Koshi Province Public Health Laboratory,Biratnagar

Koshi Province Public Health Laboratory,Biratnagar A PUBLIC HEALTH LABORATORY UNDER PROVINCE GOVERNMENT OF KOSHI PROVINCE

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा विभिन्न जिल्लाबाट कुरियरमार्फत ६०० भन्दा बढी सेवाग्राहीका प्रयोगशालाजन्य नमुनाहरू प्राप्...
02/06/2025

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा विभिन्न जिल्लाबाट कुरियरमार्फत ६०० भन्दा बढी सेवाग्राहीका प्रयोगशालाजन्य नमुनाहरू प्राप्त भई परीक्षण गरिएको छ। परीक्षण पश्चात सम्बन्धित निकायहरूमा नतिजा प्रदान गरिएको छ। यसै क्रममा, परीक्षण अनुसारको राजस्व समेत दाखिला हुन थालेको छ। इटहरी नगरपालिका अन्तर्गत इटहरी नगर अस्पतालले हालसम्म रु २२,१५० राजस्व दाखिला गरेको छ।
यद्यपि राजस्वभन्दा पनि महत्वपूर्ण पक्ष सेवा प्रवाह नै हो, जसले जनस्वास्थ्य प्रणालीमा विश्वास र प्रभावकारिता थप्न सहयोग पुर्‍याएको छ।

(प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कोसी, विराटनगर र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौंबीच नमुना प्रेषण तथा पर...
21/05/2025

(प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कोसी, विराटनगर र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौंबीच नमुना प्रेषण तथा परीक्षणसम्बन्धी सहकार्य)

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कोसी, विराटनगरबीच सहकार्य भई, प्रदेश प्रयोगशालामा उपलब्ध नभएका सेवाहरू नागरिकहरूलाई सर्वसुलभ रूपमा उपलब्ध गराउन कुरियर सेवामार्फत नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रेषण गरिने व्यवस्था गरिएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कोसी प्रदेशअन्तर्गतका सबै जिल्लाका प्रादेशिक अस्पतालहरू तथा केही स्थानीय तहका नगर अस्पतालहरूसँग नमुना प्रेषण तथा परीक्षणका लागि सम्झौता गरिसकेको छ।

यससँगै, अब स्थानीय तहदेखि प्रादेशिक तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच कुरियर सेवामार्फत प्रयोगशालाहरूको सञ्जालिकरण भएको छ। प्रयोगशाला क्षेत्रमा तीनै तहका सरकारहरूबीच समन्वय र सहकार्य थप सुदृढ भएको छ।

यसले रोग निदानका लागि नमुना विदेश पठाउनु पर्ने अवस्था वा अन्यत्र रिफर गर्नुपर्ने आवश्यकता घटाउन निश्चित रूपमा सहयोग पुर्‍याउनेछ।

स्वास्थ  प्रयाेगशालाकर्मिहरुकाे क्षमता अभिव्रिधिकालागि  TB MICROSCOPY तथा LQAS सम्वन्धि  दुई व्याचकाे ६-६ दिने तालिमका क...
12/05/2025

स्वास्थ प्रयाेगशालाकर्मिहरुकाे क्षमता अभिव्रिधिकालागि TB MICROSCOPY तथा LQAS सम्वन्धि दुई व्याचकाे ६-६ दिने तालिमका केही क्षणहरु।

यो कुरियर ताप्लेजुङ  जिल्ला अस्पतालवाट त्यस अस्पतालमा  परिक्षण  गर्न असम्भव नमुना , अस्पतालमामै गएर संकलन   गरि  प्रदेश ...
03/04/2025

यो कुरियर ताप्लेजुङ जिल्ला अस्पतालवाट त्यस अस्पतालमा परिक्षण गर्न असम्भव नमुना , अस्पतालमामै गएर संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ढुवानी गरिदैछ ।यसको ढुवानीको सम्पुर्ण खर्च प्रदेश सरकारकै रहेको छ।यो सेवा १४ जिल्लामै विस्तारित छ। यो संगै प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा १४ जिल्लाकै नागरिकले आफ्नै जिल्लावाट समेत लिन सक्ने भएका छन।

