Gurans Hospital गुराँस हस्पिटल प्रा. लि.

  • Home
  • Nepal
  • Butwal
  • Gurans Hospital गुराँस हस्पिटल प्रा. लि.

Gurans Hospital गुराँस हस्पिटल प्रा. लि. प्रदेश नम्बर ५ मा स्थापित निजी क्षेत्रको पहिलो प्राकृतिक चिकित्सा हस्पिटल । Hospital

यस हस्पिटल प्रा लि को फिजियोथेरापि बिभागमा कार्यरत इमान्दार शुशिल कर्मठ कर्मचारि बिष्णुमाया बस्नेतलाइ जन्मदिनको अवसरमा स...
27/08/2025

यस हस्पिटल प्रा लि को फिजियोथेरापि बिभागमा कार्यरत इमान्दार शुशिल कर्मठ कर्मचारि बिष्णुमाया बस्नेतलाइ जन्मदिनको अवसरमा सुस्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना ।

यस हस्पिटल प्रा लि को प्रयोगशाला बिभागमा कार्यरत इमान्दार शुशिल कर्मठ कर्मचारि सुश्री प्रतिक्षा कुवरलाइ जन्मदिनको अवसरमा...
25/08/2025

यस हस्पिटल प्रा लि को प्रयोगशाला बिभागमा कार्यरत इमान्दार शुशिल कर्मठ कर्मचारि सुश्री प्रतिक्षा कुवरलाइ जन्मदिनको अवसरमा सुस्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना ।

 # श्रावण_२५_२६_२७ गतेहरेक महिनाको २५,२६,२७ गते भारतको लखनउ बाट सिनियर होमियोप्याथिक चिकित्सक आउनुहुने भयकोले ढाड दुख्ने...
04/08/2025

# श्रावण_२५_२६_२७ गते
हरेक महिनाको २५,२६,२७ गते भारतको लखनउ बाट सिनियर होमियोप्याथिक चिकित्सक आउनुहुने भयकोले ढाड दुख्ने,कम्मर दुख्ने,घुडा दुख्ने,गर्दन दुख्ने, जोर्नी दुख्ने,हड्डी खिईएको,ढाड तथा गर्धनमा नसा च्यापीएको,हात खुट्टा झम्झमाउने, प्यारालाइसिस,मुख बाङ्गिएको,टाउको दुख्ने,माइग्रेन,पाइल्स ,पिनास,महीनावारी गडबढी,मोटोपन, कलेजोमा बोसो जमेको ,थाइराइड सम्बन्धी समस्याहरु,
सोरियासिस,बाथ रोग हरु,मानसिक रोग,उच्च रक्तचाप, मेरुदण्डको चोट (Spinal Injury ),शल्यक्रियापछि पुनर्स्थापना वा कुनै पनि प्रकारको स्वास्थ्य सम्बन्धी समस्या को उपचारको लागि सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।
सम्पर्क:
गुराँस हस्पिटल प्रा.लि.
बुटवल -१२ , ढवाहा रुपन्देही ।
☎️ ०७१ - ४२२०३९ , ०७१ - ४२२०४१ , ९८५७०७२९१९

14/07/2025

निशुल्क एकुपन्चर उपचार शिविर । मौकाको फाइदा उठाउनुहोस

प्रदेश नम्बर ५ मा स्थापित निजी क्षेत्रको पहिलो प्राकृतिक चिकित्सा हस्पिटल ।

करी पत्ताका फाइदै फाइदाबारे डा. अरुणा उप्रेतीले दिएको एक महत्त्वपूर्ण जानकारी: म ५९ वर्षकी भएँ । पढ्दा चस्मा लगाउनुपर्छ ...
06/07/2025

