17/01/2026
प्रभु अस्पतालको सक्रिय सहभागितामा जेष्ठ नागरिकहरूको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम आज सम्पन्न भएको छ।
जेष्ठ नागरिक संघ, पर्सा (वीरगञ्ज) को आयोजनामा आज मिति ०३/१०/२०८२ मा सम्पन्न उक्त कार्यक्रम संघका अध्यक्ष बैजनाथ प्रसाद कोइरीको अध्यक्षतामा भएको थियो। बिहान ९ बजेदेखि ११ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा ५० भन्दा बढी जेष्ठ नागरिकले स्वास्थ्य परीक्षण गराएका छन्।
कार्यक्रममा प्रभु अस्पतालको अनुभवी चिकित्सक टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। स्वास्थ्य जाँचमा डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा तथा डा. विलय सुवेदीले सेवा प्रदान गरेका थिए। प्रभु अस्पतालले चिकित्सक, स्वास्थ्य सामग्री तथा परामर्श सेवा उपलब्ध गराएर कार्यक्रम सफल बनाउन उल्लेखनीय योगदान दिएको आयोजकले जनाएको छ।
आयोजक संस्थाका अनुसार जेष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण, रोग पहिचान र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु अस्पतालसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।