Dr Ajay Kumar Gupta MD

Dr Ajay Kumar Gupta MD Dr Ajay Kumar Gupta

CHOLERA / हैजा  IN BIRGUNJ  , Take Precautions  !! हैजा दूषित पानी र खाना खाँदा सर्ने एक गम्भीर रोग हो। यसबाट बच्न हामी ...
23/08/2025

CHOLERA / हैजा IN BIRGUNJ , Take Precautions !!

हैजा दूषित पानी र खाना खाँदा सर्ने एक गम्भीर रोग हो। यसबाट बच्न हामी सबैले केही सरल तर महत्वपूर्ण बानी अपनाउन आवश्यक छ:

✅ सधैं सफा र उमालेको पानी मात्र पिउनुहोस्।
✅ खाना राम्ररी पकाएर मात्र खानुहोस्।
✅ खाना खाने वा पकाउने अघि साबुनपानीले हात राम्ररी धुनुहोस्।
✅ खुला दिशामुक्त शौचालय प्रयोग गर्नुहोस्।
✅ फोहरलाई निश्चित ठाउँमा संकलन गरी व्यवस्थापन गर्नुहोस्।
✅ पेट दुख्ने, बारम्बार पातलो पखाला लाग्ने वा बान्ता हुने लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जानुहोस् !!!

Its Been Almost 4 Years Now , Meet the 1st patient whom we Perfromed Endosocpic Varicial Band Ligation for the Firts tim...
01/08/2025

Its Been Almost 4 Years Now , Meet the 1st patient whom we Perfromed Endosocpic Varicial Band Ligation for the Firts time In Birgunj ...The Patient came all the way from Bihar to Birgunj and then to Provincial Hospital Kalaiya for a follow up visit !!!

Continuing the Dedication !!!
01/08/2025

Continuing the Dedication !!!

नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना 🌹 🌹 🌹
14/04/2025

नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना 🌹 🌹 🌹

Successfully Conducted 3 days Heart screening Camp , about 5000 children's and 750 Adults in Bardibas and Malangwa , Rea...
22/02/2025

Successfully Conducted 3 days Heart screening Camp , about 5000 children's and 750 Adults in Bardibas and Malangwa , Really Privileged to Work with Cardiology Legends of Nepal Dr Prakash Raj Regmi , Dr Abani B Upadhyaya , Dr Prem Raj Baidya and the Team , Special thanks to Mayor of Malangwa Nagendra prasad Yadav and Mr Shivaji Roy Yadav for such a great Hospitality 🌹💐

Appointed as Medical Superintendent of Provencial Hospital Kalaiya for the Second Time , will do my best to Justify all ...
16/01/2025

Appointed as Medical Superintendent of Provencial Hospital Kalaiya for the Second Time , will do my best to Justify all the trust and the Oppertunity Provided 🙏 🌹

Back to work after Successful Completion of APAAACI 2024 Congress , Kuala Lumpur Malasiya !!!
17/12/2024

Back to work after Successful Completion of APAAACI 2024 Congress , Kuala Lumpur Malasiya !!!

Wishing a Very Happy Vijaya Dashami to all 💐🎉🎊
12/10/2024

Wishing a Very Happy Vijaya Dashami to all 💐🎉🎊

Whenever You are in a position to help someone, Just Do it and be glad,                                                 ...
03/10/2024

Whenever You are in a position to help someone, Just Do it and be glad, Because God may be answering someone’s Prayers through You ! Happy Ghatasthspana And Navaratri to All 🌹

02/10/2024

Happy Patient with Improved Quality of Life !
कलेजो लगभग अन्तिम चरण सम्म बिग्रि अस्पताल मा भर्ना भै उपचार गराउनु देखि आजको दिनमा घरको कामकाज र खेतिपाती गर्नसक्ने योग्य हुनुको यात्रा , Much More to Go 🙏

प्रादेशिक अस्पताल  कलैयामा नेपाल  सरकारको  तर्फ बाट 100 % निशुल्क Dialysis सेवा सुचारु , यस प्रक्रिया मा सहयोग पुर्याउनु...
23/09/2024

प्रादेशिक अस्पताल कलैयामा नेपाल सरकारको तर्फ बाट 100 % निशुल्क Dialysis सेवा सुचारु , यस प्रक्रिया मा सहयोग पुर्याउनु भएको सबैमा हार्दिक धन्यवाद !!!

सेवाग्राहीलाई अनुरोध तथा जानकारीअस्पताल बिरामी भएर जाँदा मुख्यत: OPD मा जांच गराउन जाँदा, हामीहरु होटेलमा नास्ता खान गए ...
18/09/2024

सेवाग्राहीलाई अनुरोध तथा जानकारी
अस्पताल बिरामी भएर जाँदा मुख्यत: OPD मा जांच गराउन जाँदा, हामीहरु होटेलमा नास्ता खान गए जसरी जाने ,आंफुलाई जे गर्न मन छ गर्ने अनि फर्किने हाम्रो बानी त्यति उपलब्धिमुलक हुँदैन ।
तसर्थ अस्पतालमा स्वास्थ्य अवस्था जाँच गर्न जाँदा निम्न कुराहरुलाई मध्यनजर गरेर जाँदा उत्तम हुन्छ:

