
14/05/2024
ट्रामाडोल र टपेन्टाडोलजस्ता मनोद्दीपक औषधि चिकित्सकको सिफारिसविना बिक्री गरेमा फार्मेसी सञ्चालकमाथि १० वर्षसम्म कैद सजाय हुने भएको छ । औषधि पसलबाट यस्ता औषधिको व्यापक दुरुपयोग हुँदा लागुऔषध दुर्व्यसनी बढेको निष्कर्षसहित सरकारले लागुऔषधसम्बन्धी ऐन संशोधन गरी फार्मेसी सञ्चालकमाथि कडाइ गरेको हो ।