करी पत्ताका फाइदै फाइदाबारे डा. अरुणा उप्रेतीले दिएको एक महत्त्वपूर्ण जानकारी:
म ५९ वर्षकी भएँ । पढ्दा चस्मा लगाउनुपर्छ तर आँखामा अरू समस्या छैन । मैले अहिलेसम्म आइरन चक्की, क्याल्सियम वा भिटामिन डीका चक्की खाएको छैन । उच्च रक्तचाप र मधुमेहको समस्या आइसकेको छैन । तर, मेरा बाजे, ठूलो दाइ र फुपूका छोरीहरूलाई मधुमेह भएकाले वशांणुगत रूपमा मलाई पनि हुन सक्ने सम्भावना छ । त्यसैले म खानपान र तौलमा बडो ध्यान दिन्छु । मेरो दैनिक खानपिनमा नछुट्ने एउटा वनस्पति हो— करी पत्ता । यसलाई कतिजनाले मीठा निम पनि भन्छन् । सायद निमको पत्ताको औषधीजन्य गुण हुने तर तीतो नभएकाले यसलाई मीठा निम भनेको हो कि ?
मैले मीठा निमको उपयोगिताबारे थाहा पाएको चाहिँ २००६ मा श्रीलंकाको बसाइँमा हो । श्रीलंकामा प्रायः खानेकुरा पकाउँदा करी पत्ता प्रयोग गरिँदो रहेछ । पहिले पहिले त म तरकारी वा दालमा हालेको पत्ता निकालेर फ्याँल्थेँ । सँगै खान बसेकी नर्सले छक्क परेर भनिन्, “यो त एकदम पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । हाम्रो खाना त यो नभईकन पूर्र्ण नै हुँदैन । हामी यसको नरम पातको अचार पनि बनाउँछौँ । रसम (दाल) मा त यो नभई हुँदैन । यसमा रहेका तत्वहरूले त रगत बढाउँछ, मधुमेह भएकाहरूलाई पनि उपयोगी हुन्छ । यो त भिटामिन ‘ए’को भण्डार नै हो, अनि किन तिमीले फ्यालेको ? तिमीले त गर्भवतीलाई यो खान प्रेरणा पो दिनुपर्छ ।”
नर्सको कुरा सुनेर मैले अर्काे प्लेटमा राखेको पत्ता चपाएँ । ११ वर्षअघिको यो संवादपछि म करी पत्तालाई दिनहुँ खान्छु । घरमा दुईवटा करी पत्ताका बोट छन् । प्रत्येक दिन २–४ वटा पत्ता चपाउँछु । तरकारी बनाउँदा पत्ता हाल्छु नै । पिसेको अचार बनाउँदा हरियो धनियाँसँगै करीपत्ता पनि पिस्छु । लामो सयमका लागि घरबाहिर जाँदा चाहिँ सुकाएको करी पत्ता सँगै लैजान्छु र चपाएर वा धुलो बनाएर तरकारी–दालमा हाल्छु।
करी पत्ताको बोट सजिलै उम्रने हुनाले साथीभाइहरूलाई घरमा उमार्न करीपत्ताको पाकेको दाना वा सानो बिरुवा नै उपहार पनि दिन्छु । मलार्ई श्रीलंकाकी नर्सले सिकाएको कुरा अरूलाई पनि भन्छु । यसमा रेसादार पदार्थ, क्याल्सियम, फस्फोरस, भिटामिन ए र फोलिक एसिड पनि हुन्छ । यी सबै कुरा गर्भवती र सुत्केरीका लागि त अति नै जरुरी नै हुन्छ । फोलिक एसिडको प्रयोगले भु्रणलाई स्वस्थ पार्छ र मेरुदण्ड विकसित नहुने समस्याबाट बच्न मद्दत गर्छ । नेपालमा यस्ता समस्या भएका शिशुहरू कति जन्मिन्छन् भन्ने अनुसन्धान त गरिएको छैन तर धेरै नै देख्छु म।
करी पत्ता तराईमा जताततै पाइन्छ तर कुनै पनि स्वास्थ्यकर्मीले गर्भवती महिलालाई करीपत्ता टिपेर तरकारीमा हालेर खानू भन्दैनन् । हामी स्वास्थ्यकर्मीले यसको उपयोगिता थाहा पाउन र फैलाउन जरुरी छ । गाईवस्तुलाई करी पत्ता दिने, किनभने करी पत्ता खाएपछि गाई र गोरुको स्वास्थ्य राम्रो हुन्छ रे । यही कुरा मान्छेमा पनि लागू हुन्छ । करी पत्ताले पाचन प्रणालीमा पनि मद्दत गर्ने कुरा अनुसन्धानबाट देखिएको छ । मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ । किनभने, यसले शरीरभित्र रहेको हर्माेन ‘इन्सुलिन’को गतिविधिलाई प्रभावित गरेर रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । अर्काे अनुसन्धानले शरीरमा रहेको कलेस्टेरोल नामक बोसोलाई कम गर्न मद्दत गर्ने कुरा देखाएको छ । यसको अर्थ हो, मुटुको रोगबाट बच्न पनि मद्दत गर्छ । दक्षिण भारतीय र श्रीलंकाको भोजनमा प्रयोग गरिनुको साथै इन्डोनेसियामा पनि मसलाका रूपमा यसको प्रयोग गरिँदो रहेछ । दक्षिण भारतका कतिपय गाउँहरूमा त मेहदीसँग करी पत्तालाई पिसेर कपालमा लगाउने चलन पनि छ । यसले गर्दा कपालमा चायाँ रहँदैन भन्ने उनीहरू विश्वास गर्छन् । मैले चाहिँ कपालमा करी पत्ता लगाएकी छैन।
पखाला लागेको बेलामा पनि करी पत्ताको प्रयोग उपयोगी हुन्छ र पातमा रहेको रसायनमा किटाणुसँग लड्ने र संक्रमण कम गर्ने गुण पनि रहेको हुन्छ । यसका लागि करी पत्तालाई पिसेर वा सुकाएर, धूलो बनाएर प्रयोग गर्न सकिन्छ। यसमा रहेको रेसादार पदार्थले कब्जियत कम गराउन पनि मद्दत गर्छ । यसलाई पानीमा उमालेर खाँदा पनि पेटमा रहेको गडबडीलाई सन्चो गर्छ । यसरी पानीमा पकाएर खाँदा अलिकता कागती र बिरे नुन पनि हाल्न सकिन्छ । यसमा रहेको फोलिक एसिड र लौह तत्वलाई शरीरमा रगतको मात्रा बढाउन र हड्डी बलियो बनाउन पनि मद्दत गर्छ । गर्भवती आमालाई दिनमा ३–४ वटा हरियो पत्ता चपाए पनि फाइदा पुग्छ । संक्रमण, लुतो, डण्डीफोर आदि निको पार्न निम प्रयोग गरिएजस्तै करी पत्ता पनि प्रयोग गर्न सकिन्छ । गर्भवती महिलालाई हुने वाकवाकी मेट्न पनि यसले मद्दत गर्छ । यसको भिटामिन ‘ए’ले आँखाको स्वास्थ्यको पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ तर दुःखको कुरा करी पत्ता बढी पाइने तराईमा नै भिटामिन ‘ए’को कमीले बालबालिका र गर्भवती महिलामा आँखाको समस्या देखापर्छ । भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?
सबैमाझ पुर्याउन शेयर गरौ
स्रोत जानकारी - डा. अरुणा उप्रेती

