24/02/2025
रक्तचाप (High Blood Pressure) नसर्ने रोग (Non-Communicable Disease - NCD) अन्तर्गत पर्ने गम्भीर स्वास्थ्य समस्या हो। यसलाई “Silent Killer”Disease भनिन्छ किनभने यसको सुरुवाती लक्षणहरू प्रायः थाहा नपाइने हुन्छन्। यदि समयमै नियन्त्रण नगरेमा मुटु, मस्तिष्क, मृगौला, आँखा तथा अन्य महत्वपूर्ण अंगहरूमा गम्भीर असर पुर्याउन सक्छ।
उच्च रक्तचाप भनेको के हो ?
रक्तचाप भनेको रक्तनलीभित्र बहने रगतको दबाब हो। जब यो दबाब सामान्य भन्दा धेरै बढ्छ, त्यसलाई उच्च रक्तचाप भनिन्छ। सामान्यत: रक्तचाप 120/80 mmHg हुनुपर्छ ।
• सामान्य रक्तचाप: 120/80 mmHg
• पूर्व-उच्च रक्तचाप (Pre-Hypertension):
120-139/80-89 mmHg
• उच्च रक्तचाप (Hypertension Stage 1):
140-159/90-99 mmHg
• गम्भीर उच्च रक्तचाप (Hypertension Stage 2):
160/100 mmHg भन्दा माथि
उच्च रक्तचापको कारणहरू
✅ अस्वस्थ जीवनशैली – कम शारीरिक गतिविधि, धूम्रपान, मद्यपान
✅ अत्यधिक नुन सेवन – बढी नुन खानाले रक्तचाप बढ्न सक्छ
✅ मोटोपना (Obesity) – शरीरमा अत्यधिक बोसो जम्दा रक्तचाप बढ्न सक्छ
✅ तनाव तथा मानसिक दबाब – लगातारको तनावले
रक्तचाप बढाउँछ
✅ अनुचित खानपान – चिल्लो, बोसोयुक्त तथा प्रशोधित खानाले रक्तचाप बढाउने सम्भावना हुन्छ
✅ पारिवारिक इतिहास – यदि परिवारमा कसैलाई उच्च
रक्तचाप छ भने जोखिम बढ्न सक्छ
✅ उमेर (Age) – उमेर बढ्दै जाँदा उच्च रक्तचापको
सम्भावना बढ्छ
✅ मधुमेह (Diabetes) वा मृगौला रोग – यी रोग भएका व्यक्तिमा रक्तचाप बढ्न सक्छ
उच्च रक्तचापका लक्षणहरू:-
धेरै व्यक्तिलाई कुनै लक्षण देखिँदैन, तर गम्भीर अवस्थामा निम्न लक्षणहरू हुन सक्छन्:
⚠️ टाउको दुख्ने
⚠️ झिनझिन वा अत्यधिक थकान
⚠️ छातीमा असहजता वा पीडा
⚠️ आँखा धमिलो देखिने
⚠️ स्वास फेर्न गाह्रो हुने
⚠️ चक्कर लाग्ने
उच्च रक्तचापको सम्भावित जटिलताहरू:-
❌ मुटु रोग (Heart Attack, Heart Failure)
❌ मस्तिष्कघात (Stroke)
❌ मृगौला फेल (Kidney Failure)
❌ दृष्टि कमजोर हुनु वा अन्धोपन
❌ रक्तनली सम्बन्धी रोग (Aneurysm)
उच्च रक्तचाप रोकथाम तथा नियन्त्रण गर्ने उपायहरू:-
✔️ नियमित रक्तचाप जाँच गर्ने – कम्तीमा महिनामा एक
पटक चेक गर्नुहोस्
✔️ स्वस्थकर भोजन ग्रहण गर्ने – फलफूल, हरियो
सागसब्जी, कम नुनयुक्त खाना
✔️ शारीरिक व्यायाम गर्ने