02/12/2024
तेज नारायण महत्तो, कावासोती-१४, नवलपुर निवासी, ब्रेन ट्युमर (मस्तिष्कको क्यान्सर) का कारण हातखुट्टा नचल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएको थियो। व्हीलचेयरको सहारामा जीवन बिताउनुपर्ने अवस्थामा रहे पनि उहाँले रेडिएसन थेरापीमार्फत उपचार गरी आफ्नो जीवनलाई फेरि नयाँ ऊर्जा दिँदै हुनुहुन्छ।
उहाँकी धर्मपत्नी ओमकुमारी महत्तो को निरन्तर साथ र हेरचाहले यो लडाइँलाई सम्भव बनायो। आज, तेज नारायण महत्तो पुनः सामान्य जीवनयापनतर्फ फर्किंदै हुनुहुन्छ, खुसीसाथ आफ्नो जितको खुसी बाँड्दै। ❤️
यो कथा सबै क्यान्सर विरामीहरूका लागि प्रेरणा हो—साहस, सही उपचार, र अनुभव बोकेका हातहरू भए क्यान्सरलाई जित्न सकिन्छ। 🙌
सि.एम.सी क्यान्सर इन्स्टिच्युट - तपाईंको स्वास्थ्य सेवाका लागि सदैव समर्पित छ।