16/09/2023
आन्दोलन चर्काउँदै चिकित्सक संघ: आइतबारबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
नेपाल चिकित्सक संघले आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ । हेटौंडास्थित सन्चो अस्पतालका दुई जना चिकित्सकहरु डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।