आज मिति २०८१-११-२५ ग​ते मान​निय​ स्वास्थ्य​ म​न्त्रि भुपेन्द्र​ राइ ज्यु को प्र​मुख अविभाव​कत्व​मा श्रीमान सचिव, निर्देश...
09/03/2025

आज मिति २०८१-११-२५ ग​ते मान​निय​ स्वास्थ्य​ म​न्त्रि भुपेन्द्र​ राइ ज्यु को प्र​मुख अविभाव​कत्व​मा श्रीमान सचिव, निर्देशक त्रय ,स्वास्थ्य कार्यलय प्रमुख, माहाशाखा प्रमुख,अस्पताल मे.सु, विश्व स्वास्थ सङगठन प्रतिनिधि, पत्रकार लगायतको उपस्तिथिमा कोशी प्रदेश अन्तर्ग​तका स्वास्थ सस्थाहरु र प्रदेश जन्स्वास्थ्य प्रयोशाला बिचमा कुरियरको माध्यामबाट नेट्वरकिङ स्थापना गरि ,नमुनाहरु प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रेषणगरि परिक्षण गर्ने सम्वधमा छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो। यस कार्यले दुरदराजका जनमानसलेे समेत प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा पाउने साथै नमुना/समाग्री ढुवानि छिटो छरितो , सर्वसुलभ मूल्यमा हुने बिस्वास लिईएको छ।

प्रदेश जनस्वास्थ्य  प्रयाेगशाला, काेशि प्रदेश द्वारा अायाेजित १ महिने अाैलाे राेग सम्बन्धि प्रयाेगशालाकर्मिहरुलाई आधारभू...
05/03/2025

प्रदेश जनस्वास्थ्य प्रयाेगशाला, काेशि प्रदेश द्वारा अायाेजित १ महिने अाैलाे राेग सम्बन्धि प्रयाेगशालाकर्मिहरुलाई आधारभूत मलेरिया माईक्रोस्काेपि तालिम

प्रदेश जनस्वास्थ्य प्रयाेगशाला,काेशि प्रदेश का भुत पुर्व निर्देशक तथा हाल मधेश प्रदेश जनस्वास्थ्य प्रयाेगशालाका निर्देशक...
27/02/2025

प्रदेश जनस्वास्थ्य प्रयाेगशाला,काेशि प्रदेश का भुत पुर्व निर्देशक तथा हाल मधेश प्रदेश जनस्वास्थ्य प्रयाेगशालाका निर्देशक स. प्र. माइक्राेवायाेलाेजिष्ट(दशाैं) श्री प्रणव कुमार यादव ज्युकाे फेरि भेटाैला तथा शुभकामना अादान प्रदान कार्यक्रम ।

प्रदेश जनस्वास्थ्य प्रयाेगशाला,काेशि प्रदेश,विराटनगर द्वारा दुई ब्याचलाई ७-७ दिने   AMR SURVEILLANCE तथा BASIC BACTERIOL...
26/01/2025

प्रदेश जनस्वास्थ्य प्रयाेगशाला,काेशि प्रदेश,विराटनगर द्वारा दुई ब्याचलाई ७-७ दिने AMR SURVEILLANCE तथा BASIC BACTERIOLOGY सम्बन्धि तालिमका केही झलकहरु ।

Beautiful and Charismatic Garden of PPHL Koshi!!!Thanks to all the supporting staffs
08/01/2025

Beautiful and Charismatic Garden of PPHL Koshi!!!
Thanks to all the supporting staffs

New PPHL Koshi Brochure 2081Diagnostic Service Rate Lists !!!
28/10/2024

New PPHL Koshi Brochure 2081
Diagnostic Service Rate Lists !!!

04/10/2024

Address

Biratnagar, Koshi Province
Biratnagar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779852037240

Alerts

Be the first to know and let us send you an email when Koshi Province Public Health Laboratory,Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Koshi Province Public Health Laboratory,Biratnagar:

Share