17/05/2024
उमेर बढेसँगै अपनाउनुपर्ने यी सुझावहरू
१• आफू स्वास्थ्य हुँदापनी निरन्तर चेक-अप गराउनुहोस् ।
२• तिर्खा नलागेपनी अधिक मात्रमा पानी पिउनुहोस् ।
३• कम बोल्नुहोस् ।
४• खानपानमा सन्तुष्ट हुनुहोस् ।
५• भगवानको स्मरण अवश्य गर्नुहोस् ।
६• प्राकृतिक जीवन शैली अपनाउनुहोस् ।
७• छोरी-बुहारीको काममा हस्तक्षेप नगर्नुहोस् ।
८• आफुले चाहेको जस्तो वा आफ्नो पालाको जस्तो कुनै चिज नपाए पनि चित्त बुझाउनुस, किनकि समय अपडेट भैरहन्छ कतिपय पुराना कुराहरू लोप भैसके ।
९• आफ्नो इच्छा जसरी पनि पूरा गर्ने जिद्दी नगर्नुहोस्।
१०• बारम्बार आफ्नो धनको घमण्ड नगर्नुहोस् ।
११• आफ्नो परिवारको समस्या अरुको अगाडि नराख्नुहोस्।
१२• घरमा आउने ब्यक्ति वा पाहुनासंग आफ्नो घरको कुनै नराम्रो कुरा नगर्नुहोस्।
१३• आफ्नो स्वास्थ्य अनुसार घरको काममा सहयोग गर्नुहोस्।
१४• बुढेसकालको शारीरिक कमजोरीलाई प्राकृतिक देनका रुपमा लिई खुशी-खुशी स्वीकार गर्नुहोस । रोगको उपचार हुन्छ तर उमेरको उपचार हुँदैन ।
१५• छोराछोरी तथा घरका सदस्यले सबै कुरा हामीलाई नै सोधेर गर्छन् भनेर आशा नगर्नुहोस् ।
१६• छोरा-बुहारीको कुरा छोरी ज्वाई संग र छोरी ज्वाइको कुरा छोरा-बुहारी संग बिर्सिएर पनि नगर्नुस् ।
१७• आफ्नो हरेक सन्तानलाई बराबर माया दिनुहोस् । कुनै सन्तान आर्थिक रूपमा कमजोर छ भने त्यसलाई केही गर्न सकेन भन्दै हेलाको भाव कदापि नराख्नुस ।
१८• कुनै एउटालाई गरेको ब्यवहार अर्कोसंग नलुकाउनुस । भोलि कतैबाट थाह भएमा त्यसले नराम्रो असर पार्नेछ ।
१९• आफ्नै दाजुभाइ वा हितैषी संग पनि आफ्नो घरको वा सन्तानको कमजोरी नभन्नुहोस् । बरु कुनै कमजोरी देखेमा घरभित्रै सुधार गर्ने कोसिस गर्नुहोस् ।
२०• सधैँ शान्त रहने कोसिस गर्नुहोस् । तपाईंको व्यवहार जस्तो हुन्छ, तपाइलाई पनि अरूले त्यस्तै व्यवहार गर्नेछन् ।
प्रस्तोता: सन्तोष कार्की मौसुफ