om satya sai medicine center

om satya sai medicine center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from om satya sai medicine center, Medical and health, Bharatpur.

01/08/2025
05/07/2025
05/07/2025

डेंगी विरुद्ध खास उपचार छैन । डेंगीको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको 🦟🚫 टोकाइबाट बच्नु हे । अरु जान्नुपर्ने महत्वपूर्ण कुराहरु के के हुन् ? थप सुझावहरू 🔗 https://bit.ly/3aHFBO5

21/01/2025
21/01/2025

Down with a respiratory illness like the . Look after yourself and protect those around you..

21/01/2025

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान २०८१
यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एच.पि.भी. खोप दिईँदैछ ।

यो रोगको रोकथामका लागि नेपाल सरकारले कस्तो नीति लिएको छ?

पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन नेपाल सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको छ :
1️⃣ ९०% - १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो रोग विरुद्धको एच.पि.भी. खोप दिने,
2️⃣ ९०% - ३० वर्षभन्दा माथिको उमेरका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ्ग) गर्ने र
3️⃣ ९०% - यो रोगको निदान भएका महिलाहरूलाई उपचार गर्ने ।

National Health Education Information and Communication Centre Pradip Paudel

01/01/2025

केही समय यता बढ्दो चिसो सँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित पारेको छ। त्यसैले चिसोबाट बच्न यी उपायहरू अपनाऔँः
- शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔँ
- कोठा न्यानो पारौँ र पर्याप्त हावा ओहोरो दोहोरो हुने व्यवस्था गरौँ
- बालबालिका, वृद्ध-वृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई चिसोबाट बचाऔँ
- आमाको दूध खाने बालबालिकालाई नियमित रूपमा स्तनपान गराऔँ
- तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ, धूम्रपान तथा मद्यपान नगरौँ
- स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तै ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यार-घ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ
- सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला ब्रिकेट आदि बाली झ्याल ढोका बन्द गरेर कहिल्यै नसुतौँ। त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुन सक्छ
- आगो बालेको ठाउँमा बालबालिकालाई एक्लै नछोडौँ

Ministry of Health and Population-Nepal National Disaster Risk Reduction & Management Authority HEOC Family Welfare Division National Health Education Information and Communication Centre
#चिसो #शीतलहर

01/01/2025
09/11/2024

मानसिक स्वास्थ्य 🧠 शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ । आफ्नो ख्याल ♥ राख्नुहोस् ।

19/09/2024

बिरामीहरूको 🤧 लागि सही निदान प्राप्त गर्न सहयोग गर्ने ५ महत्वपूर्ण कुराहरु :

ढिलो, गलत वा अपूरो निदानले तपाईंको स्वास्थ्यमा ठूलो असर पर्न सक्छ ।

- आफ्ना सबै लक्षण र स्वास्थ्य समस्या बारे स्वास्थ्यकर्मीलाई बताउनुहोस्
- आफ्नो स्वास्थ्यको अवस्था, उपचार योजना पर्खिनु पर्ने समय बारे स्वास्थ्यकर्मीसँग सोध्नुहोस्
- स्वास्थ्यकर्मीलाई भेट्ने समय र उपचार बारे जानकारी राख्नुहोस्
- परीक्षणको नतिजा आएपछि पुनः स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोस्
- अरु स्वास्थ्यकर्मीबाट थप राय लिने ईच्छा भए नहिच्किचाउनुहोस्

Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre World Health Organization Nepal

19/09/2024

बिरामीको उपचारका दौरान कुनै पनि चरणमा निदानसँग सम्बन्धित त्रुटिहरू हुन सक्छ 🙏 त्यसैले, हामी सबै स्वास्थ्यकर्मीहरूलाई 👩‍⚕️👨‍⚕️ बिरामीको निदान गर्दा निम्न बुँदाहरूमा ध्यान दिन अनुरोध गर्दछौं ।

1️⃣ उत्कृष्ट अभ्यासहरू बारे अद्यावधिक रहनुहोस्
2️⃣ आफ्ना बिरामीहरूको विस्तिृत रुपमा मूल्याङ्कन गर्नुहोस्
3️⃣ विवेकपूर्ण रूपमा सोच्नुहोस् र पूर्वाग्रहको बारेमा सचेत हुनुहोस्
4️⃣ आफ्ना सहकर्मीहरूसँग खुला रूपमा कुराकानी गर्नुहोस्
5️⃣ सम्पूर्ण प्रक्रियामा बिरामीहरूलाई समावेश गर्नुहोस्

Address

Bharatpur

Telephone

+9779845112504

Website

Alerts

Be the first to know and let us send you an email when om satya sai medicine center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share