१. अस्पताल जाँदा आफ्ना पुराना स्वास्थ्य सम्बन्धी कागजात छन भने लिएर जाने साथै नियमित खाने तथा हाल सेवन गरिरहेका औषधिसमेत लिएर जाने बानी बसाल्नु पर्छ। यसले गर्दा बिरामीको पुरानो स्वास्थ्य अवस्था र हालको स्वास्थ्य अवस्था बिच दाँज्न सजिलो हुन्छ। औषधिसमेत लगेको अवस्थामा आंफुले खाईरहेको औषधि सहि छ या खाने तरीका सहि भैराखेको छ छैन भन्ने थाहा हुन्छ।

२. अस्पताल नितान्त आफ्नो समस्या तथा सहि सरसल्लाह लिने हेतुले जानुहोस न कि मेरो यो जाँच गर्ने मन लागेर आएको , मेरो Video X Ray गर्दिनुस, X - ray गर्दिनुस, मेरो यो रगत जाँच गर्दिनुस भनेर भन्दा आंफुलाई आवश्यक पर्ने जाँच भने छुटिरहेको हुन्छ। त्यसले आंफैलाई सम्म्स्या निम्त्याउने हो। त्यसैले यो गर्दिनुस भन्नू भन्दापनी मेरो समस्या यो छ भनेर सुनाउनुहोस अनि सल्लाह सुन्नुहोस पनि।

३. "Whole Body Checkup" भन्ने भ्रम बाट टाढा रहनुहोस। समस्या अनुसार आवश्यक पर्न्ने जाँच गर्नु आवश्यक हो। Whole Body Checkup एक अर्थमा असान्दर्भिक र असम्भव जाँच हो। समस्या नभएतापनी गरिने जाँच हरु विशेषगरी ३५ बर्ष उमेरसमुह काटिसकेपछी र कतिपय अवस्थामा वङ्साणुगत रोगहरुलाई अलिक पहिले नै screening गर्नु पर्न्ने हुन्छ। त्यस्तो जाँचलाई Routine Checkup भनिन्छ र आवश्यक रोगहरुको screening भने गर्नुपर्न्ने हुन्छ।

४. अस्पताल OPD चेक अप गर्न जानेहरु अलिक समयमै पुग्नु जस्ले गर्दा आवश्यक जाँच तथा report हरु पनि समय दिएर मुल्यांकन गर्न्न सकियोस र हतार हतारमा कुनै निर्णय नहोस।

५. सकेसम्म अस्पताल जाँदा एक जना साथी लिएर जानुहोस। अझ विशेषगरी वृद्ध आमाबुबा लाई एक्लै अस्पताल नपठाउनुहोस। वहाँहरुमा कान नसुन्ने, राम्रो सङ्ग देख्न नसक्ने, अस्पतालमा अलमलिने समस्याले वहाँहरुलाई एक सारथि आवश्यक हुन्छ। साथै वहाँ हरुको समस्या बुझ्न तथा बुझाउन मात्र नभै उपचारका सरसल्लाहको लागि पनि पारिवारिक सदस्यको महत्वपूर्ण भुमिका हुन्छ।

६. चिकित्सक लाई अत्याउने तथा हतोत्साहित बनाउने काम नगर्नुहोस। यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बिरामीलाई नै असर पर्ने हुन्छ। चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अस्पतालका एक कर्मचारी मात्रै हुन। सबैथोक उनिहरुको हातमा हुँदैन भन्ने बुझ्नुहोस। उनिहरुले तपाईजस्तै सयौंलाई आफ्नै मानेर उपचार गर्नु पर्ने हुन्छ। मुख्य कुरा: चिकित्सक भगवान हैनन, केवल आफ्नो ज्ञान प्रयोग गरेर तपाईंहरुलाई सहयोग गर्ने कोशिश मात्रै गर्ने हुन, ज्यानको जिम्मा लिने होइनन।

७. "यस्सो देखाएर गैहाल्ने हो !" भन्ने मानसिकताबाट टाढा रहनुहोस। सानो समस्या भएतापनी त्यसलाई चिकित्सकले राम्ररी नियाल्नु पर्छ। त्यसलाई नजरअन्दाज नगर्नुहोस।

८. "सुखमा न आत्त्तिने दुखमा नमात्तिने !" गाह्रो भएर आएको बेला सेकेन्ड भित्रै हतारहतारमा उपचार चाहिने, नभए अत्याउने गाली गलौज गर्ने , अनि अलिकती ठिक भएको महसुस हुनासाथ घरै जान हतार हुने। कुनै पनि उपचारको पद्धति हुन्छ, त्यसलाई आत्मसात गर्न कोशिस गर्नुहोस। "धान रोप्ने बित्तिकै फल्दैन", समय लिन्छ। यसैगरी औषधिलाई पनि काम गर्न अलिकती समय लाग्छ कुनैलाई छिटै, कुनैलाई अलिक बढी। यो कुरामा ज्ञात रहनुहोस।

९. आंफू पनि अनुशासनमा रहनुहोस र अरुलाई पनि अनुशासित रहन प्रेरित गर्नुहोस।

धन्यवाद !!
Copied

Address

Birgunj

Telephone

+97751520269

Website

Alerts

Be the first to know and let us send you an email when Dr Ajay Kumar Gupta MD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Ajay Kumar Gupta MD:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category