको उपचार विधि सस्तो भए पनि नितान्त Placebo विधि थियो ।)
त्यसपछि उनले तीन बोतल टररो झोल खान दिए । त्यो आयुर्बेदिक जडिबुटी भएपनी कलेजो खराबी (Hepatotoxicity) गराउन सक्थ्यो ।
दुई महिना पछि एकजना आफन्तले बिलिरुबिन जाँच गर्ने सल्लाह दिनुभयो । ताप्लेजुङ जिल्ला अस्पताल गएर सेरम बिलिरुबिन जाँच गराए । रिपोर्ट नर्मल आयो । दुई महिनासम्मको तनाब सकियो ।
यसरी एउटा Pseudo-science आयुर्वेदिक, चिकित्सकीय धर्म र मर्यादा नभएको ब्यक्तिको कारण दुख पाउनु पर्यो । आफुलाइ जन्डिस नै नभई दुई महिनासम्म अपर्याप्त पोषण, Stigma, मानशिक र शैक्षिक क्षती एउटा मान्छेको जिवनमा धेरै प्रभाव पार्ने असर भएकोले लेख्न उचित ठाने । मेडिसिनमा केही तथ्यहरु बुझ्दै गएपछी यसबारेमा लेख्नु जिम्मेवारीबोध भयो ।
केही दिनपछी आयुर्बेदिक pseudo-science practice, professional misconduct र Ethical violence को बारेमा अर्को उदाहरण लेख्नेछु ।