Chitwan Hospital Pvt Ltd

Chitwan Hospital Pvt Ltd Our first priority is sound health rather than business

14/04/2026
🚨 Job Vacancy Alert! 🚨चितवन हस्पिटल प्रा.लि. मा विभिन्न पदहरूमा कर्मचारी आवश्यकता।योग्यता पुगेका उम्मेदवारहरूले तुरुन्त ...
19/12/2025

🚨 Job Vacancy Alert! 🚨
चितवन हस्पिटल प्रा.लि. मा विभिन्न पदहरूमा कर्मचारी आवश्यकता।
योग्यता पुगेका उम्मेदवारहरूले तुरुन्त आवेदन दिनुहोस्।
📌 Details in the notice below 👇

"विश्व मधुमेह दिवस २०२५" — मधुमेह र काम गर्ने ठाउँबारे जनचेतना फैलाउँदै, निःशुल्क स्वास्थ्य परीक्षणमा सहभागी बनौं।📅 मिति...
10/11/2025

"विश्व मधुमेह दिवस २०२५" — मधुमेह र काम गर्ने ठाउँबारे जनचेतना फैलाउँदै, निःशुल्क स्वास्थ्य परीक्षणमा सहभागी बनौं।
📅 मिति: कार्तिक २८ गते, शुक्रबार
📍 स्थान: चितवन अस्पताल प्रा. लि., चौबीसकोठी, भरतपुर

09/09/2025

प्रेश बिज्ञप्ती

चितवन सहित देशका विभिन्न जिल्लाहरुमा भएको जेन-जी युवाहरुको आन्दोलनको क्रममा अमुल्य जीवन गुमाउनु भएका सम्पूर्ण महानुभावहरु प्रति चितवन हस्पिटल प्रा. लि. गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

यस आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरुका लागि चितवन हस्पिटल प्रा. लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्ने व्यवस्था गरेको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो बिज्ञप्ती प्रकासित गरिएको छ ।

आवश्यक सेवाको लागि कृपया यस अस्पतालको आपत्कालिन सेवाको सम्पर्क नं. ०५६-४९३१०१/४९३६७२ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

अस्पताल प्रशासन

चितवन हस्पिटल प्रा. लि.

11/07/2025

कुन बेला ढाडको दुखाई हुँदा डाक्टरलाई देखाउने त???

खुशीको खबर !!!ग्राण्डी अन्तराष्ट्रिय अस्पताल काठमाडौबाट दक्षता एवम् अनुभव प्राप्त हाड-जोर्नी, नशा, मेरुदण्ड (स्पाईन) तथा...
09/07/2025

खुशीको खबर !!!
ग्राण्डी अन्तराष्ट्रिय अस्पताल काठमाडौबाट दक्षता एवम् अनुभव प्राप्त हाड-जोर्नी, नशा, मेरुदण्ड (स्पाईन) तथा बाथरोग विशेषज्ञ हाल चितवन अस्पतालमा

मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर ।
04/03/2025

मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर ।

जोखिममा हुनेले कम उमेरमै र त्यसपछि समय–समयमा स्क्रिनिङ गराउनुपर्छ। सुरूआती अवस्थामै क्यान्सर पत्ता लगाउन सकियो भने उपचार...
04/03/2025

जोखिममा हुनेले कम उमेरमै र त्यसपछि समय–समयमा स्क्रिनिङ गराउनुपर्छ। सुरूआती अवस्थामै क्यान्सर पत्ता लगाउन सकियो भने उपचार गर्न सजिलो हुन्छ।

हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई क्यान्सर छैन। उनकी आमालाई डिम्बासयको क्यान्सर थियो। जोलीले जचाउँदा (स्क्रिन....

चितवन हस्पिटल प्रालि र काठमाडौंस्थित ह्याम्स हस्पिटलले तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा निःशुल्क स्वास्थ्य शिविर...
03/03/2025

चितवन हस्पिटल प्रालि र काठमाडौंस्थित ह्याम्स हस्पिटलले तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा निःशुल्क स्वास्थ्य शिविर गरेका छन्।
वडा कार्यालयसँगको सहकार्यमा गरिएको पार्वती माविमा गरिएको स्वास्थ्य शिविरमा ४ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा दुई सय जनाको मधुमेह परीक्षण गरिएको चितवन हस्पिटलका सञ्चालक समिति सदस्य तथा पेट, छाती, मुटु तथा मधुमेह रोग विशेषज्ञ प्राध्यापक डा.विजयप्रसाद पौडेलले जानकारी दिए। उनीहरुमध्ये नयाँ १२ जनामा मधुमेह पहिचान भएको उनले बताए।
शिविरमा मेडिसन, हाडजोर्नी, प्रसुती, बाल रोग, नाक, कान, घाँटीलगायतको विशेषज्ञ सेवा प्रदान गरिएको थियो। १ सय ३० जनाको भिडिओ एक्सरे र एक सय जनाको ईसिजी गरिएको पौडेलले बताए। शिविरमा आएका बिरामीहरुलाई अस्पताल तथा विभिन्न औषधि उत्पादक कम्पनीबाट संकलन भएका औषधिहरु वितरण गरिएको थियो।
स्वास्थ्य शिविरमा प्रा.डा.विजयप्रसाद पौडेल, बालरोग विषेशज्ञ डा.कृष्णसागर शर्मा, स्त्रिरोग विशेषज्ञ डा.सुनिता आचार्य र डा.जीवन परियार, सर्जन डा.रसेस श्रेष्ठ, ह्याम्स अस्पतालका डा.चतुरानन्द यादव, रेडियोलजिष्टहरु डा.ज्ञानबहादुर श्रेष्ठ, डा.अमित चौधरी र नाक, कान, घाँटी रोग विशेषज्ञ कुमार श्रेष्ठलगायतका १४ जना चिकित्सकहरुले सेवा दिएका थिए। चितवन हस्पिटलकातर्फबाट एक दर्जनबढी प्राविधिकहरु बिरामीको सेवामा खटेको अस्पतालका कार्यकारी निर्देशक भोलानाथ पौडेलले जानकारी दिए।
प्रा.डा.विजयप्रसाद पौडेलले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विकट क्षेत्रमा पुगेर विपन्न नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको बताए।
देवघाट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मणिराज गुरुङले अस्पतालसम्म सजिलो पहुँच नहुँदा उपचारको अभावमा नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था अझै रहेको बताए। कोटामा ठूलो संख्यामा विशेषज्ञसहितको स्वास्थ्य शिविर पहिलो पटक आयोजना भएको उनले बताए। ‘बिरामी हुँदा समान्य औषधि पनि नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता गाउँमा अझै पनि छ। सरकारले सन्तोषजनकरुपमा स्वास्थ्य सेवा दिन सकेको छैन,’ गुरुङले भने, ‘यो अवस्थामा निजी अस्पतालका विशेषज्ञ डाक्टरहरु आएर सेवा दिँदै धेरै नागरिकले सेवा पाउनुभयो।’

Prevent mosquito Bites
22/09/2024

Prevent mosquito Bites

Address

Bharatpur 10 Chitwan
Bharatpur
44207

Alerts

Be the first to know and let us send you an email when Chitwan Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Chitwan Hospital Pvt Ltd:

Share

Category