दिब्यनगर स्वास्थ्य चौकी

दिब्यनगर स्वास्थ्य चौकी government of health instituition.

कोभिड -19 खोप सम्बन्धि सुचना।
05/03/2023

कोभिड -19 खोप सम्बन्धि सुचना।

10/04/2021

HJUJH

BNMT(birat nepal medical trust) र भरतपुर माहानगर पालिकाको सहयोगमा कोरोना (covid 19 ) रोग को संक्रमणको कारण  उच्च जोखिममा...
08/07/2020

BNMT(birat nepal medical trust) र भरतपुर माहानगर पालिकाको सहयोगमा कोरोना (covid 19 ) रोग को संक्रमणको कारण उच्च जोखिममा रहेका क्षयरोगको उपचाररत बिरामिहरुलाई खाध्य सामाग्रि तथा सरसफाई सामाग्री तथा सेनेटरि प्याड वितरण कार्यक्रम मार्फत संस्था वाट क्षयरोग को औषधि सेबन गरि रहनु भएको ब्यक्तिहरुलाई राहत वितरण गर्दाको केही तस्बिरहरु।

आगामि आ.ब 2077/2078 को लागि वार्ड स्वास्थ्य योजना तयार।
12/06/2020

आगामि आ.ब 2077/2078 को लागि वार्ड स्वास्थ्य योजना तयार।

26/03/2020

।।जानकारिको लागि ।।
महत्वपुर्ण सुचना, अबस्य पद्नुहोला र मनन गरि दिनु होला!

ैलने_चरण:
COVID19 लाई फैलाईको आधारमा चार चरणमा बर्गिकरण गरिएको छ।

#क) पहिलो चरण- बिदेशबाट आएकाहरूमा मात्र COVID 2019 पोजेटिभ देखिने चरण!

#ख) दोस्रो चरण- बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र COVID 2019 पोजेटिभ देखिने चरण!!

#ग) तेस्रो चरण- कहिँ कतै नगएका र बिदेबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई COVID 2019 पोजेटिभ देखिने चरण!!!

#घ) चौथो चरण- महामारीको चरण!!!!

#अबस्था:
चीन र इटली चौथो चरणमा गुज्रीरहेको छ।
भरत तेस्रो चरणमा प्रवेश गर्दैछ।
नेपाल पहिलो चरणमा छ।

#गल्ति:
#क) चीन:- भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झल्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

#ख) इटली:- भाइरसको बिषयमा इटलीलाई पूरा जानकारी भैसकेको थियो। इटली दूरिमा भर परे। एशियामा फैलिएको हो, यूरोपमा हामी छौं,- भन्ने नै इटलीको ठूलो भ्रम भयो। साथै जनताले पनि सजगता, पूर्व तयारी र सरकारले भनेको कुनै पनि आदेशको सहि पालना गरेनन्। यसकारण इटलीसंग पहिलो चरणमै Corona रोक्ने सामर्थ भएता पनि उसको हेलचेक्र्याईं र अनआज्ञाकारीताको कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु पर्यो।

#ग) भारत:- भाइरसको बिषयमा पूर्ण जानकारी भारतलाई छ। यसलाई रोक्न पूर्ण रूपले लागिपरेको पनि छ। तर इटलीको जनताझैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईं नै, भारत,- तेस्रो चरणमा पुग्नुको कारण बनेको छ।

#घ) नेपाल:- भाइरसको बिषयमा पूर्ण जानकारी छ। सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै भाइरसलाई रोक्न सक्छौं।

#बर्तमान_परिस्थिती:
चौथ चरण भएर गुज्रीएको चीन र इटलीको COVID19 अबस्था वर्णन नै गर्न नसकिने खालको छ। अर्थात् भयाबह छ।

त्यो तपाईं हामीले सोंचेभन्दा १०० टाईम्स् भयानक छ।

भारतको स्थिती डरलाग्दो बन्दै गएको छ।

#समीक्षा:
हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुनेछ। चौथो चरण त परको कुरा हो! त्यसैले हामीले COVID 2019 लाई पहिलो चरणमै हराउनु बुद्धिमानी हुनेछ। र यो सोचें भन्दा सजिलो पनि छ।

#निचोड:
क) लकडाउन र कर्फूको पालन गर्ने!
ख) घरबाट बाहिर निस्कँदै ननिस्कने!
ग) हात धोइरहने!
घ) मास्कको प्रयोग गर्ने!
ङ) सहि सुचना लिने र दिने!
छ) भिड र हुलबाट टाढा रहने!
ज) खोक्दा, ह्याछिउँ गर्दा मुख छोप्ने!
झ) COVID19 लक्षण देखिए तुरून्त अस्पताल जाने!
at home!
कृपया घर मै बस्नुहोला ।

जानकारिको लागि।
18/03/2020

जानकारिको लागि।

सुचना ।        सुचना।।       सुचना।।।
12/03/2020

सुचना । सुचना।। सुचना।।।

18/02/2020
सुचना।      सुचना।।      सुचना।।।यहि मिति २०७६/११/१५ गतेको दिन यस दिब्यनगर स्वास्थ्य चौकीमा भरतपुर आखाँ अस्पतालको सहयोगम...
17/02/2020

सुचना। सुचना।। सुचना।।।
यहि मिति २०७६/११/१५ गतेको दिन यस दिब्यनगर स्वास्थ्य चौकीमा भरतपुर आखाँ अस्पतालको सहयोगमा १ दिने निशुल्क आखाँ शिबिर संचालन हुने भऐकोले संबन्धित माहानुभावहरुले समयमै मौकाको फाईदा लिनुनुहुन जानकारि गराउदछौ।
थप जानकारिका लागि :-
9845084713, 9845440560, 9847622538, 9845070356, 9867204240, 9847138489
र सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेबिका हरु।

खुसिको खवर ।    खुसिको खवर।।             खुसिको खवर ।।।यहि मिति २०७६/११/१ गतेको दिन सन्तानको रहर पुगेकाहरुको लागि निसुल्...
11/02/2020

खुसिको खवर । खुसिको खवर।।
खुसिको खवर ।।।
यहि मिति २०७६/११/१ गतेको दिन सन्तानको रहर पुगेकाहरुको लागि निसुल्क स्थाइ बन्ध्याकरणको शिबिर संचालन हुने भएकोले सम्बन्धित इच्छुक माहानुभावहरुले समयमै मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
स्थान :- मेघौलि स्वास्थ्य चौकी।
मिति:- २०७६/११/१ गते।
समय:- १० बजे।
नोट:- मिनिल्याप गर्ने महिलाहरुले खालि पेटमा आउनुहुन जानकारि गराउदछौ।

Address

भरतपुर महानगरपालिका-२६
Bharatpur

Telephone

+9779856014560

Website

Alerts

Be the first to know and let us send you an email when दिब्यनगर स्वास्थ्य चौकी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to दिब्यनगर स्वास्थ्य चौकी:

Share