23/05/2026
बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नका लागि मिति २०८३ जेठ ८ गते शुक्रबार आयोजना गरिएको Endotracheal Suctioning सम्बन्धी Workshop सफलतापूर्वक सम्पन्न भएको छ।
यस Workshop मा Endotracheal Suctioning को परिचय, महत्त्व र Indications, Suctioning को लागि आवश्यक उपकरणहरूको पहिचान र तयारी, Open र Closed Suction System को भिन्नता र सही प्रयोग, Suctioning को सही तरिका र Aseptic Procedure, Suction Catheter को सही Size छनोट र Suction Pressure को मापदण्ड, Suctioning अघि Pre-oxygenation को महत्त्व र विधि, Suctioning को क्रममा बिरामीको Monitoring र मूल्यांकन, Suctioning बाट हुन सक्ने सम्भावित Complications जस्तै Hypoxia, Bradycardia, Mucosal Injury र Infection को पहिचान र व्यवस्थापन, Suctioning को सही अवधि र आवृत्ति निर्धारण तथा Suctioning पश्चात् बिरामीको समग्र Monitoring र Nursing Care लगायतका महत्त्वपूर्ण कुराहरु सिकाईएको थियो ।
बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नर्स एजुकेटरहरूको समर्पित समूहले स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, दक्षता र क्षमता अभिवृद्धि गर्ने यस्ता गुणस्तरीय तालिम तथा कार्यक्रमहरू निरन्तर र व्यवस्थित रूपमा सञ्चालन गर्दै आएको छ, जसले हस्पिटलको सेवा गुणस्तर उच्च बनाउन र आधुनिक स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।