29/12/2022
ट्रेण्डिङ: #डा. हरिहर वस्ती #वात्सल्य आईभीएफ #डा. आकृति भारती #मन्जु ऐर #एमएन #एमएन/एमएस्सी नर्सिङ/मिडवाइफ्री #माइक्रोबायोलोजिष्ट #एपोलो डाइग्नोष्टिक सेन्टर एन्जाइटी हुँदा यस्ता देखिन्छन् लक्षण, यसरी बच्न सकिन्छ ? डा.पवन शर्मा मनोचिकित्सक | पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान बिहीबार, २०७९ पुस १४ गते, १०:३५ मा प्रकाशित 532 Shares सामान्यतयाः कुनै पनि प्रतिकूल घटना वा परिस्थितीका कारण मानिसहरु आत्तिनु वा डराउनु सामान्य हो । तर, कतिपय मानिसहरुमा विना कारण आत्तिने, डराउने, शंका लाग्ने, छटपटी हुनेलगायतका समस्याहरु देखिने गर्छ । सामान्य एन्जाइटी छट्पटी प्रायः सबैमा हुने गर्दछ । तर, यो प्रक्रिया नियमित भइरहन्छ र यसले दिनचर्यामा पनि निकै प्रभाव पारिरहन्छ भने यसलाई एन्जाइटी डिसअर्डर भनिन्छ । यस्ता लक्षणहरूले गर्दा मानिसको दिनचर्यामा असर पर्ने गर्दछ । आफ्नो काममा ध्यान दिन सक्दैनन् । एन्जाइटी डिसअर्डर विभिन्न प्रकारका हुन्छन् । जनरलाइज्ड, सोसल, सेपरेसन, एगोरोफोबिया, प्यानिक डिसर्अडर ,कन्भजन डिसअर्डर आदि । एन्जाइटीका सामान्य लक्षणहरु अनायासै भय पैदा हुने । धड्कन बढ्ने, श्वासप्रश्वास छिटो—छिटो हुने । निन्द्रा नलाग्ने लागिहाले पनि बीच—बीचमा बिउँझिने फेरि निन्द्रा लाग्न गाह्रो हुने । हातखुट्टा काप्ने पसिना आउने टाउको दुख्ने छटपटी हुने । बेहोस होलाजस्तो हुने । आत्तिने साथै आत्मविश्वास घट्ने । थाक्ने कमजोर महसुस हुने । एन्जाइटी डिसअर्डर बाट बच्न के गर्ने ? एन्जाइटीबाट बच्नका लागि अचुक उपाय नभएतापनि केही सावधानीहरु हामीले अपनायौँ भने यसले एन्जाइटी हुने सम्भावनालाई कम गर्छ । के गर्ने सन्तुलित भोजन खाने । दैनिक व्यायाम गर्ने । जाँडरक्सी चुरोट वा लागु पदार्थको सेवन नगर्ने । मेडिटेसन गर्ने । समयमा सुत्ने, समयमा उठ्ने । कुनै पनि समस्याको पहिचान गर्ने र लक्षण महसुस भए सुमयमा नै डाक्टरको परामर्श लिने । एन्जाइटीको उपचार के हो ? मानसिक स्वास्थ्य विशेषज्ञसँगको नियमित परामर्श र उपचारले यो रोग निको हुन्छ । सामान्य एन्जाइटीका लागि थेरापी वा मनोपरामर्शले काम गर्छ । बिरामीलाई निकै गाह्रो महसुुस हुने (जटिल खाले रोग) अवस्थामा औषधी लिनुपर्ने पनि हुन सक्छ । यस्तो समस्यालाई सामान्य सोच्दै बस्नाले पछि गम्भीर समस्या पनि निम्त्याउन सक्छ । साथै, सबैले आफ्नो दिनचर्या सुधार्दै खानपानमा पनि विशेष ध्यान दिनुपर्छ ।
थप पढनुहोस: https://www.healthaawaj.com/news/51801/
सामान्यतयाः कुनै पनि प्रतिकूल घटना वा परिस्थितीका कारण मानिसहरु आत्तिनु वा डराउनु सामान्य हो । तर, कतिपय मानिसहर...