 # अशार_२५_२६_२७ गतेहरेक महिनाको २५,२६,२७ गते भारतको लखनउ बाट सिनियर होमियोप्याथिक चिकित्सक आउनुहुने भयकोले ढाड दुख्ने,क...
30/06/2025

# अशार_२५_२६_२७ गते
हरेक महिनाको २५,२६,२७ गते भारतको लखनउ बाट सिनियर होमियोप्याथिक चिकित्सक आउनुहुने भयकोले ढाड दुख्ने,कम्मर दुख्ने,घुडा दुख्ने,गर्दन दुख्ने, जोर्नी दुख्ने,हड्डी खिईएको,ढाड तथा गर्धनमा नसा च्यापीएको,हात खुट्टा झम्झमाउने, प्यारालाइसिस,मुख बाङ्गिएको,टाउको दुख्ने,माइग्रेन,पाइल्स ,पिनास,महीनावारी गडबढी,मोटोपन, कलेजोमा बोसो जमेको ,थाइराइड सम्बन्धी समस्याहरु,
सोरियासिस,बाथ रोग हरु,मानसिक रोग,उच्च रक्तचाप, मेरुदण्डको चोट (Spinal Injury ),शल्यक्रियापछि पुनर्स्थापना वा कुनै पनि प्रकारको स्वास्थ्य सम्बन्धी समस्या को उपचारको लागि सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।
सम्पर्क:
गुराँस हस्पिटल प्रा.लि.
बुटवल -१२ , ढवाहा रुपन्देही ।
☎️ ०७१ - ४२२०३९ , ०७१ - ४२२०४१ , ९८५७०७२९१९

यस हस्पिटलको लागि २ जना सफाइ कर्मचारिको आवस्यकता परेकोले  इच्छुक उम्मेद्द्वारले शिघ्र सम्पर्क गर्नुहोला ।
27/06/2025

यस हस्पिटलको लागि २ जना सफाइ कर्मचारिको आवस्यकता परेकोले इच्छुक उम्मेद्द्वारले शिघ्र सम्पर्क गर्नुहोला ।

