02/10/2022
✍️ शरद ऋतुचर्या भाग १ - डेंगु, चिकनगुनिया वा भाइरल ज्वरो लामखुट्टे मारेर होइन, गुलियो खीर, तितो दत्युन र टर्रो सौंफ खाए भाग्छ।
शरद ऋतु - असोज र कार्तिक दुई महिना।
🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
परिवर्तन नै संसारमा शाश्वत छ, अर्थात् यो संसार परिवर्तनशील छ। दिन पछि रात, रात पछि दिन, सुख पछि दु:ख, दु:ख पछि सुख आउने निश्चित छ; त्यसैगरी ग्रीष्म ऋतु पछि वर्षा, र वर्षा ऋतु पछि शरदको आगमन शाश्वत छ। महर्षि चरक, वाग्भट्ट आदि सबै ऋषिहरूले ऋतु परिवर्तन हुंदा सबै प्रकृति, दोष र व्यवहार माथि गहन अध्ययन गरेर आफूद्वारा लिखित महान् ग्रन्थहरू (चरक संहिता, अष्टांगहृदय) को सूत्रस्थानमा ऋतुचर्यामाथि पूरा अध्याय लेखेर प्रकृति सम्मत व्यवहार या आचरण गर्दै सारा संसारको स्वास्थ्यका लागि कामना गरेका र नियम बताएका छन्।
यदि हामीले यिनै नियमहरूको पालना गर्यौं भने ऋतु परिवर्तनका कारण लाग्ने सानातिना रोगहरू, जुन विगत आठ-दश वर्षदेखि महामारी बनेका छन्, तिनलाई परास्त गर्ने बायाँ हातको खेल हुनेछ।
कुनै वर्ष डेंगु, कुनै वर्ष चिकुनगुनिया, कुनै वर्ष भाइरल, कहिले मलेरिया त कहिले दुई-तीन रोग मिलेर, यसरी उपरोक्त नामका रोगहरूले शरद्ऋतुमा देशभर हाहाकार मच्चाउँछन्।
करोडौं रुपैयाँको टर्नओभर, ट्याक्स, जि.डि.पि. बढाउने यी रोगहरूले एलोप्याथिक डाक्टरहरू, औषधि कम्पनीहरू, डायग्नोस्टिक ल्याबहरू, अस्पतालहरू र सरकारलाई एकै सिजनमा मालामाल बनाउंछन्, र असहाय जनताले आफ्नो मेहनतको कमाइ लुटाउने मात्र होईन, हजारौंले ज्यान पनि गुमाउंछन्।
जबकि यसको विपरित आयुर्वेदमा यसको रोकथाम र उपचार एकदमै सरल, घरेलु र निःशुल्क जस्तै छ।
सबै ६ ऋतुहरू (ग्रीष्म, वर्षा, शरद, हेमन्त, शिशिर, बसन्त) मध्ये शरद ऋतुमा धेरैजसो सरुवा रोगको जोखिम स्वाभाविक रूपमा बढ्दछ। त्यसैले भनिने पनि गरिन्छ - "रोगाणाम शारदी माताः", अर्थात् शरद ऋतु रोगहरूको जननी हो। यसमा पनि विशेष गरी ऋतुसन्धि अर्थात् दुई ऋतुको मिलन - पहिलो ऋतुको अन्तिम साता र दोस्रो ऋतुको आगमनको पहिलो हप्तालाई ऋतुसन्धि भनिन्छ। उदाहरणका लागि, वर्षा ऋतुको अन्तिम सात दिन र शरद ऋतुको प्रारम्भको सात दिन जोडेर यी चौध दिन ऋतुसन्धि बन्छ।
वर्षा र शरद ऋतुको सन्धिकाल अधिकांश संक्रामक रोगहरूको जननी हो।
तर यसबाट आत्तिनु पर्ने, डराउनु पर्ने कुनै आवश्यकता छैन; यदि शरद ऋतुको स्वभावलाई बुझेर आफ्नो कर्म, खानपान र चर्यामा परिवर्तन गर्यौं भने ऋतु परिवर्तनका रोग आउँदैनन्, र आफ्नो गल्तीबाट आईहाले भने पनि निदान पनि सरल छन्।
शरद ऋतुको स्वभावको बारेमा महर्षि वाग्भट्टले अष्टांगहृदयको सूत्रस्थानको तृतीय अध्यायको एक श्लोकमा बताउनुभएको छ -
"वर्षाशीतोचिताङ्ंगानां सहसैवार्करश्मिभि: ।
तप्तानां संच्चितं वृष्टौ पित्तं शरदि कुप्यती ।।"
******************************************
अर्थात् वर्षा ऋतुको शीतलता अनुकूल हुंदा बित्तिकै शरद ऋतुको सूर्यको किरणहरू द्वारा तपायमान अंग हुनाले वर्षामा सञ्चित भएको पित्त शरद ऋतुमा प्रकुपित हुन्छ।
त्रिदोषको गणित:
🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
वात : वातको क्षमन(समाप्ति) अर्थात् कुनै दोष हुन्न, यो ऋतु सर्वसाधारणको लागि पीडारहित हुने ऋतु हो।
पित्त : पित्तको भयंकर प्रकोप, अमिलो डकार, पेटमा जलन, बान्ता-पखाला, अम्लपित्त(एसिडिटी), पित्तजन्य ज्वरो आदि हुन्छ। अर्थात् पित्तलाई सम (सन्तुलित) गराउने परम लक्ष्य हुनुपर्छ।
कफ : अलिकति कम हुन्छ, अर्थात् अलिकति बढाउनु राम्रो हो।
अग्नि : मध्यम बलवाला हुन्छ, अर्थात् हल्का देखि अलिकति भारी खाना खानु राम्रो हो।
सरल शब्दमा भन्नुपर्दा वर्षाऋतुमा जम्मा भएको पित्त शरद ऋतुको सूर्यको गर्मी पाएर प्रकुपित(भड्किने) हुन्छ।
तसर्थ, शरद ऋतुमा बढेको पित्तलाई जित्ने उपायहरू अपनाउनु पर्छ।
आयुर्वेदमा कारण (वात, पित्त, कफ) को महत्त्व हुन्छ, कर्ता (जस्तै भाइरस, ब्याक्टेरिया जस्ता सूक्ष्मजीव) को कुनै महत्त्व हुंदैन। जबकि एलोप्याथी जस्ता आधुनिक चिकित्साले कर्ता (ब्याक्टेरिया र भाइरस) नष्ट गर्नमा जोड दिन्छन्, तर तिनीहरूका लागि कारण महत्त्वपूर्ण छैन।
सरल शब्दमा भन्नुपर्दा, बढेको पित्त (बिरामी गराउने कारण) लाई ठीक गरियो भने कर्ता (सूक्ष्मजीव) शरीरमा कहिल्यै बढ्न सक्दैन र रोग आउँदैन। र यदि आइहाल्यो भने पनि शरद ऋतुमा बढेको पित्तलाई घटाए रोग स्वतः हट्छ, अर्थात् पित्तको कमीले चिकनगुनिया, डेंगु, मलेरियाका भाइरस आफै मर्छन्।
शरद ऋतुसँग सम्बन्धित अनौठा एवं रोचक जानकारीका लागि शरद ऋतुचर्याका अन्य भागहरू पढ्न नभुल्नुहोला।
हजुरको स्वास्थ्यको शुभ-चिन्तक,
योग विशेषज्ञ निरज पौडेल
संचालक : योग चिकित्सा केंद्र, चन्द्रनगर, बुटवल-६
Send a message to learn more