
22/01/2025
पाठेघरको मुखको क्यान्सर विरूद्ध एच.पि.भी खोप अभियानको मुख्य जानकारी:
1. अभियानको मिति:
२०८१ माघ २२ देखि फाल्गुण ६ सम्म।
2. लक्षित समूह:
कक्षा ६ देखि १० सम्मका छात्राहरू।
विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरू।
3. खोप केन्द्र:
मुख्यतः विद्यालय केन्द्रित खोप केन्द्रहरू।
4. किन प्रयोग गरिन्छ?
एच.पि.भी. खोप पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न प्रयोग गरिन्छ।
यो खोपले मानव प्यापिलोमा भाइरस (एच.पि.भी.) को संक्रमण रोक्छ, जसले पाठेघरको मुखको क्यान्सरलगायत अन्य स्वास्थ्य समस्याहरू निम्त्याउँछ।
5. थप जानकारीका लागि:
हेल्लो हेल्थ कल सेन्टर: १११५ (पैसा नलाग्ने)।
विद्यालयका नर्स तथा शिक्षक।
स्वास्थ्यकर्मी र स्थानीय तहका जनप्रतिनिधि।
https://www.facebook.com/share/15wGSK6dcJ/
पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान २०८१ - माघ २२ देखि फागुन ६ गते सम्म!
कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई मुख्यतः विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट एच.पि.भी खोप दिइँदैछ।
थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पैसा नलाग्ने हेल्लो हेल्थ कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।
Source: National Health Education Information and Communication Centre