अन्तरास्ट्रीय योग दिवसको हार्दिक मङ्गलमय सुभकामना ।
21/06/2025

अन्तरास्ट्रीय योग दिवसको हार्दिक मङ्गलमय सुभकामना ।

हार्दिक बधाइ तथा सुभकामना । मध्य प्रदेश मेडिकल साइन्स युनिभर्सिटि जबलपुर मध्यप्रदेश बाट आज प्रकाशित बि एन वाइ यस अन्तिम ...
06/06/2025

हार्दिक बधाइ तथा सुभकामना । मध्य प्रदेश मेडिकल साइन्स युनिभर्सिटि जबलपुर मध्यप्रदेश बाट आज प्रकाशित बि एन वाइ यस अन्तिम बर्षको परिक्षामा उत्कृस्ट अङ्क सहित उतिर्ण भइ डा• उपाधि आर्जन गर्न सफल भयकोमा यस हस्पिटल प्रा लि का सन्चालक सदस्य स्मृति भुसाललाइ हार्दिक बधाइ तथा सुभकामना । Proud of you Dr. Smriti Bhusal

20/05/2025

# आवस्यकता यस हस्पिटलको लागि एक जना सफाइ कर्मचारिको आवस्यकता परेकोले इच्छुक उम्मेद्द्वारले शिघ्र सम्पर्क गर्नुहोला ।

चिनी – स्वादमा गुलियो, तर शरीरमा बिस्तारै बिष।हामीले हरेक दिन भान्सामा हाल्ने चिनी,शरीरभित्र बिस्तारै रोगको खेती गरिरहेक...
15/05/2025

चिनी – स्वादमा गुलियो, तर शरीरमा बिस्तारै बिष।
हामीले हरेक दिन भान्सामा हाल्ने चिनी,
शरीरभित्र बिस्तारै रोगको खेती गरिरहेको हुन्छ – हामीले थाहा नपाउने गरी।

तर के तपाईं जान्न चाहनुहुन्छ?
यो चिनीमा यस्ता यस्ता तत्त्वहरू छन्, जसले तपाईंको जीवन नै लिन्छ।

1. रक्तमा इन्सुलिन असन्तुलन ल्याउँछ:
चिनी अत्यधिक सेवनले शरीरलाई मधुमेह (डायबेटिज) तिर धकेल्छ।

2. मुटुका लागि घातक:
उच्च चिनी सेवनले रक्तचाप बढाउँछ र मुटुका धमनीहरू कडा पार्छ।

3. मस्तिष्कलाई धमिलो बनाउँछ:
चिनीले स्मरणशक्ति कमजोर बनाउँछ, मानसिक थकान र तनाव बढाउँछ।

4. वृद्ध उमेर चाँडै ल्याउँछ:
चिनीले छालाको कोलाजेन नष्ट गर्छ, जसले चाँडो बुढ्यौली ल्याउँछ।

5. क्यान्सरको खतरा बढाउँछ:
अत्यधिक चिनी सेवनले शरीरमा सूजन (inflammation) बढाउँछ, जुन क्यान्सरको एक कारक हो।

चिनी एकदमै कुटिल मित्र हो –
स्वादले मोहनी लगाउँछ, तर अन्त्यमा जीवनसँग धोका दिन्छ।

चिनी कसरी छोड्ने?

– सुरुवातमा चिया–कफीमा कम गर्नुस्।
– चिनीको सट्टामा मह, खजुर वा गुड प्रयोग गर्नुस्।
– प्याकेटमा आउने "छिपेको चिनी" (processed foods) बाट टाढा रहनुस्।
– २ हप्तासम्म चिनी हटाउँदा जिब्रो रोएको जस्तो लाग्छ, तर त्यसपछि शरीर हाँस्न थाल्छ।

आजै निर्णय गरौं –
थोरै मिठोका लागि दीर्घ रोग किन?
चिनीबाट दूरी बनाउँ,
जीवनलाई मिठासले, रोग होइन, प्रेमले भरौं।
cp

14/05/2025

खास गरी महिलालाई अधिक आयोडिनयुक्त नुनका कारण थाइरोइडजस्ता समस्या बढ्दो रूपमा देखिन थालेको विज्ञहरूले बताउँदै आ...

Address

Mahendra Rajmarg
Butwal

Alerts

Be the first to know and let us send you an email when Gurans Hospital गुराँस हस्पिटल प्रा. लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gurans Hospital गुराँस हस्पिटल प्रा. लि.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category